फेरि पर्दामा लाहुरे कथा

Read Time:1 Minute, 39 Second

गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म च्ह्याल्याबट (ओइलिएको फुल) को पोखरामा च्यारिटी शो गरिएको छ । बाराही चलचित्र हलमा तीन शो प्रदर्शन गरिएको  फिल्म हेर्न दर्शकको बाक्लो उपस्थिती थियो ।
 सुपर युनिक एम्युनमेन्ट प्रालि पोखराको पहिलो प्रस्तुति रहको फिल्म  विहान ९ बजे, १२ बजे र ३ बजे गरी तीन शो देखाइएको र दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक मनोज गुरुङले जानकारी दिए ।
गुरुङ समुदायको लाहुर जाने प्रथालाई आधार बनाई निर्माण गरिएको फिल्ममा विदेश भूमिमा भोग्नुपरेका पीडा तथा स्वदेशमा आफ्ना परिवारले घरमूलिको अभावमा भोग्नुपरेका पीडाहरुलाई अभिनयमार्फत जिवन्त तरिकाले देखाउन खोजेको निर्देशक गुरुङले बताए ।
लमजुङको घले गाँउ, पोखरा र पोखरा आसपासका गाउँहरुमा छायाङ्कन भएको फिल्ममा राजु गुरुङ, निस्ता गुरुङ, कविता गुरुङ, केवल गंगा गुरुङ, प्रतिमा गुरुङ, विशाल तमु, प्रेम तमु, रक्षा तमु र मनोज तमु लगायतका कलाकारहरुको अभिनय छ । यस अघि पोखरामै कात्तिक २३ गते फिल्मको भिआइपी शो गरिएको थियो ।  

मनोज घर्तीमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %