साउदी अरबियामा बैदेशिक रोजगारी गरि बस्ने हुम सुनारीमगरको पहलमा दोलखा, चरिकोटका वहिरा बिद्यार्थीहरुको लागि रु. ४९,६९७/- सहयोग प्रदान भयो । सो सहयोग सुनारीमगरले साउदी, बेलायत, अमेरिका र युएईमा रोजगारी गरि बस्ने जम्मा २७ जना सहयोगी दाताहरुबाट आर्थिक संकलन गरि, ति वहिरा बिद्यार्थीहरुको लागि पठाएको थियो ।उक्त सहयोग, हिजो पौष १७ गते जिल्ला प्रशासन कार्यालय, दोलखाको सभाकक्षमा एक समारोहको आयोजना गरि दोलखा बहिरा संघका अध्यक्ष, श्री निराजन उप्रेतीलाई हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय वहिरा महासंघका अध्यक्ष कल्पणा बज्रचार्य, दोलखाका प्रमुख जिल्ला अधिकारी (सी.डि.ओ.) प्रल्हाद पोखरेल, स्थानीय विकास अधिकारी (एल.डि.ओ) डुपराज पोखरेल, शिक्षा सचिव गोपाल नारायण श्रेष्ठ, डि.एस.पी सुरेश प्रसाद काफले, पत्रकारहरु, वहिराहरु, अपाङगा, वहिराका अभिभावकहरु उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहभागि थियो ।
सहयोग जुटाई दिन आङ काजी शेर्पाले १५ दिन अगाडी सुनारीमगरलाई आह्वान गरेको थियो । सहयोग प्राप्त भए पछि आङ काजी शेर्पा हिजै दोलखा पुगी सहयोग हस्तान्तरण गरिएको थियो । सहयोगको निम्न विवरण पढेर सुनाए र सामान किनेर खर्च बाँकी रहेको रकम १०,३०० संघका अध्यक्ष निराजन उप्रेतीलाई हस्तान्तरण गरियो ।
हुम सुनारीमगर / साउदी


