मगरात राजधानीमा मगरकै हरिबिजोग

Read Time:6 Minute, 38 Second

पाल्पा

एमाओवादी, जनजाति दल र प्रमुख दलका जातीय संघहरुले घोषणा गरेको मगरको राज्य अर्थात मगरात स्वायत्त (MAGARANT AUTONOMOUS REPUBLIC) गणराज्यको राजधानी पाल्पामा मगरहरूले बाहुनहरूलाइ डोली चढाएकाछन्छन । बिगतको चुनावमा कम्तिमा पनि एकजना मगरले पाल्पाली मगरको नेतृत्व गर्दै अाएका थिए । पाल्पामा ६५ प्रतिशत मगरको जनसंख्या रहेता पनि ३ क्षेत्रमै मगरहरूले बाहुन नेताहरूलाइ बिजयी बनाएकाछन । ३ निर्बाचन क्षेत्र  रहेको पाल्पामा नेकपा एमाले  दुई स्थानमा बिजयी भएको छ भने १ स्थानमा नेपाली काग्रेसका बाहुन बिजयी भए । यसलाई मगरको अपमानको रुपमा हेरिएकोछ ।

 

(मगरले मगरलाइनै सिँहदरबार जान यसरि ढोका बन्द गरिदिए) 

 पाल्पा क्षेत्र नम्बर १ मा एमाले उम्मेद्धार राधाकृष्ण कडेल , क्षेत्र नम्बर २ मा सोम प्रसाद पाण्डे  र क्षेत्र नम्बर ३ मा काग्रेस उम्मेद्धार हरी प्रसाद नेपाल बिजयी भएको हो । क्षेत्र नम्बर १ का बिजयी कडेलले १७ हजार ८ सय ४ मत प्राप्त गरे भने उनको प्रतिस्पर्धी नेपाली काग्रेसकी उम्मेद्धार सीता देबकोटाले ११ हजार ९ सय ५८ मत प्राप्त गरिन । अर्का प्रतिस्पर्धी एनेकपा माओबादीका उम्मेद्धार तेजेन्द्र सिंजालीमगरले  २७ सय ८० मत प्राप्त गरे ।

क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार पुर्णमाया पुलामीले १ सय ४९ मत पाइन । पाल्पा क्षेत्र नम्बर २ मा बिजयी एमाले उम्मेद्धार सोम प्रसाद पाण्डेले १३ हजार १ सय ९४ मत प्राप्त गरे ।  उनको प्रतिस्पर्धी काग्रेस पाल्पाका सभापति बिर बहादुर रानामगरले १३ हजार ९८ मत प्राप्त गरेका थिए । पाँण्डे ९६ मतको अन्तरले बिजयी भएको हो । क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार टोप अस्लामीले १२ सय २१ मत पाएका छन ।

यस्तै पाल्पा क्षेत्र नम्बर ३ मा काग्रेस उम्मेद्धार हरी प्रसाद नेपालले १३ हजार १ सय ३५ मत ल्याएर बिजयी भएकोहो । उनका प्रतिस्पर्धी एमालेका कुल प्रसाद नेपालले ११ हजार ५ सय ५४ मत ल्याएर दोष्रो भए । अर्का प्रतिस्पर्धी एनेकपा माओबादीका उम्मेद्धार नेत्र प्रसाद पाण्डेले ७ हजार १ सय १ मत ल्याएर तेष्रो भए । क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार केयर सिंग राना मगरले ५ सय ५१ मत ल्याएका छन ।


पाल्पा क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका तर्फबाट प्रतक्ष्य तर्फका उम्मेद्धार बनेका नेपाली काग्रेस पाल्पाका सभापति बिर बहादुर राना ९५ मत अन्तरको फरकले मात्रै एमालेका उम्मेद्धार सोम प्रसाद पाण्डेसंग हार बेहोरेका छन् । रानाले १३ हजार ९८ मत प्राप्त गर्नुभएको थियो भने पाण्डेले १३ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । जबकी २०६४ सालमा भएको संबिधान सभाको निर्बाचनमा नेकपा माओबादीबाट लिला सोमै बगाले निर्बाचित हुनुभएको थियो । राना मगरलाई मगरकै भोट नपरेपछि पराजित भएका हुन् । काग्रेस उम्मेद्धार रानाले मलाई जित्न नाक चुच्चेको भोट चाहिदैन मगरकै भोट भए जित्न सक्छु भनेको भन्दै बा्रमण क्षेत्री मतदातामा बा्रमण क्षेत्रीले हौवा पिटाएर रानालाई भोट दिन बाट रोकेपछि राना पछि परेका हुन् ।

पाल्पाका मगरहरुलेनै भोट दिएपछि रानाका प्रतिस्पर्धी सोम प्रसाद पाण्डे २०५१ र  २०५६ सालमा भएको निर्बाचनमा बिजयी भएका थिए ।  क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार बनेकी पुर्णमाया पुलामीले १ सय ४९ मत र  क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार टोप अस्लामीले १२ सय २१ मत पाए

क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्धार केयर सिंग राना मगरले ५ सय ५१ मत पाए । त्यस्तै एनेकपा माओबादी बाट पाल्पा क्षेत्र नम्बर १ बाट प्रतक्ष्य तर्फबाट उम्मेद्धार बनेका तेजेन्द्र सिजाली मगरले ४ हजार ९ सय ६७ मत पाए । ६५ प्रतिशत मगर रहेको पाल्पामा मगरहरुले बाहुन उम्मेद्धारलाई मत मात्रै दिएका छैनन् उनैलाई जिताएर बिजयी र्यालीमा उफ्रिरहेका छन् । राष्ट्रिय जनमोर्चाबाट पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेद्धार बनेका बाल बहादुर दर्लामीले १ सय ८२ मत पाएका छन् । त्यस्तै संघिय समाजबादी पार्टीको तर्फबाट पाल्पा क्षेत्र नम्बर १ मा प्रतक्ष्यतर्फका उम्मेद्धार पुर्मती ढेगाले १ सय ५६ मत पाए

पाल्पामा ६५ प्रतिशत मगरको बाहुल्याता रहेकोछ । 


– देब पचभैया/हुम पचभैया , पाल्पा

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %