पहिचान र संघीयता पक्षधरलाइ हराइएकोमा राजमुपाको प्रेष-बिज्ञप्ति

Read Time:1 Minute, 36 Second

राष्ट्रिय जनमुक्ति पार्टी, स्थायी समितिको बैठक पार्टी अध्यक्ष श्री एम.एस.थापाको अध्यक्षतामा आज (मिति २०७० मंसिर ११ गते) देखि पार्टी केन्द्रीय कार्यालय धोबीघाट, ललितपुरमा शुरु भएको छ । संविधान सभा निर्वाचन (दोश्रो) सम्बन्धमा गम्भीर समिक्षा गर्दै बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेष नोट जारी गरिएको छ ।

 

संविधान सभा निर्वाचनमा धाँधली भए नभएको सम्बन्धमा वास्तविक सत्यतथ्य बुज्न १० दिन भित्र प्रतिवेदन बुझाउने गरी पार्टीले निम्न ५ सदस्य रहेको आन्तरिक जाँझबुझ समिति गठन गरेको छ ।

आन्तरिक जाँचबुझ समिति :

१. संयोजक : उपाध्यक्ष के.पी.पालुङ्वा

२. सदस्य : उपमहासचिव रत्न राना

३. सदस्य : स्थायी समिति सदस्य रामु परियार

४. सदस्य : स्थायी समिति सदस्य बुद्धश्री लामा

५. सदस्य : संघीय परिषद (केन्द्रीय) सदस्य मोहन सारु

बैठकले धाँधलीपूर्ण निर्वाचन विरुद्ध संघर्षरत परिवर्तनकारी, पहिचान र संघीयता पक्षधर राजनीतिक दलहरुसंग मोर्चाबन्दी गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %