यस क्षेत्रबाट म बाहेक कुनै उम्मेदवारले जित्न सक्दैनन् : सूर्य सारु मगर

Read Time:20 Minute, 39 Second

जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई विश्वास गरेका छन् । यस क्षेत्रको सामाजिक, आर्थिक , शैक्षिक र राजनैतिक क्षेत्रमा विशेष योगदान पु¥याउने बाचा सहित जनताले अत्याधिक मतले मलाई जिताउनु हुनेछ । अर्को कुरा ठुलो दलका नेताहरु घरदैलो नै गर्न सकेका छैनन् । उनिहरुको एजेण्डा नै छैन । उनीहरुले पटक–पटक जनताहरुलाई धोका दिईरहेका छन् । जनताहरुले उनीहरुको विश्वासको सिमा नाघेको हुँदा पत्याउने कुरै भएन । जनताले नकारी रहेका छन् । त्यसैले जित मेरै हुन्छ । यस क्षेत्रको विकास निर्माण कार्यमा र जनतालाई अधिकार दिने सम्बन्धमा प्रतिबद्धता  गर्दछु’ ।

प्रस्तुत छ सूर्य कुमार सारु मगर र राज्यसत्ताको लागी कमल चौधरी संगको भलाकुसारी । सारु मगर रुपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार (राष्ट्रिय जनमुक्ति पार्टी) हुन ।

नजिकिदै गरेको दोस्रो संविधान सभाको चुनावी प्रक्रियालाई तपाई क्षेत्र नं. २ रूपन्देहीको उम्मेद्वार हुन हुन्छ । यसलाई कुन रुपमा अगाडी बढाउनु भएको छ ? –

सूर्य सारु मगर :हामीले यस रूपन्देही क्षेत्र  नं.२ मा एक महिना पहिल्यै जनताको घरदैलो गरी ठाउँ–ठाउँमा जनजागरण कार्यक्रम ग¥यौ । मुलुकमा संविधान नबन्नुको कारण, किन देश दिन प्रतिदिन संकटमा परिरहेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको विचार र सिद्धान्त मार्फत जनतालाई जनजागरण ग¥यौं । त्यस्तै एक हप्ता देखि जनताका घरदैैलोमा गएर उनीहरुको समस्या र उनीहरुले भोग्नु परेका कुराहरुलाई बुझ्ने प्रयास ग¥यौं । यसरी हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको घरदैलो कार्यक्रम तिव्र रुपमा अगाडी बढाउदै गएका छौं ।

जनता सामु आजभोलि राष्ट्रिय जनमुक्ति पार्टीको प्रभाव कुन रुपमा परि रहेको छ त ?

– राष्ट्रिय जनमुक्ति पार्टीको प्रभाव क्षेत्र नं. २ रूपन्देहीमा मात्र नभएर राज्यको हरेक कुना काप्चामा निकै जोडदार रुपमा बढेको छ । यसरी विगत २३ बर्षदेखि निरन्तर रुपमा शान्तिपूर्वक राष्ट्रिय जनमुक्ति पार्टीले पहिचान सहितको पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता जायज मागहरु जनता सामु स्पष्ट विचार राख्ने एउटा विश्वासिलो पार्टी रहेको हुँदा पार्टी प्रवेशको लहर बढेको छ । जनमुक्ति पार्टीको प्रभाव शसक्त रुपमा अगाडि बढिरहेको छ । नेकपा एमाले, एमाओवादी र कांग्रेसलाई जनताहरुले पटक–पटक भोट दिएर जिताए तर, विकास निर्माणका कार्यहरु गर्नुको सट्टा अझ देशमा विकराल परिस्थिति सिर्जना गर्नु बाहेक कुनै राम्रो उदाहरणिय काम नगरेको हुँदा अबको भोट राष्ट्रिय जनमुक्ति पार्टीलाई नै दिने विश्वास लिएको छु । दलहरुले संविधान बनाउछु भने, त्यो पनि भएन, विकास निर्माणका कार्यहरु गरेनन् । उनीहरु जनताका घर–घर आउने र जितेर गए भने आफ्नो क्षेत्र, शहरनै छोड्नेलाई के को भोट अबको भोट  त केवल राष्ट्रिय जनमुक्ति पार्टीको रहेको बताउँछन् । जसले गर्दा राष्ट्रिय जनमुक्तिको राम्रो पकड जमाउन सकेको छ । हाम्रो पार्टी अबको यो चुनाब पश्चात ठुलो शक्ति र सरकारमा संविधान निर्माणको निर्णयाक भुमिका खेल्दछ । यसमा कनै दुई मत नै छैन ।

तपाई क्षेत्र नं. २ रुपन्देहीको राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार हुनुहुन्छ । अब यस क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टी कुन कुन अन्य पार्टी संग बढी कसरत गर्नु परेको छ त ?

– मलाई कुनै अन्य राजनैतिक पार्टीसंग कसरत गर्नु परेको छैन । न की प्रतिसपर्धा नै गर्नु पर्छ जस्तो लाग्छ । किन की काग्रेस , एमाले र एमाओवादी पटक पटक चुनाव जित्योे सरकारमा गयो तर देशमा विकास निर्माणका उदाहरणिय कार्य नै गर्न सकेको छैन । जनताको इच्छा, चाहानालाई यी दलहरुले कुण्ठीत गर्दै झुठो प्रलोभनमा फसाउने अब दिन गयो जसले गर्दा जनताहरुले फेरी पनि काग्रेस, एमाले र एमाओवादीलाई भोट दिनुपर्ने कारण छैनन् । र अर्को कुरा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टी उम्मेदवार म बाहेक स्थानिय उम्मेदवार कोही छैनन् । भए पनि चुनाव  जित्ने र काठमाडौ पस्ने उम्मेदवारलाई जनता भोट दिने कुरै भएन । जसले गर्दा मलाई लाग्छ म कुनै संग प्रतिस्पर्धा गर्नु पर्छ जस्तो लाग्दैन । यस  क्षेत्र नं.२ का जनताहरुले मलाई विश्वास गरेका छन् । मेरो पार्टीलाई विश्वास गरेका छन् । जसले गर्दा मलाई प्राजित गर्ने कुनै पार्टीको शक्ति काम लाग्दैन । म आफै पनि लामो समय देखि निरन्तर समाजिक कार्य गर्दै आएको छु । र हरेक जनताको घरदैलोमा पुगेको छु । उनीहरुको दुःख सुखको अनुभवहरु साटेको छु । त्यसैले प्रतिस्पर्धा गर्नु पर्दैन ।

त्यसो भए के तपाई राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. २ बाट उम्मेदवारी जित्नु हुन्छ, त ?

– अवश्य, म ग्यारेन्टीको साथ भन्छु । यस क्षेत्रबाट उम्मेदवारी म बाहेक कुनै उम्मेदवारले जित्न सक्दैनन् । जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई विश्वास गरेका छन् । यस क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक क्षेत्रमा विशेष योगदान पु¥याउने बाचा सहित जनताले अत्याधिक मतले मलाई जिताउनु हुनेछ । अर्को कुरा ठुलो दलका नेताहरु घरदैलो नै गर्न सकेका छैनन् । उनिहरुको एजेण्डा नै छैन । उनीहरुले पटक पटक जनताहरुलाई धोका दिईरहेका छन् । जनताहरुले उनिहरुको विश्वासको सिमा नाघेको हुदा पत्याउने कुरै भएन । जनताले नकारी रहेका छन् । त्यसैले जित मेरै हुन्छ । यस क्षेत्रको विकास निर्माण कार्यमा र जनतालाई अधिकार दिने सम्बन्धमा प्रतिबद्धता  गर्दछु’ । साथै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय एयरपोट, क्षेत्र नं.२ मा पर्ने  ८ बटा गाविसको सदरमुकाम संग जोडिएको छैन । यसको विकास र यस क्षेत्रबाट बुद्धजन्म स्थल लुम्बिनि, बुद्ध मावलिघर देवदह र कपिलवस्तु तिलौराकोट जाने एउटा केन्द्र बिन्दु भएको नाताले यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकिय र शैक्षिक विकास गर्न सकिन्छ ।  

देशलाई निकास दिन के गर्नु पर्छ जस्तो लाग्छ ?

