अब पनि पहिचानवादी शक्ति नमिल्ने हो भने सखाप हुन्छौ – शिवलाल थापा, बरिष्ठ उपाध्यक्ष, राजमुपा

Read Time:14 Minute, 1 Second

संबिधान सभा भाग २ चुनावमा प्रत्यक्षमा एक सीट पनि जित्न नसकेको र समानुपातिकमा पनि पहिलेको संख्यामा थप्न नसकेको नेपालको सबैभन्दा पुरानो पहिचानवादी दल राष्ट्रिय जनमुक्ति पार्टीले एमाओवादीले झैं राज्यले नै धाँधली गरेकोले यस्तो परिणाम आएको आरोप लगाईरहेकोछ ।  चुनावपछि भरखरै स्थायी समितिको बैठक सकेर केन्द्रिय समितिको बैठकको तयारीमा रहेको  राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष श्री शिबलाल थापा मगरसंग यहि सेरोफेरोमा राज्यसत्ताका तनहु संवाददाता खडक आलेले कुरा गरेकाछन् ।

राज्यसत्ता डटकम – मंसिर ४ गते सम्पन्न संबिधानसभा चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रचार गरिए जस्तो परिणाम त ,ल्याउन सकेन नि ?
शिवलाल थापा –  यसमा हाम्रा  पार्टीले के ठहर गरेको छ भने  चुनाव अत्यन्त धाँधलीपुर्ण सम्पन्न गरिएकोले यस्तो भएको हो । बिषेश गरेर धाँधली गर्नेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक खेलाडीहरुको सकृय भुमिका रहेको देखिन्छ । संघियता र पहिचान बिरोधी तत्वहरुले  सम्पुर्ण पहिचान सहितको संघियताबादीहरुलाई सखाप पार्ने ग्रायन्ड डिजाईन नै तयार पारि यस्तो गरेको देखिन्छ ।
 राष्ट्रिय ,अन्तराष्ट्रिय क्षेत्रबाट कस्लाई जिताउने ,कस्लाई हराउने भन्ने बारेमा गोप्य संझौता भएको कुरा हामीलाई जानकारीमा आएको छ । यदि पहिचान सहितको संघियता नेपालमा आयो भने  यूरोप, अमेरिका , लगायतका राष्ट्रहरुमा राजनीतिक रुपमा ठूलो असर पार्छ । चाहे छिमेकी भारतको कुरा गरौं , चाहे अमेरिका यूरोपियन यूनियनकै कुरा गरौं सबैले  पहिचानबादी र संघियताबादीहरुलाई सखाप पार्नुपर्छ भन्ने खेलमा लागेको देखिन्छ । त्यस्तै देश भित्रका संघियता र पहिचान बिरोधीहरु पनि हामीलाई हराउन ,पहिचान तथा संघियताबादीहरुलाई सखाप पार्न प्रत्यक्ष वा अप्रत्यक्ष लागेको देखिन्छ । चुनावमा साम, दाम, दन्ड भेदको नितिको अस्त्र–शस्त्र पनि प्रयोग गरिएकै हो ।

राज्यसत्ताडटकम – के भनिदैछ भने हारेका जतिले धाँधली भयो भनिरहेकाछन्, धाँधलीका स्वरुप र प्रमाणहरु के के छन त तपाईंहरुसंग ?
शिबलाल थापा– धाँधलीका प्रमाणहरु प्रशस्तै छन । पहिलो कुरा त मतदाता परिचयपत्र फोटो खिच्ने बेलामै धाँधली गरिएको छ । धेरै मान्छले फोटो खिच्नै पाएनन् । दोस्रो धाँधली मतदाता परिचयपत्र बितरण गर्दा पनि गरियो । यसो हे¥यो– दलित जनजाति मुश्लिम् वा पहिचनाबादी जस्तो देख्यो भने घरको एक जनाले हुदैन सम्बन्धित मान्छे नै चाहिन्छ, चुनावकै दिन लिन आउनु भनेर फर्काईदिए । चुनावको दिन लिन जाँदा परिचयपत्र दिएनन् र भोट हाल्नबाट बञ्चित गराईदिए । कसैलाई भने पुरै टोलकै मतदाता परिचयपत्र जिम्मा लगाई दिने काम पनि भएकै हो ।
अर्को धाँधली मतदानपछि मतपेटिका मतगणना स्थल सदरमुकाम पु¥याउने पिरियडमा गरिएको थियो । त्यो समयमा ब्यापक धाँधली  भयो । जहाँ मतपेटिका परिबर्तन देखि लिएर  अनेकौं अवान्छिट हठ कण्डा गरियो । धेरै ठाउँमा  मतदान पार्टी प्रतिनिधिहरुलाई  मतपेटिका संगै जान दिएनन् रोक लगाए । अर्को कुरो  १ घण्टा लाग्ने  दुरीमा  दशौ घण्टा लगाए । रातभरि मतपेटिका कहाँ कहाँ डुलाए के के गर्नु थियो गरे , एउटा धाँधली यहाँ निर भएको हो ।  फेरि अर्को कुरो के रह्यो भने देखि  मतदान स्थलमा खडा गरिएको मुचुल्काको नम्बर मतपेटिकाको नम्बरसंग मिलेन , कटै मतपेटिका च्याटिएको, कटै शिल नलगाएको देखियो । अर्को कुरा मतपत्र पट्याउने तरिका एकै प्रकार र एकछापे मत आउनु   यो धाँधलीको चरम उत्कर्षको नमुना हो ।

राज्यसत्ता डटकमः   तपाईंको भनाईमा यसपालिको  चुनावमा जनताले दिएको मत गणना गरिएन  फर्जि मतपेटिका तयार पारे, त्यो मत पो गणना गरियो हाईन ?
शिवलाल थापाः  हो । धेरै जसो ठाउँमा जनताले दिएको मत गणना गरिएको होईन ।  म २०५१ ,२०५६ साल देखि लिएर संबिधानसभा भाग एक निर्बाचन सम्म  तनहूँ क्षेत्र नं. २ को उम्मेदवार हुँ , त्यतिखेर  जुन जुन ठाउँबाट मलाई भारी मत आउँथ्यो । जहाँ हाम्रो पार्टी कार्यकर्ता बढि छ , त्यो ठाउँ बाट मलाई खसेको मत भनेको ३ वटा देखाईएको छ । यसको मतलब प्रस्त छ । जहाँ मलाई ३ वटा मत खसेको देखाईएको छ त्यो ठाउँका जनता कार्यकर्ताले मलाई कराई राखेकाछन् “हाम्रो बुथबाट तपाईलार्ई ४०० भन्दा बढी भोट खसेको छ । हामी लिखित रुपमा  दिन सक्छौं । कहाँ गए ति मत ?”
यहाँ जनताले आफुले मतपेटिकामा खसालेको मत खोजिराखेकाछन । संघियता बिरोधी पहिचान बिरोधी तत्वहरु र  निर्बाचन आयोगले  जुन भुमिका खेले  त्यो अत्यन्तै दुखःदायी  छ । त्यसैले हाम्रो पार्टीको के माग छ भने सरकारले एउटा उच्च स्तरीय आयोग गठन गरि चुनावमा भएको के हो , निस्पक्ष छनबिन होस । हामीले  निर्बाचन आगोगमा ज्ञापनपत्र पनि बुझाई सकेका छौं ।

राज्यसत्ता डटकमः ठिकै छ  चुनावमा धाँधली भएकै होला रे तर स्थापना भएको २२/२३ बर्ष भैसकेको  पार्टीले जुन गति लिनु पथ्र्यौ किन लिन नसकेको ? बरु हिजो मात्र जन्मेका पार्टीहरु सत्तामा पुगि सके । जस्तै मधेशीदलकै कुरा गरौं । चाहे माओवाादीकै कुरा गरौं । पार्टीले गति लिन नसक्नुमा के नेतृत्व तहकै कमजोरी त होईन ?

शिवलाल थापाः  हाम्रो पार्टी जस्ताकै तस्तै रहनुमा दुईवटा कारण छन । एउटा हो बाह्य कारण, अर्को आन्तरिक कारण । बाह्य कारणको सन्दर्भमा भन्नुपर्दा आदिवासी जनजाति ,दलित मुश्लिम  मधेशी आदिले धेरै पार्टीहरु खोलेका छन । चाहे त्यो जातिय पार्टी होस वा क्षेत्रिय पार्टी  सबै आ–आफ्नो धुनमा छन ,समानुपातिकबाट भए पनि कतै सिट पाईन्छ भनेर ।  अर्को कुरो थाहा भएकै कुरा हो,हाम्रो पार्टी फुटेर टुक्रा टुक्रा भै छिन्नभिन्न भएको अवस्था पनि हो । त्यसैले मेरो आग्रह यो हो की हामी एक भएर जानु पर्छ । अर्को कुरा हो आन्तरिक कमिकमजोरी । हाम्रो केन्द्रिय नेतृत्व देखि लिएर तल्लो गाउँ तह सम्म कमिकमजोरी रहेको छ । अहिलेको परिणामले सबै  नेता कार्यकर्ताहरु लाई दुखित बनाएको छ । हामीले आत्मआलोचना गर्नैपर्छ ।

 हामीले आफ्नो   कमिकमजोरी लुकाई राख्नु हुदैन । यसपालीको चुनावको प्रत्यक्ष तर्फको परिणाम आएपछि, मैले अध्यक्ष ज्यू लाई भनेको हूँ  नैतिकता हिसाबले भएपनि  हामीले नेतृत्व तहबाट राजीनामा दिनुपर्छ वा एक पद घटुवा भएर बस्नुपर्छ । तर अध्यक्षज्युले मान्नु भएन । चुनाव हार्नुमा हाम्रो के दोष भन्नु भयो । अहिले भरखरै सकिएको स्थायी कमिटीको बैठकमा पनि सामान्य रुपमा छलफल भयो । यी र यस्तै एजेन्डा लिएर  केन्द्रिय समितिको बैठकमा जाँदैछौं । त्यहाँ पनि आत्मआलोचनाको कुरा आउछ ,पार्टी सुदृढिकरणको कुरा छलफल आउने नै छ । हाम्रो आन्तरिक कमिकमजोरीहरु धेरै छन, यसलाई सच्याएर लानुपर्छ, परिबर्तन गरेर जानुपर्छ ।

राज्यसत्ता डटकमः  चुनावमा धाँधली भएको ठान्ने तपाई लगायतका केही राजनीतिक दलहरुले संबिधानसभा बहिस्कार गर्ने, संबिधानसभामा नजाने भनिरहन’भएकोछ । समानुपातिक तर्फ २ सीट पाएको राष्ट्रिय जनमुक्ति पार्टी संविधानसभामा जान्छ कि जान्न ?

शिवलाल थापा–  हिंजो हामी नेकपा माओबादी बैद्य समुहले नेतृत्व गरको ३३ दलिय मोर्चामा सहभागी थियौं र हामी उक्त मोर्चामा सहभागी हँुदाहुँदै हाम्रो पार्टीले के निर्णय ग¥यो भने,  यदि हामी चुनावमा नजाने हो भने भोली पार्टीको राजनीतिक अस्तित्व नै समाप्त हुने हो की  भन्ने निष्कर्षमा हामी पुग्यौं र चुनावमा गएका हौं । तर चुनाबको परिणाम संघियता पक्षधर र पहिचानवादीहरुलाई समाप्त पार्र्ने नियोजित ढंगले आयो । यो परिणाम  प्रति हामी सहमत छैनौं ।
त्यसो भएको हुनाले चुनावको परिणाम प्रति असहमत पक्षधर भनौं वा, संघियता पक्षधर र पहिचान पक्षधरहरुको मोर्चा बनाएर जानुपर्छ  भन्ने कुरा चलेको छ । यतिखेर संघियता पक्षधरहरुको बिचमा संझौता भएको छ । हिजो निर्बाचन आयोगले संविधानसभा भित्र छिरेका ३० दललाई बोलाएका थिए  हामी १६ दलले बहिस्कार ग¥यौं । हाम्रो माग यो हो की निर्वाचनमा भएको के हो सत्यतथ्य छनविन हुनुपर्छ ।
परिणाम  जे जस्तो आएपनि आखिर हामीले संबिधानसभालाई उपयोग गर्नैपर्छ । किनकी संघियताको मुद्दा र पहिचानको मुद्दालाई संबोधन र सुनिश्चित बनाउन संविधानसभालाई उपयोग गर्नैपर्छ ।  हामी सडक आन्दोलनमा पनि जाने छौ र सदनलाई पनि उपयोग गर्नेछौं । सडक र सदन दुबै तताउनको लागि संबिधानसभाको उपयोग गर्नेछौं ।

राज्यसत्ता डटकमः  उसोभए अबको संबिधानसभामा के तपाईको उपस्थिति हुने संभावना छ ?

शिबलाल थापाः   असम्भव भन्ने कुरा केही छैन । म पनि पार्टीको जिम्मेवार तहको एउटा कार्यकर्ता हुँ । संघियताको मुद्दा र पहिचानको मुद्दालाई सुनिश्चित बनाउन  म संबिधान सभामा पुग्नुपर्छ । हुन त साथीहरु सबैले रहर गरिरहन’भएकोछ ।  केन्द्रिय समितिको बैठक बस्दै छ बैठकले यसको निष्कर्ष निकाल्छ ।

राज्यसत्ता डटकम– अन्तमा केही भन्नुछ ?
शिवलाल थापाः  पार्टीको जिम्मेवार तहमा बसेको पार्टीको बरिष्ठ उपाध्यक्षको हैसियतले म के भन्न चाहन्छु भने यो मुलुकमा हामी आदिवासी जनजातिहरु, दलितहरु, मुश्लिमहरु, मधेशीहरु यसरी नै बिभाजित अवस्थामै बस्यौ भने  अहिलेको चुनावमा भएको हाल हुनेछ । हामी यो राज्यबाट एक प्रकारले समाप्त हुनेछौं, हाम्रो अस्तित्व कहिं पनि रहदैन ।
त्यसो भएको हुनाले  सम्पुर्ण संघियता पक्षधरहरु पहिचानवादीहरु एउटै ठलो र एउटै मोर्चामा संगठित भएर अगाडि बढ्नुपर्छ ।  मधेशीको नाउँमा, दलितको नाउँमा मुश्लिमको नाउँमा चाहे जनजातिकै नाउँमा खोलिएका समुहहरु संघसंगठनहरु वा, राजनीतिक दलहरु सबैलाई एकैठाउँमा एक ढिक्का भएर एउटै मोर्चामा मोर्चाबन्दी भएर आ्गाडि बढ्न आह्वान गर्दछु । राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रियशक्ति निर्माण अभियानको रुपमा मोर्चाबन्दी अभियान थालिसकेकोछ । यस महान कार्यमा अगाडि बढ्न म सबैलाई अनुरोध पनि गर्दछु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %