रूपन्देही ,
मंसिर १,आज देशभर सबै निर्बाचान छेत्रमा फोटो सहितको मतदाता परिचय पत्र बितर्ण कार्य आरंभ भयो । आजै रूपन्देहीको आनन्दवन गाबिसमा पहिलो दिन दिनको २ बजे सुरू भै बेलुकि ५ बजे सम्ममा करिब ५०० जनाले आफ्नो परिचय पत्र पाए। यो गाबिसमा करिब ८ हजार मतदाता रहेका छन् । मंसिर ३ गते सम्म सबैले परिचय पत्र पाउने छन् , ढिला भएमा निर्बाचनको दिन पनि बितर्ण गरिने निर्बाचन आयोगले जनाएको छ ।
दोष्रो संबिधान सभा निर्बाचन मंसिर ४ पर्योजनको लागी फोटो सहितको परिचय पत्र अनिबार्य गरिएको छ । अर्को व्यास्था लागु नहुँदा सम्म यस्को म्याद ५ बर्ष सम्म रहने छ । नेपालमा पहिलो पटक २०५७ असार ३१गते बितरण गरियता पनि , अहिले नया हुनु पर्ने , पुरानो परिचय पत्रले भोट खसाल्न नपाउने ब्याबस्था गरिएको छ ।
मंसिर ४ गते मंगलबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानबाट नयाँ संविधान लेखनको जिम्मेवारीसहित चार वर्षका लागि ६०१ जना संसद् सदस्य चुनिने छन् । निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिक प्रणालीतर्फ १ सय २२ दल दलका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनका लागि १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । तीमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् । उनीहरूका लागि १० हजार १३ स्थलमा १८ हजार ४ सय ५६ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको छ ।
२०६४ सालको तुलनामा यो पटकको निर्बाचनमा ३४ लाख मतदाताले मत हाल्न बाट बन्चित भएका छन् ।पहिलो संबिधान सभाको निर्बाचनमा १ करोड ५५ लाख जनताले मतदानमा भाग लिएकोमा यो पटक १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताले मात्र फोटो सहितको परिचय पत्र बनाएको निर्बाचन आयोगले जनाएको छ । करिब ४० लाख जनजातिहरू बिदेशी भूमिमा कामको लागी पलायन भएको NRNA ले जनाउदै आएको छ ।
आज सम्म बिदेशमा रहेका ९५% ले परिचय पत्र बनाएका छैनन् । नेपालमै पनि जनचेतनाको कमीले यो पटक धेरै जनजातीहरू आफ्नो मत खसाल्न बाट बंचित हुँदैछन् , भने नेकपा माओबादि बैध समुह र ३३ दलिए मोर्चाको चुनाव बहिस्कार नीतिले कति भोट खस्ने हो भोलिको दिनले बताउने छ । अनि कसरि जनजातिको जनचाहना अनुसारको पहिचान सहितको संघियता र संबिधान बन्छ ? यसपटक पनि संबिधान नबन्ने प्रायनिश्चित छ भने देश कोसोभो जस्तै गृहयूद्दको भूमरिमा फस्ने देखिन्छ । यो भयाबह स्थिति रोक्न स्वयम मतदाताको चेतनाको कमिले मात्रै नभएर जनजातिका अगुवाहरूको पनि कमि कम्जोरी देखिन्छ ।
हुमबहादुर पचभैया मगर ,बुटवल