जनजाति महाबाणिज्यदुत माग गर्दे आन्दोलन गरिरहेको आदिवासी जनजाति महासंघ हङकङले महाबाणिज्यदुताबाससंग वार्ता गर्न वार्ता टोली बनाएकोछ । महासंघका अध्यक्ष एमवीथापा, संघर्ष समितिका संयोजक भुपेन्द्र चेम्जोङ, सल्लाहकार भक्त दुरा, संघर्ष समितिका पूर्व सचिव किसन राई सम्मिलित समितिले छिटै वार्ता प्रक्रिया अघि बढाउने बताइएकोछ । यसअघि जुलाईमा गरिएको २ चरणको वार्ता निस्फल भएकोथियो ।
महाबाणिज्यदुत महेश प्रसाद दाहाल
जनजाति महाबाणिज्यदुत नपठाइएको भन्दै महाबाणिज्यदुत महेश प्रसाद दाहाललाई सार्वजनिक कार्यक्रममा जानबाट बन्देज गरिएकोछ । महासंघले सात बर्ष देखि यो माग सहित आन्दोलनको नेतृत्व गरिरहेकोछ । यसअघि पनि सामाजिक बहिष्कार गरिएका निवर्तमान महाबाणिज्यदुत विनोदकुमार उपाध्यायसंग पनि यसैगरि वार्ता गरि आन्दोलन स्थगन गरिएकोथियो ।
महासंघका एक पदाधिकारीको भनाईमा, अबको वार्ताबाट महाबाणिज्यदुतले महासंघको लिखित माग सम्बन्धित निकायमा पुर्याईदिने र त्यसबापत महासंघले बन्देज फुकुवा गर्ने सम्बन्धमा लेनदेन हुनेछ ।