बोस्टन /अमेरिका ,
यस बोस्टन मगर समाजले यस बर्षको माघे सक्रान्ति जनवरी १२ गते आइतबार (पौष २८ ) भव्यताका साथ मनायो ।यस पाली बिदेसको ब्यस्तताले गर्दा अग्रिम माघे सक्रान्ति मनाइयो । सधै जस्तै यस बर्ष पनि माघे सक्रान्तिको उपलक्ष्यमा नेपालमा शैक्षिक विकासलाई सानो सहयोग जुटाउने उद्देश्यका साथ हाम्रो संस्कार र संस्कृतिलाइ निरन्तरता दिने काम गरियो ।
बोस्टन मगर समाजमा सधै भन्दा अलि फरक बाताबरण थियो किन कि यस वर्ष हाम्रा समाजका संस्थापक ४ जना सदस्यहरुले अअविभावक गुमाउनु भएको छ । यसरी शोक-बर्षलाइ शान्त्वना र सम्झना दिलाउने उदेश्यले यो बर्षको माघे सक्रान्तिमा उठेको सम्पूर्ण रकम ४ जना बुाबाहरुको नाममा बराबरी भाग लगाएर दिने । सो रकममा वहाहरुको छोराहरुले थपेर रु एक -एक लाख राशीको अक्षय कोष स्वर्गीय बुबाहरुको नाममा स्थापना गरि प्रत्यक बर्ष सो राशीबाट आउने ब्याज आ-आफ्नो गाउको स्कुलका गरिब र जेहन्दार २ जना विद्यार्थी (छात्र र छात्रा ) लाइ प्रदान गरिने भएको छ ।
१) यस समाजका संस्थापक डाइरेक्टर श्री सुर्य थापाका बुबा स्वर्गीय ज्ञान बहादुर थापाको नाममा रु. १,००,०००.०० (एक लाख ) राशीको अक्षय कोश स्थापना गरि श्री शितल मा. बि. देउराली गा. बि.स. रामेछापलाई दिइने छ ।
२) यस समाजका संस्थापक सदस्य श्री पृथमान गर्बुजाका स्वर्गीय बुबा दल बहादुर गर्बुजाको नाममा रु. १,००,०००.०० ( एक लाख) राशीको अक्षय कोश स्थापना गरि महेन्द्र मा .बि .झी ,माग्दीलाई दिइने छ ।
३) यस समाजका संस्थापक सदस्य श्री धन थजालीका बुबा स्वर्गीय नौले थजालीको नाममा रु. १,००,०००.०० (एक लाख ) राशीको अक्षय कोष स्थापना गरि महेन्द्र मा .बि. झी, माग्दीलाई दिइने छ ।
४) यस समाजका संस्थापक सदस्य श्री धिरज पुनका बुबा स्वर्गीय जगतमोहन पुनको नाममा रु. १,००,०००.०० (एक लाख ) राशीको अक्षय कोश स्थापना गरि चियुरिबोट नि .मा बि माग्दीलाई दिइने छ ।
बोस्टनका चार मगर समाजसेबि बाट ४ लाख रुपियाँको अक्षयकोष स्थापना
Read Time:2 Minute, 54 Second