– राष्ट्रिय जनमुक्ति पार्टीको मुख्य कुरा संविधान बनाउनु हो । कुनै पनि पार्टीले संविधान यसरी बनाउने हो भन्ने कुरा कहि कतै गरेको छैन । अबको संविधान सभामा हामिले यहाँका सम्पुर्ण जात–जाति धर्म, बर्ग, लिङ्गलाई समान सामाजिक, आर्थिक, राजनैतिक तरिकाद्वारा अधिकार प्रदान गरेनौ भने, देशमा ठुलो जातिय, धार्मिक युद्ध हुन सक्छ । मुलुकलाई बचाउन जरुरी छ । जसले गर्दा सम्पुर्ण जात–जाति धर्मलाई समान अधिकार दिन जरुरी छ । चुनावमा सम्पुर्ण आम समुदाय, राजनैतिक दलहरु मिलेर चुनाव गराउनु पर्छ । जनताका अधिकार सुनिश्चित गर्न देशमा संविधान सभाको निर्माण हुनु जरुरी छ । यदि यस्तो भएन भने नेपालमा दश बर्षे जनयुद्ध भन्दा ठुलो भयानक युद्ध हुन सक्ने संभावना देखिन्छ । देशमा संविधान नबन्नुको कारण संघीयताकै विषयलाई लिएर हो । भन्ने घटना सुनियो ।

अब फेरी पनि चुनाव भए तपाईहरुको पहिचान सहितको पुर्ण संघीयताले पनि संविधानको निर्माण हुन्छ भन्ने के ग्यारेन्टी छ ? 

– पहिचान सहितको संघितामा अनेक पार्टीहरुले विभिन्न कुराहरु गरिरहेका छन् । तर राष्ट्रिय जनमुक्ति पार्टीले भौगोलिक, सांस्कृतिक, जातिय आधारमा पुर्ण संघीयता मुलुकमा हुनु पर्छ । नाम जुनसुकै राखेपनि देशमा राज्य गर्ने प्रणाली कस्तो हुनु पर्छ । कसैले केही भनेको छैन । हिजो जनमोर्चाका नेता चित्र बहादुर के.सीले राप्रपाका कमल थापाले संघीयताले देश टुक्रिन्छ । भन्ने आज अवधारणा पत्रमा के.सीले ७ प्रदेश नामाकरण सार्वजनिक गरे । आखिर संघीयता चाहिदो रहेछ । यसरी विभिन्न राजनैतिक दलहरुले बहु पहिचान सहितको संघीयता, राष्ट्रिय संघीयता, भनेपनि उनिहरुको ति प्रदेशहरुमा कुरा अगाडी बढाउने प्रकृया, सुत्र दिईएको छैनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीले लोकतान्त्रि प्रक्रिया अनुसार कही पनि जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनु पर्छ भनेका छौं ।

यस पार्टीलाई जातिय पार्टीको आरोप लगाउँछन् के छ तपाईको भनाई ?

– राजनीतिमा अन्य पार्टीलाई आरोप लगाउने खेलै हो  । तर राष्ट्रिय जनमुक्ति पार्टी जातिय पार्टी होईन । यस पार्टीलाई पनि जातिय पार्टीको रुपमा आरोप लगाएका होलान् । तर यस जनमुक्ति पार्टीले  सम्पुर्ण जात–जातिको अधिकार सुनिश्चित हुनु पर्छ भनेको छ । सबै जातिहरुलाई अधिकार दिनु पर्छ । भन्ने मुद्दालाई अगाडी सारेको हुदा  शासन सत्तामा बसेका दलहरुले आफूहरुको अधिकार खोसिने डरले  जातिय पार्टीको आरोप लगाएको होलान् ।  

तपाईलाई अब के गर्नु पर्छ जस्तो लाग्छ ?

