आमा समुहले अर्को फल्याट किन्यो

Read Time:1 Minute, 24 Second

८ डिसेम्वर, हंगकंग, नमो बुद्ध आमा समुह हंगकंगले आठौ बार्षिक उत्सव मनाउदै फेरी स्ट्रीट जोर्डनमा अर्को फल्याट किनेर नमो बुद्ध क्लबको नाममा आज उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । यस भन्दा पहिलाको फल्याट सन्घाई स्ट्रीट जोर्डनमा गुम्वा सञ्चालन भइरहेको छ । अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा नेपालबाट आएका पाचौ अवतारी गुरु चुसाङ रीम्पोचेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । रेणुका गुरुङको सञ्चालनमा उपाध्यक्ष टीका गुरुङले स्वागत मन्तब्य दिएकी थिइन । विशेष अतिथि र अन्य अतिथिहरुमा धर्म गुरुहरु र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । आजिबन सदस्यहरुलाई सदस्यता र सहयोग दाताहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरीएको थियो । हंगकंगमा पढीरहेका उत्कृस्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पनि सम्मान गरीएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %