कतार ,
नेपाल प्रवासी मगर संघ दोहा कतारले मगरहरुको प्रमुख चाड माघी–२०७० केन्द्रिय सदस्य केशव घर्तीमगरको संयोजकत्वमा दोहाको कर्निस पार्कमा मगर तथा गैरमगरहरुको ब्यापक सहभागीतामा मगर परिकारहरु सेलरोटी, तरुल, अचार, फलफुल लगायतका खानपिनका साथ २०१४ जनवरी १० मा मनाइएको छ ।
केन्द्रिय अध्यक्ष शरण थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम केन्द्रिय महासचिव रमेश कनौजेमगरले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सल्लाहकार सदस्य केशव रानामगर थिए भने अतिथीहरुमा केन्द्रिय समितीका सल्लाहकार सदस्य जनक थापामगर, पुर्व सल्लाहकार सदस्य मनिराज पुनमगर, पुर्व सल्लाहकार सदस्य दुर्गा पाङमीमगर, पुर्व केन्द्रिय सदस्य खिम ब. रानामगर, सनैया ए एरिया समितीका सचिव गणेश थापामगर, साहनिया एरिया समितीका सचिव गजेन्द्र थापामगर थिए । कार्यक्रमको औपचारिकता सँगै शुरु भएको कार्यक्रममा उपस्थितीहरुमा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले मन्तव्यद्धारा स्वागत गरेपछी कार्यक्रमका संयोजक केशव घर्तीमगरले माघी–२०७० कार्यक्रम बारे सहभागीहरुमा जानकारीका गराएका थिए।
कार्यक्रमकै शिलशिलामा संस्थाको हरेक कार्यहरुमा सहयोग गर्दै अाएका गुल्मी, बिरबासका धनी सनानीमगर कतारबाट क्यान्सिल गएकोले संघको तर्फबाट केन्द्रिय समितीका अध्यक्ष शरण थापामगरले खादा ओढाएर सम्मान गरेका थिए भने केन्द्रिय समितीका सलाहकार सदस्य जनक थापामगरले मायाको चिनो प्रदान गरेका थिए ।
शुभकामना मन्तव्यको क्रममा अतिथी मनिराज पुनमगरले माघीको महत्व बारेमा स्पष्ट पार्दै संघले यस्तै ऐतिहासिक कार्यहरु आउँदा दिनहरुमा पनि निरन्तरता दिने आशा ब्यक्त गरे । मन्तव्यकै क्रममा प्रमुख अतिथी केशव रानामगरले माघी मगरहरुसँग सम्बन्धित चाड भएको कारणहरु बारे प्रष्ट पारेका थिए। अन्तमा कार्यक्रमका अध्यक्ष शरण थापा मगरले माघीको प्रचलन बारे बोल्दै कार्यक्रममा उपस्थितीहरुमा धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए।
रमेश कनौजे मगर / कतार