१२ जनवरी, हंगकंग, मगर संघ हंगकंगको आयोजनामा मंकी हिलमा माधे सक्रन्ति मनाइएको छ । मगर भेष भुषामा सजिएका मगरहरुको उपस्थितिले मंकी हिल मगरमय भएको थियो । सक्रान्तिमा खाइने बारा, तरुल, बिराम्ला, सेल रोटी सहित बिभिन्न परीकारको ब्याबस्था गरीएको थियो । मगरहरुको चलन अनुसार पितृ पूजा पनि गरीएको थियो । ठेलो हान्ने प्रतियोगितामा राजु थापा मगर र धनुष बाण हान्ने प्रतियोगितामा हेम पुन प्रथम भएका थिए । उनीहरुलाई फेटा पगरी गुथाएर सम्मान गरीएको थियो । डोरी तान्ने प्रतियोगितामा बान चाइ समुह प्रथम भएको थियो । प्रथम हुने सवैलाई नगद हंगकंग डलर १००० र वाइनले पुरस्कृत गरीएको थियो । डोरी तान्ने प्रतियोगितामा द्धितिय हुने समुह पुन मगर समाजलाई हंगकंग डलर ५०० र वाइनले पुरस्कृत गरीएको थियो ।
अध्यक्ष चन्द्रज्योति ओले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका संस्थापक अध्यक्ष राम श्रीस मगरले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । महासचिब बोद विक्रम थापा मगरको सञ्चालनमा उपाध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तब्य दिएका थिए । माधे सक्रान्तिको बारेमा पूव अध्यक्ष नेत्र पहराई मगरले प्रष्ट्याएका थिए । मगर रोष गमष्ठाका सचिब सन्जु थापा मगरले सास्कृतिक कार्यक्रम सन्चालन गरेका थिए । प्रत्यक्ष रुपमा कौरा नचाइएको थियो । नौमती बाजा समहले बाजा बजाएर भरपुर मनोरन्जन दिएका थिए ।
माधे सक्रान्तिमा धनुष बाण र ठेला
Read Time:2 Minute, 6 Second