– अबको नेतृत्वमा सबभन्दा पहिले संविधान बनाउनु प¥यो , संविधान पनि ८० प्रतिशत बनेको संविधानलाई संस्थागत गरेर २० प्रतिशत राज्य पुनः संरचना र शासकिय स्वरुपको विषयमा अल्झेका विषयमा छलफल गरेर हामी जानु पर्छ । र छिट्टै जनतालाई संविधान बनाएर उनिहरुको अधिकार प्रदान गर्नु पर्छ । तर प्रचण्डले हिजो पनि बहुमत नभएकै कारण संविधान नबनेको हो भनेका थिए ।

राजनैतिक पार्टीहरुले हिजो कुनै पार्टीको एकलौटि बहुमत नभएकै कारण संविधान नबनेको भन्छन् फेरी पनि त्यही हालत हुने त होइन ?

– हो त्यस्तो बहुमतको आधारमा संविधान नबनेको भन्न हुदैन । काग्रेसले पनि बहुमत दिनु प¥यो भन्छ । संविधान सभालाई बहुमत नै चाहियो भने अहिले पनि त चार दलहरु बसिरहेका छन् । उनिहरुले संविधान बनाउने हो । बहुमत नभएकै कारण एमाले र काग्रेस मओवादी लगाएत राजनैतिक पार्टीहरुले संविधान नबनेको बताउछन् । नेताले संविधान बनाउने होईन । संविधान त नेपालका विज्ञहरुलाई बनाउन दिनुपर्छ । नेताहरुले केवल सहमति गरेर पास गर्नु पर्छ नेताले नेतृत्व गर्ने काम हो तर डिजाईन गर्ने काम होईन । ढाँचा निर्माण गर्ने काम त विज्ञहरुको हो । भ्रष्टचार गरेका उम्मेदवार र नेताहरुलाई जिताउनु हुदैन । संविधान निर्माण कुनै पनि पार्टीको बहुमतको कुरा हुदैन । राजनैतिक पार्टीहरु सहमति गरेर बहस गरेर संविधान सभाको निर्माण ग¥यो भने अवश्य सकिन्छ । राष्ट्रिय जनमुक्ति पार्टी १२ प्रदेशको खाँकाहरु आफ्नो चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको छ ।

यसले प्रदेशका खाँका तयार गर्ने सम्बन्धमा किन ठोस निर्णय लिन नसकेको होला ?

– मुलुकमा संघीयता हुनै पर्छ । तर नामको अगाडी पछाडि भन्दा पहिचानको कुरामा दलहरु खिचलो गर्नु हुदैन भन्ने हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको विचार हो । निर्वाचन प्रणालीमा पनि जातिय जनसंख्याको आधारमा भयो भने यसरी प्रदेशको नाममा दलहरु राजनैतिक पार्टीहरु अडान लियो भने संविधान सभाको निर्माण हुनै सक्दैन त्यसैले राष्ट्रिय जनमुक्ति पार्टीले खाकाँको  अगाडी र पछाडी दलहरु दर्गुन भएन सहमति गरेर बहस छलफल मार्फत् विवादित विषयलाई टुङ्ग्याउनु पर्छ ।

खाँका  निर्माण गर्ने सम्बन्धमा एउटा ठोस निर्माण गर्न नसक्ने जनमुक्ति पार्टीले देश र जनतालाई कसरी चलाउने कुरा पनि उठ्न सक्छ होला नि ?

– हो । दलहरुको यही गल्तिकै कारण असी प्रतिशत सम्म बनिसकेको संविधान सभा भङ्ग भयो । राजनैतिक दलहरु अडानकै कारण फेरी पनि निर्बाचन भए पनि फेरी संविधान निर्माण हुन्छ भन्ने कुनै ग्यारेन्टी हुदैन । हिजो जनमोर्चाका चित्र बहादुर के.सी संघीयताले देश टुक्रिन्छ भन्दै ठोस अडानमा बस्नु भयो । अब उहाँ ७ प्रदेशको नामकारण खाका आफ्नो चुनावी घोषणा पत्रमा सार्वजनिक गर्नुभयो । त्यसैले दलहरु अडान लिएर हुँदैन बहस, छलफल मार्फत जुनसुकै काम गरे अवश्य सफल भईन्छ ।

त्यसो भए जनमुक्ति पार्टीले कुन किसिमको संघीयता खोजेको हो । स्पष्ट परिदिनुहोस् न ?

– नेपाल देशको चरित्र बहुजातीय रही आएको छ । शासन व्यवस्था केन्द्रिकृत रही आएको छ । तर राज्यको स्वरुप  त्यो चाहि एक जातीय, अझै भनौ एक जातिवादी त्यसमा पनि केन्द्रिकृत वा सिंहदरबार केन्द्रिकृत । हाम्रो विडम्बना, देश बहुजातीय हुने राज्य चाहि एक जातीय ? त्यो पनि दुई चार वर्È हैन सयौं वर्È देखि । अन्तरविरोधको विÈय नै यही हो । यो अन्तरविरोधको समाधान राजनीतिले जबसम्म दि“दैन, तबसम्म राष्ट्रिय एकता, समृद्धि र शान्ति जस्ता विÈय कल्पना मात्र हुनेछ । राष्ट्रिय जनमुक्ति पार्टीको प्रमुख एजेण्डानै पुर्ण पहिचान सहितको संघीयता हो । जसमा भौगोलिक, ऐतिहासिक,  साँस्कृतिक, धार्मिक, जातिय पहिचानको आधारमा संघीयता मुलुकमा आवश्यक छ । जसले केन्द्रिकृत शासन व्यवस्थालाई विकेन्द्रिकृत प्रकृया द्वारा जनताका आधारभुत आवश्यकतालाई परिपुर्ति गर्न सकिन्छ ।

त्यसो भए राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्ह्मै भोट दिनु पर्ने कारण के ?

– राष्ट्रिय जनमुक्ति पार्टी विगत २३ बर्ष देखि निरन्तर शान्ति पुर्वक लोकतान्त्रिक पद्धतिद्वारा जनतालाई विश्वास दिलाउदै आएको छ । जनताको विश्वासलाई कहिलै तोडेको छैन । भ्रष्टाचारीलाई देश द्रोही, जनद्रोही सरह सजाय दिने, सम्पुर्ण जात–जातिलाई समान अधिकार, पूर्ण पहिचान सहितको संघीयता, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व राष्ट्रिय जनमुक्ति पार्टीले उठाउदै आएको हुदा जनताले धोकेबाद तथा पटक पटक जिताएर सरकारमा पुगेर जनताका आशा र विश्वास गुमाएको राजनैतिक पार्टी र उम्मेदवारलाई भोट दिनु भन्दा राष्ट्रिय जनमुक्ति पार्टीलाई नै भोट दिनै पर्छ ।

अन्तममा  के भन्नु हुन्छ ?

– संविधान सभाको निर्वाचन हो । प्रत्येक राजनैतिक दलहरु आ–आफ्नो बाजागाजा घनकाई रहेका छन् । जनताहरु त्यो बाजागाजा नेताका चिल्ला कुराहरुमा विश्वास गर्नु भएन आफ्नो ईच्छा र दलहरुको मुख्य एजेण्डालाई विश्लेषण गरेर मन परेको उम्मेदवार लाई भोट दिनु होला । तर म भन्न चाहान्छु की यदी संविधान सभाको निर्माण भएन भने फेरी पनि जातिय धार्मिक युद्ध हुन सक्ने संभावना छ । त्यसैले यसको समाधानको लागि भएपनि एक पटक राष्ट्रिय जनमुक्ति पार्टीमा भोट दिन जरुरी छ ।

प्रस्तोता : कमल चौधरी

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %