राईको पापनी लोप हुन थाल्यो

Read Time:5 Minute, 51 Second


 

गुन्दु्रक र सिन्की….

दुईदिनको जिन्गी….

बासको ढुंग्रो …..

बाचेको छुङरो ….

सम्झेर ल्याउदा ….

पुर्ने झै झलल…

 

यस्तै शव्दले उनिएको लयमा सामुहिक गीत गाउदै अनि कुममा कुम जोडेर तीन कदम अघि तीन कदम पछि गर्दे नाचिन्छ वाढाङ्मी अर्थात पापनी । यो वाढाङमी पुर्वी नेपालको धनकुटा जिल्लामा वसोवास गर्ने आदिवासी राई जातिले मनाउने पर्वमा नाचिने नाच हो । यो नाच नाच्ने पर्व भर्खरै पुर्वमा सकिएको छ । यो पर्वमा गाउ घरका वुढावुढी, युवा युवती ढोल र झयाम्टा वजाउदै कार्तिके पुर्णिमा पछिको पहिलो मंगलवार देखि नाच्ने गर्दछन् । यो नाच पुर्वको धनकुट जिल्लाको छिन्ताङ, खोकु, आखिसल्ला, आहाले र महाभारत यति सिमित क्षेत्रका राई जातिले मात्रै नाच्ने गर्दछन् । पहिले महिना दिन सम्म नाचिने यो वाढाङमी अहिले आएर ६ दिन मात्रै नाच्ने गरिन्छ । धनकुटाको छिन्ताङमा वसोवास गर्ने वान्तावा राई मध्ये नाम्छिहाङ पाछाका राई वाट यो नाचको सुरुवात भएको छिन्ताङ ३ का लाखमान राई वताउछन् ।

कार्तिके पुर्णिमा पछिको पहिलो मंगलवार आ आफनो घरमा कुल पुजा गरेपछि त्यही साझवाट नाच्न सुरु गरिन्छ । यो नाचलाई वाढाङमी अर्थात पापनी पनि भन्निछ । यो नाच नाच्दा सवै जानाले कुम जुधाएर नाच्नु पर्ने हुन्छ । यसरी कुम कुम जुधाएर टासिएर नाच्ने यो नाचमा कुनै युवा युवती संगै नाचे अभिभावकले गाली गलौज गर्न नहुने गरेमा देउता रिसाउने किम्वदन्ती छ । त्यसैले पहिले पहिले यो वाढाङमी पापनी नाचमा सालमा एकपटक युवायुवतीहरुको चीनजान र पछि विवाह वन्धनमा समेत वाधिने गर्दथे । तर पहिले महिना दिन सम्म नाच्ने यो नाच अहिले ६ दिन मात्रै नाच्ने गरिन्छ ।

यो नाच नाच्दा गाईने गीत पनि अहिले नया युवा पुस्तामा हराउदै गएको वुढापाकाहरु वताउछन् । यो नाच पुर्वी नेपालको धनकुटा जिल्लाको छिन्ताङ आसपासमा निक्कै लोकप्रिय छ । यो नाचको वारेमा विभिन्न किम्वदन्तीहरु छन् । ति किम्वदन्तीहरु मध्ये एउटा यस्तो छ । नेपाल एकिकरण गर्ने क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहा खम्वुवान विजयी गरेर अघि वढनेक्रममा वुढाहाङ नामका राजाले तान्त्रिक शक्ति लगाएर ठाउका ठाउ उभ्याईदिएका थिए रे । धनकुटाको आखिसल्लामा रहेको सुके आहाल नजिकै वुढाहाङ राजा वसेका थिए रे ।

खम्वुवानको हतुवागढीमा विजयी गरेर पुर्व आउनेक्रममा वुढाहाङ राजाले पृथ्वीनारायण शाहालाई तान्त्रिक शक्तिले रोके पछि पृथ्वीनारयण शाहा त्यहीवाट फर्केका थिए । यसरी खम्वुवान विजयी गरेको अवस्थामा एउटा मामुली मान्छेले तान्त्रिक विद्या लगाएर सो क्षेत्रका आदिवासी राईहरुको रक्षा गरेकोले उनै वुढाहाङको सम्झना र सम्मानमा सो क्षेत्रमा वाढाङमी अर्थात पापनी सुरु भएको वताईन्छ । त्यसैले अहिले वुढाहाङलाई सुगुर र वुढाहाङका धर्मपुत्र वाहुन थिए रे त्यसैले वुढाहाङका धर्मपुत्रलाई परेवा वली दिनेगरिन्छ । यसरी पुजा गरिएको मासुमा नुन तेल लगाउनु हुदैन लगाएमा भगवानले खादैनन भन्ने विश्वास छ । वाढाङमी अर्थात पापनी नाचिने ठाउलाई खाल्सा क्षेत्र पनि भन्ने गरिन्छ । खाली ठाउ कम वस्ती भएकोले यस ठाउलाई खाल्सा भनिएको वताईन्छ ।

 यसरी सुरु भएको भनिएको यो वाढाङमी अहिले आएर लोप हुने अवस्थामा पुगेको छ । वाढाङमी अर्थात पापनीको वारेमा अध्ययन र वृतचित्र वनाउन छिन्ताङ पुगेका धरानका पत्रकार जसकुमार राईका अनुसार यसलाई समयमै संरक्षण गर्न सकेन भने लोप हुने अवस्थामा पुगेको छ । पापनीलाई संरक्षण गर्नका लागि सोही क्षेत्रका अगुवा अनि अभियान्ताहरु अहिले देखिनै लाग्नु पर्ने पत्रकार जसकुमार राई वताउछन् । त्यति मात्रै नभएर पुर्वमा वसोवास गर्ने राईहरु मध्ये केही राई जातिले मात्रै मनाउने पर्व र नाच्ने यो वाढाङमी अर्थात पापनीको संरक्षण संगै प्रवद्र्धन गर्न जरुरी छ । यदी यसो हुन सकेन भने यो नाच लोप भएर जान सक्छ ।

भैरब आङ्ला, धरान

फोटो जसकुमार राई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %