पुन विवादबारे पुन समाज युकेको धारणा

Read Time:14 Minute, 2 Second

एक बहादुर पुन / यूके

 

इतिहाँसकार, मानव शास्त्री तथा समाज शास्त्रीहरुले मगर जाति भित्र ११०० भन्दा बढी उपथरहरु,जस्लाई हाम्रो स्थानीय भाषामा पत भन्ने गर्छौं, छन् भनेर उल्लेख गरेका छन् । यी उपथरहरुलाई आ-आफ्नो गोत्र, कुल अथवा बंशावली अनुसार जम्मा ७ प्रमुख थरहरुमा बिभाजन गरेका छन् । ति हुन् थापा, राना, आले, घर्ती, बुढा, पुन र रोका । राज्यले पनि यिनै ७ थरहरुलाई थरको रुपमा आधिकारिक मान्यता दिएको छ । यसै क्रममा पुन थर भित्र पनि ५० भन्दा बढी उपथरहरु छन् र यी उपथरहरु ठाउँ अनुसार फरक, फरक पाइन्छन् । जस्तै हाम्रो म्याग्दी, पर्बत क्षेत्र तिर पाइने उपथरहरु गुल्मी भार्से, बाग्लुंग र रुकुम रोल्पा तिर पाइंदैनन् ।

 यसै गरि उता तिरको उपथरहरु हाम्रो तिर पाइंदैनन् र त्यसैले इतिहाँसको लामो काल खण्ड देखि धौलागिरी क्षेत्रको कालीगण्डकी सेरो फेरोमा बसो बास गर्दै आएका पुन समुदायहरुपनि मगर जातिको ७ वटा प्रमुख थरहरु मध्येको एउटाथर हौं भन्नुमा कुनै दुविधा रहेन । कुनै पनि समुदायहरुको भाषा, संस्कार तथा संस्कृतिहरु समयको काल खण्ड र भौगोलिक बिभिद्धता अनुसार बन्दै जाने प्रक्रिया हुन् । यसै सन्दर्भमा म्याग्दी र पर्बत क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका पुन समुदायको पनि त्येही प्रकृया अनुसार छुट्टै भाषा, संस्कार तथा संस्कृति बन्दै गयो । तर दुर्भाग्य बस बिगतको शासकहरुले मात्री भाषा बोल्न बन्देज लगाए पछि हाम्रो मात्री भाषा लोप भएर गएता पनि हामीले हाम्रो आफ्नै मौलिक संस्कार तथा संस्कृतिहरुलाई बचाउँदै आइरहेका छौं ।

यी हाम्रा सम्पदाहरुको संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै हाम्रो मौलिकता र हाम्रो चिनारी भावी सन्ततिहरुलाई हस्तान्तरण गर्दै लग्ने दायित्व आज देस बिदेसमा छरिएर बसेको तपाई हामी पुन समुदायहरुको हो । मगर जाती बहुसांस्कृतिक, बहुसंस्कारिक र बहुभाषिक जाती भए जस्तै पुन समुदाय पनि बहुभाषिक, बहुसंस्कृतिक र बहुसंस्कारिक समुदाय हो । किनभने हाम्रो क्षेत्रको संस्कार तथा संस्कृतिहरु रुकुम रोल्पा र गुल्मी भार्से क्षेत्रको पुन समुदायहरुको भन्दा फरक छ । यसरी नै अन्य क्षेत्रको पनि आ-आफ्नै खाले संस्कार तथा संस्कृतिहरु छन् र एक अर्कामा मेल खांदैनन् ।

यसै गरि पुन थर भित्रको उपथरहरु पनि क्षेत्र अनुसार फरक फरक नै बन्दै गएका छन् । यो तथ्यलाई लिएर हामी फरक जाति भने कदापी होइनौं । किनभने मैले अघिनै भने जस्तै भौगोलिक बनौट र समयको काल खण्ड अनुसार नै यसरीआ-आफ्नै खाले भाषा,संस्कार तथा संस्कृतिहरु बन्दै गएका हुन् ।

यसै सन्दर्भमा  म्याग्दी र पर्बत क्षेत्रमा मात्र पुन थर भित्रझन्डै १६ उपथरहरु (. गर्बुजा, . पुर्जा, . फगामी, . पहरे, . थाने, . दुध, . सुत, . तिलिजा, . चोचांगी, १०. राम्जाली, ११. रन्तिजा, १२. शेरपुन्जा, १३. बुदुजा, १४. खोर्जा, १५. अर्मजा, १६. पाईजा ) भएको तथ्य समाज शास्त्री तथा मानव शास्त्रीहरुले उल्लेख गरेका छन् । आज हामीले उपथरको पछाडी थर नलेखी जात मात्र लेखेता पनि आफ्नो थर पुन हो भनेर आफ्नो सन्तानहरुलाई ज्ञान दिंदै जानु जरुरि छ ।जस्ले गर्दा भोलि थर लोप भएर नजाओस् र किनभने जात या जाति, थर र उपथर गरि नेपालको जातीय संरचना बनेको यथार्थलाई हामीले नकार्नु हुँदैन ।

यो नेपालको सबै जात जातिमा प्रचलित छ । यहाँ केहि साथीहरु जस्ले आफ्नो नाम पछि आफ्नो थर पुन नलेखी उपथर लेखि त्यो उपथर पछि जात मगर लेख्नु भएको छ उहाँहरुले हाम्रो समाजको नाम पुन समाज यूके मात्र राख्दा हामी मगर भन्नेहरुलाई समेटिएन भनेर गुनासो गर्दै हुनु हुन्छ । त्यसैले उहाँहरुलाई मेरो सल्लाह के छ भने पुन थर मगर जाति कै ७ प्रमुख थरहरु मध्येको एउटा थर हो भनि सके पछि तपाईहरुलाई यो समाजको नामले समेटेन भन्ने कुनै आधारै छैन । यो त तपाईहरुको बुझाइको कमजोरी हो र यसो भन्दै गर्दा उपथर लेख्नै हुँदैन भन्न खोजेको नभै आफ्नो थर कुन हो त्यो भुल्न हुँदैन भन्न खोजेको मात्र हो ।  यदी पुन थर बाहेक अन्य थरि हुनु हुन्छ भने त पुन मगर समाजै राखे पनि समेट्ने भएन । त्यसैले यस्तो आधारहीन कुरामा बहस नगरौं भन्ने मेरो सल्लाह हो ।

म्याग्दी क्षेत्रको हाम्रो केहि पुन दाजु भाईहरुको पुन थर भनेको पहरे पुन, थाने पुन, दुत पुन र सुत पुनहरु मात्र पुन हुन् । बाँकि पुर्जा, गर्बुजा, पाइजा, फगामी आदि कुनै पनि पुन थर होइनन् भन्ने बुझाई छ र यो गलत बुझाई हो । यस्को ब्याख्या मैले अघिनै माथि गरि सकेको छु र यस्तो बुझाई हुने हरुलाई हाम्रो इतिहाँस पढ्न र मनन् गर्न मेरो सल्लाह छ । किनभने  इतिहाँस अनुसार हाम्रो क्षेत्रको पहरे, सुत, दुत र थाने पुनहरू बाहेक अन्य उपथरिहरु यस क्षेत्रमा प्रवेश गर्दा पुन थर नभई घर्ति थर भएको र पछि मात्र पुन थर भएको तितो यथार्थ हामीले बुझ्न जरुरि छ ।      

विश्वको अन्य देसहरुमा जस्तै नेपालमा पनि आफ्नो देस भित्र जात जाति बनाउने अधिकार नेपाल सरकारमामात्र निहित छ र आफु खुसि जात जाति बन्नेर बनाउने अधिकार कसैलाई पनि दिईएको छैन । यसै सन्दर्भमा केहि बर्ष अघि हाम्रो क्षेत्रको मात्र पुन समुदायले उठाएको मुद्धालाई लिएर केहि पुनहरुले आफु खुसि पुन जाती भन्दै हिंडेको ब्याक्तिगत बिचारहरुलाई गम्भीर बिषयको रुपमा लिएर तर्सनु आफ्नै बुझाइको कमजोरी हो भन्ने मैले ठानेको छु । हामीले आफु खुसि पुन जाति भन्दैमा पुन जाति हुने र कसैले पुनलाई मगर होइनोउ भन्दैमा मगर नहुने होइन । त्यसकारण यस्ता अनौपचारिक र व्याक्तिगत अभिव्यक्तिहरुलाई कसैले गम्भीर रुपमा नलिन सबैमा मेरो आग्रह छ ।  

हामीले औपचारिक रुपमा हामी मगर जाति अन्तर्गत पर्छौं भनेर पुन समाज यूकेको आधिकारिक धारणा प्रस्तुत गर्दै गर्दा हाम्रो समाजको नाम पछि मगर नै झुनड़ाउनु पर्छ भन्ने जरुरि मैले देख्दैन । हाम्रो बहुमत समाजको धारणा पनि यही छ । पुन समाज यूके नाम गलत र पुन मगर समाज यूके नाम सहि लाग्ने धारणा भएकाहरुलाई मेरो सुझाव के छ भने: वास्तवमा भन्ने हो भने जातिए एकताको लागि यी दुवै नामहरु उचित होइनन् ।

किनभने कुनै पनि थर विशेसको नाममा समाज खोल्नु नै त्यो समाजमा बिखन्डन ल्याउनु हो र यही कारण हो नेपाल मगर संघ र मगर संघ यूकेको सबै मगरहरुलाई हाम्रो समाजको नाम मान्य नभएको । जसरि आज रुकुम रोल्पाका १८ मगरात समुदायले आफ्नो भाषा, संस्कार तथा संस्कृतिहरु संरक्षन र प्रवर्द्धन गर्नको लागि समाजको नाम लुगुम गाउँको नाम बाट लुगुम्याल समाज राख्नु भएको छ यसरी नै हामीले पनि हाम्रो समाजको नामांकरण गरेको भए आज कुनै विवाद आउने थिएन । त्यसकारण हामी मगर जाति नै भएर समाजको वर्तमान नामलाई नै कायम राखी हाम्रो मौलिकता र हाम्रो चिनारीलाई यो बिदेसी भूमिमा पनि संरक्षन र प्रवर्द्धन गर्दै जाउँ भन्ने हाम्रो मान्यतालाई सबैले मनन् गरिदिनु होला भन्ने आग्रह गर्दै नया कार्य समितिको आधिकारिक धारणा र प्रतिबद्धताहरू निम्न अनुसार प्रस्तुत गर्न चाहन्छु :   

आधिकारिक धारणा तथा प्रतिबद्धताहरू :

१. पुन थरले मगर जातिको ७ प्रमुख थरहरु मद्धेको एउटा थरको रुपमा कानुनी र वैधानिक मान्यता प्राप्त गरेको हुँदा यो समाजको नाम पुन समाज यूके भएता पनि हाम्रो जात मगर हो र पुन हाम्रो थर हो ।  भन्ने यो कार्य समितिको आधिकारिक धारणा रहेको घोषणा गर्दछु । 

२. पुन समाज यूकेू यूकेमा बसोबास गर्नु भएका सम्पूर्ण पुन समुदायहरुको साझा समाज हो । यो  समाज एउटा  बिशुद्ध र स्वतन्त्र समाजको रुपमा रहँदै आएको छ । त्यसैले यो समाजलाई यसरी नै बिशुद्ध र स्वतन्त्र रुपमा अगाडी बढाउने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछु । 

३. “पुन समाज यूके” यो समाजको वैधानिक नाम हो । त्यसकारण विधानको नियम पालन गर्दै यो वैधानिक नामलाई यथावत नै राख्ने छौं । परिमार्जन गर्नु पर्ने अवस्था आएमा पनि विधान बमोजिम साधारण सभा बोलाई उक्त साधारण सभाको दुइ तिहाई बहुमतले पारित गरेमा मात्र परिमार्जन गर्ने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछु ।

४. यो कार्य समितिले यूकेमा बसोबास गर्नु हुने पुन समाज यूकेको सम्पूर्ण सदस्यहरुलाई दुख, गार्हो तथा आपत, बिपत परेको बेलामा आवस्यक सबै किसिमको सहयोगहरु प्रदान गर्दै यो ठाउँमा पनि हाम्रो पहिचान लोप हुन नदिन हाम्रो संस्कार तथा संस्कृतिहरुको संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै लग्ने हाम्रो पहिलो प्राथमिकता रहने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछु । 

५. युवा वर्ग हाम्रो भावी कर्णधार हुन् र हाम्रो दिगो पहिचान पनि युवा वर्गमा निहित हुन्छ । त्यसैले युवा वर्गलाई यस क्षेत्रमा अझ सक्रिय, सचेत र क्रियाशील बनाउंदै लग्ने प्रतिबद्धता गर्दै हाम्रो इतिहाँसको बारेमा गहन खोज तथा अनुसन्धान गर्दै बिधाबारिधि (PhD) गर्ने युवा वर्गलाई आवस्येक सहयोग प्रदान गर्दै यस क्षेत्रमा पनि युवा वर्गलाई हौसला दिने प्रतिबद्धता गर्दछौं ।

६. पुन समाज नेपाल, मगर संघ यूके लगायत यूके भित्र स्थापित सबै संघ संस्थाहरु संग समन्वय गर्दै सबै संग सुमधुर सम्बन्ध कायम गर्ने प्रतिबद्धता गर्दछौं । त्यसकारण म केमा जोड दिन चाहन्छु भने कसैको व्याक्तिगत स्वार्थको लागि नभएर सम्पूर्ण पुन समुदायको हित र भलाइको लागि हामी एकजुट भएर जानुको विकल्प छैन । त्यसैले जस्तो फरक बिचारहरु भएता पनि  आफ्नो बिचारमा मात्र अडान नलिई सबै पक्षले लचिलो भएर समझदारीका साथ सहमति गरि बहुमतलाई मान्य हुने यो बिचको बाटो  हिंडौं भनि यूके भरि छरिएर रहनु हुने पुन समुदायमा हार्दिक अनुरोध गर्दछु ,धन्यवाद ।

पुन समाज ,यूके ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %