नेपाल प्रवासी मगर संघ दोहा कतारले संघका सल्लाहकार सदस्य तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतारका प्रथम उपाध्यक्ष प्रकाश आले मगर कतारबाट कम्पनिमा नफर्कने गरी नेपाल फर्किन भएकोले उनलाई एक कार्यक्रमका बिच २०१३ डिसेम्बर ४ मा मगर संघ र महासंले संयुक्त रुपमा बिदाई गर्यो । दोहाको हिमालयन रेष्टुरेन्टमा महासंघका अध्यक्ष बिनेश तामाङको अध्यक्षता तथा प्रकाश आलेमगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन महासंघका का.बा. महासचिव पुरुषोत्तम सुनुवारले गरेकाथिए ।
कार्यक्रमको शिलशिलामा मगर संघका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले कार्यक्रममा उपस्थितीहरुमा मन्तव्यद्धारा स्वागत गरेपछि आलेमगरलाई महासंघको तर्फबाट महासंघका बिशेष सल्लाहकार अमृत गुरुङले खादा ओढाएर सम्मान गरिएको थियो भने महासंघका अध्यक्ष विनेश तामाङले कदरपत्र हस्तान्तरण गरेर उनको योगदानको कदर गरिएको थियो । आलेमगरलाई विनेश तामाङले फेटा बाँधेर तथा महासंघका बिशेष सल्लाहकार अमृत गुरुङले खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तैगरी मगर संघका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य देव ब. रानामगरले संघको तर्फबाट चिनो प्रदान गरेकाथिए भने संघका अध्यक्ष शरण थापामगरले कदरपत्र हस्तान्तरण गरे ।
बिदाइको मन्तव्य दिने क्रममा सुनुवार सेवा समाजका का.बा.अध्यक्ष किशोर सुनुवार,तमु समाज कतारका सांस्कृतिक परिवारका सचिव हितमान घले,किराँत राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज चाम्लिङराई, किराँत याक्थुङ चुम्लुङ, कतारको तर्फबाट हरिभक्त लिम्ब’ लगायतको उनको योगदानको चर्चा गरे ।
चित्र थापामगरलाई पनि बिदाई
त्यसैगरि नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१३ डिसेम्बर ३ का दिन संघका केन्द्रिय सदस्य चित्र ब। रानामगरलाई एक कार्यक्रमका बिच बिदाई गर्यो । संघका केन्द्रिय अध्यक्ष शरण थापामगरको अध्यक्षता तथा काबा महासचिव कृष्ण रानामगरको सञ्चालनमा भएको उक्त कार्यक्रममा संघका बिभिन्न तह र तप्काका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमकै शिलशिलामा उनको योगदानको उच्च कदर गर्दै संघको तर्फबाट पुर्व अध्यक्ष तथा सल्लाहकार सदस्य देव ब। रानामगरले खादा ओढाई सम्मान गरेकाथिए भने अध्यक्ष शरण थापामगरले कदरपत्र हस्तान्तरण गरेकाथिए ।
कार्यक्रममा उनले नवौं कार्य केन्द्रिय समिती देखी हाल सम्मको यात्राको दौरानमा संघमा पुरयाएको योगदान को स्मरण गर्दै त्यस समयमा भएका, गरेका र सिकेका कुराहरुको चर्चा गरेकाथिए ।
थापामगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हँुदा हुँदै आफु स्वदेश फर्कनु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दे मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहेपनि आफु संघर्षशिल रहने कुरा बताएकाथिए ।
त्यसैगरी कार्यक्रमका सभापति थापामगरले उनको अभावको महशुस संघलाई भएको र रानाको संघ प्रतिको मायालाई सम्मान गर्न उनको योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । उनको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना सहित शुभयात्राको कामना गर्दे कार्यक्रमको अन्त्य गरेकाथिए ।
कृष्ण ब. रानामगर, कतार