बिजय हितान , बेलायत
पहिलो विश्व युद्द । मृत र घायल सैनिकहरूबाट बगेको रगत । भनिन्छ त्यहि रगताम्य युद्द मैदानमा उम्रेको हो पप्पी फुल । जसको रङ् रगत् झैँ रातो हुन्छ । उनै सहादत प्राप्त सैनिकहरूको सम्झनामा मनाइन्छ पप्पी डे अर्थात रिमेम्बरेन्स डे । प्रतेक बर्षको ११ नोभेम्बरमा । पप्पी फुल छातीमा र टोपिमा टाँसेर । यसलाई गोर्खालीहरू भन्ने गर्छन् पुर्खा दिवस् ।
यस बर्षको पप्पी डे नजिकिदै जाँदा बेलायतमा केही अबिस्मरणिय घटना घटे । ब्रिटिश्-गोर्खालीहरूले समान हक र पेन्सनको माग गर्दै लन्डनमा सत्याग्रह गरे । उता ‘मरिन ए’ (गोपनियताको लागि बास्तविक नाम खुलस्त न गरिएको) भनिने रोयल मरिनका सार्जन्टलाई युद्द अपराधको दोसी ठहराइयो । यस्तो समाचारले मेरो मन नोभेम्बरको चिसो संगै चिसियो । सारै कठङ्रियो । सदा भागलिने म पप्पी डे मा । यसपाली कस्तो कस्तो मन् भएर बहिस्कार गरेँ । गइन कतै । बरु यी पङ्तीहरू लेखेर रणभुमिमा मारिएका ती निर्दोस बहादुर पुर्खाहरूप्रती यी शब्दरुपी समबेदनाका फुलहरू चढाउने बिचार आयो । पप्पी फुल चढाउनुको सट्टा ।
पल्टनाँ छँदा गोर्खा हयाटमा पप्पी फुल टाँसेर मनाए हुँला यस दिन । ती बहादुर गोर्खालि भीसी पुर्खाहरूलाई सम्झदैं । निबृत भएर बेलायत आएपछिनि मनाउँदै आएँ यो दिन । हप्ता भरी नै छातिमा रातो पप्पी फुल सिउरेर । ११ नोभेम्बरको दिन सैनिक सालिक अगाडी अरु जस्तै उभिएर स्रदान्जली अर्पण गरेँ ती योद्दाहरूलाई । तर यो बर्ष किन हो कुन्नि? मनले पटक्कै मानेन । हो, नोभेम्बर महिनाको बेला पप्पी फुल जताततै बेचिन्छ । उठेको पैसा सैनिक र तिनका परिवारलाई राहत दिन प्रयोग गरिन्छ । लाखौं मानिसहरू यसलाई शिरमा र कोटभरी सिउरिएर हिँडछन ।
हजारौँ मानिसहरू गत आइतबार मेरो घरको नजिकैको युद्द सालिक आगाडी भेला भए । ब्यान्ड बाजाहरू र बिकुल बजाइए । युद्द मैदानमा मरेकालाई सम्झिँदै । मैले झ्यालबाट हेरेँ । तर त्यो बिकुलको आवाज प्याट्टै मेरो कानसम्म परेन । मौन धारण गरे आफ्ना र आफन्तलाई सम्झेर तिनले । त्यो हुलमा कसैले सम्झे होलान् त ति शत्रु पक्षका मित्रहरुलाई ?
युद्दमा कसैको हार हुँदैन । दुबै पक्षले जितको दाबी गर्छन् । अमेरिका र बेलायत सम्मिलित अल्लाइड फोर्सले पहिलो र दोस्रो बिश्व युद्दपछि बिजयी समारोह गरेहोलान । नाजी जर्मन र जापानले पनि । अफ्गानिस्तानबाट रस्सियन फौज फिर्ता हुनुपर्यो १९८९ मा । त्यतिबेला अफ्गानी फौज मुजाहाद्दिनले हर्सोल्लास मनाएहोलान । उता रस्सियनले पनि आफ्नो हार स्विकारेनन् । त्यस्तै होला सन २०१४ मा पनि । जति बेला अमेरिकी र बेलायती फौज अफ्गानिस्तानबाट घर फर्किने छन् । तब तालिबानहरू भन्ने छन्- हाम्रो जित भयो । त्यसरी नै यता बेलायती र अमेरिकी जनताहरू पप्पी डे मनाउलान । ती अफ्गानिस्तानको युद्दमा मरेका सैनिकको सम्झनामा ।
गत हप्ता मैले सम्झे- युद्दकालिन र युद्द पस्चातका दर्दनाक अवस्थाहरू । हरुवाले मात्रै भए त हुन्थ्यो । जितुवाले पनि भोग्नुपर्ने कहालिलाग्दा पीडाहरू । पश्चातापहरु । लाग्यो- यसरी पप्पी डे सस्ता दिवसहरू मनाइयो भने अझै युद्दलाई प्रोत्साहन मिल्छ । अनि त याद आयो मेरा पल्टने दिनहरू जतिबेला म पप्पी डे समारोहमा सम्मिलित हुन्थें । रातो पप्पिफुलको माला बोकेर युद्द स्मारकमा चढाउन लम्किरहेको जी एम र कमान्डिङ साहेबलाई कालीमाइ जस्तै देखें । त्यसपछि दशैंको निधार भरिको रातो टिकाको सम्झना आयो । त्यो पनि त रगत् झैँ रातै हुन्छ र भनिन्छ रामले रावणप्रती बिजय प्राप्त गरेपछी लगाउन थालिएको । त्यसैले गइन यसपालीको पप्पी डे मा । अब उन्न छोडे पप्पी फुलहरू मेरो छातिमा । बरु उमार्न थालेको छू शान्तिको फुल मेरो हदयभरी ।
पप्पी डे मा भाग नलिएर गोर्खा सत्याग्रमा संलग्न साथिहरूलाई मेरो नैतीक समर्थनको फुल चढाउन चाहन्छु । अक्टोबर २५ देखि बसेको रिले अन्सन । प्राइमिनिस्टर डेभिट क्याम्रोनको कार्यालयको अगाडी र रक्षा मन्त्रालयको नजिकै । समान पेन्सन र अन्य मागहरू राखेर । यी पंक्तिहरु लेख्दै गर्दा सुनेको छु, भोक हडतालमा परिणत भयो रे भनेर । र, यसको नतिजा के होला था छैन ।
अनी कस्तो बिडम्बना ? ८ नोभेम्बरमा ‘मरिन ए’ भनिने सिपाहीलाई युद्ध अपराधी साबित गरियो । सैनिक अदालतले । हतियार बिहिन अफ्गानी बिद्रोहीलाई गोली हानी मारेको अभियोगमा । युद्दको बेला मारिएका र मरेकाहरूलाई यत्रो निसाफ ! हुन त म कानुनबिद होईन । सायद यसैलाई भनिन्छ होला- मानव अधिकार र यसको संरक्षण ।
अदालतको यस्तो निर्णयले यदि म ‘मरिन ए’ को ठाउँमा भए के सोँच्थे । कसैको लागि लडिदिनु पनि छ ? भएन उल्टै युद्द अपराधी साबित गरिनु ? युद्दले कसैलाई बहादुरीको तक्मा भिराइदिन्छ । कसैलाई जेलको हतकडी । हत्याको सँजाए हुन्छ जनम कैद । डिसेम्बरमा ‘मरिन ए’ लाई अदालतले सँजाए सुनाउनेछ । फेरि सँम्झिए- ‘मरिन ए’ का नजिकका आफन्तहरूलाई । उसका आमा बा श्रीमती र छोरा छोरिहरुलाइ । कुनै नागरिकले देशको बिरुद्दमा गरेको कार्यलाई रास्ट्रघाती भनिन्छ भने । देशले आफ्नो नागरिक बिरुद्द गरेकोलाई के भन्ने ? नागरिकघाती । ‘मरिन ए’ ले सोंचिरहे होला- यस्तो सँजाए त तीनले पाउनु पर्ने जसले युद्द गर्ने निर्णय गरे । जसले युद्दमा पठाए । सरकारका प्रधानमन्त्री र सान्सदहरू । सैनिक जनरलहरू । यिनलाई हेगको युद्द अदालतमा पुर्याएर युद्द अपराधी घोषित गरिन पर्ने ।
तर के गर्ने युद्द गर्नेहरू पनि फुटबल खेलमा झैँ नियममा बाँधिनुपर्छ । युद्दमैदानमा पैदल गस्ती दिंदै गर्दा होस । या घात थापेर बस्दा होस । जेनेभा कन्भेन्सनको नियमलाई पालना गर्दै एउटा सिपाइले बन्दुक उठाउनु पर्छ । उदाहरणको लागि- यदि दुस्मन आफूलाई आक्रमण गरेर फर्कदै छ भने गोली प्रहार गर्न पाइन्न । घायल दुस्मनलाई मानविय ब्याबहार गर्दै दबाइ पानीको ब्यबस्था गर्नुपर्ने हुन्छ । र युद्दबन्दी बनाइए पिटपाट गरेर सूचना प्राप्त गर्न नपाइने जस्ता नियमहरू पालन गर्नु पर्छ् ।
अभाग्यबस ‘मरिन ए’ ले उक्त हतियार बिहिन घाइते बिद्रोहीलाई पिस्तोलले हानेर मारेको अदालतले प्रमाणित गर्यो । जो घटना उसकै सेक्सनको साथिले हेल्मेटमा जडित भिडियो क्यामेराले खिचेको रहेछ । अदालतमा देखाइएको उक्त भिडियोमा ‘मरिन ए’ ले गोली हानिसके पछि ठट्टा गर्दै भनेको छ- मैले जेनेभा कन्भेन्सनको नियम भङ्ग गरेँ ।
उक्त सिपाही बिरुद्दको फैसलाले बेलायतको मानव अधिकारप्रतिको स्रदा, पालना र कटिबद्दता अन्तराष्ट्रिय समाजप्रति देखाउँछ । कानुन सबैका लागि बराबर । यसभन्दा माथी कोहि हुन्न भन्ने पाठ बेलायतले दिन चाहन्छ ।
जे होस ती ‘मरिन ए’ जसले युद्द मैदानबाट सकुसल फर्केर बहादुरीको पदक अपेछ्या गरेका थिए होलान । बाँकी रहेका दिनहरू सूख सँग आफ्ना परिवारसँग बिताउने सपना देखेका थिए होलान् । निबृतभरण पश्चातको बाँकी जिन्दगी आनन्दसँग बिताउने कत्रो इच्छ्या लिएथे होलान् । त्यो पूरा नहुने भो । मेरो हदयभरीको सहानुभुति टक्र्याउन चाहन्छु उनलाई यस पप्पी डे को सुखद घडिमा ।