तनहुँ ,
कार्तिक २९ , राष्ट्रिय जनमुक्ति पार्टी चुनाव प्रचार प्रसार समिति तनहूँको आयोजनामा मंसिर १ गते,दमौलीमा बिशाल मोटरसाईकाल र्याली गर्ने भएको छ । “राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो बिकासको आधार ! राज्य ब्यबास्थामा सबै जातिको सामनुपातिक आधिकार ! ” भन्ने मुल नाराका साथै “घर चिन्हामा मतदान गरौं जनमुक्ति पार्टीका उम्मेद्वार लाई जिताऔं ” भन्ने नाराका साथ आयोजना हुने उक्त मोटरसाईकाले र्यालीले शहरका मुख्य मुख्य ठाउँहरुमा परिक्रमा गर्ने कुरा पार्टीका जिल्लाअध्यक्ष तथा क्षेत्र नं.२का प्रत्यक्ष उम्मेद्वार मन्ध्ररी आलेमगरले बताएका छन । उक्त मोटरसाइकालमा र्यालीमा २५० ओटा भन्दा बढी मोटरसाइकाल र तिनै वटा क्षेत्रका तीनै जना उम्मेद्वारहरुका तीन वटा गाडी सहितको र्यालीमा सहभागीता रहने बताएका छन् । चुनाव प्रचार प्रसार अभियानको रुपमा संचालन हुने उक्त र्याली तनहूँ र कास्कीको सिमना कोत्रे बजार देखि शुरु भई दुलेगौंडा, खैरेनीटार, भिमाद थर्पु जामुने हुँदै दमौली बजार परिक्रमा गरि क्षेत्र नं.१को दुम्रे, बिमाल नगर, सत्रसय ,आबुँखैरेनी हुँदै तनहूँ र चितवानको सिमना मुग्लीङ्गमा पुगी बिसर्जन गरिने कुरा प्रसार समिति तनहुँले बताएको छ ।
खडक आले मगर ,तनहुँ