राष्ट्रिय जनमुक्तिको तर्फबाट रुपन्देहीको क्षेत्र नं १ का उम्मेदवार दलबहादुर विरकट्टामगरसंग गरेको कुराकानी ।
संविधानसभा निर्वाचनमा यहाको उम्मेदवार किन र के का लागी ?
–सार्थक संविधान निर्माण गर्न, राजनैतिक अन्योलता अन्त्य गरी मुलुकलाई निकास दिन, मुलुकमा शान्ती शुसासन कायम गरी दिगो विकास गरी जनताको जीवनस्तर उकास्न ।
संविधानसभाको निर्वाचनमा यहाले जित्ने आधार के छन् ?
–ठूला भनिने (ए.माओवादी, नेपाली कोग्रेस, एमाले) राजनैतिक दल प्रति मतदाताहरुको विश्वास घटेको छ । ति राजनैतिक दलले नैतिक हैसियत गुमाएका छन । २०६४ सालको संविधान सभालाई अनिर्णय वन्दी बनाई जनता प्रति कुठाराघात गरेको छ । आदिवासी जनजाति र मधेसी आन्दोलन र ककसले जातिय राज्य माग्यो भनि झुठा आरोप लगाएर एमाले कग्रेस ले आदीवासी जनजाति र मधेशीलाई संबिधान सभाको आवसानको प्रमुख कारण वनाईयो । र जसले गर्दा आदिवासी जनजाति, उत्पीडित र मधेसिको मन दुखेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा आदिवासी जनजाति र मधेशीको मत दुई तिहाई भन्दा वढि छ । मतदाताहरुमा नया शक्ति र नया उम्मेवारलाई मौका दिने भन्ने सोच आएको छ ।
तपाई र पार्टीको प्रमुख मुद्दाहरु के के हुन ?
–संविधान सभाको निर्वाचनमा मैले दुई किसिमका मुद्दाहरु उठाएको छु । पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, जातिय, क्षेत्रिय र लैङ्गिक समानुपातिक प्रतिनिधित्व स्थापित गर्न, धर्म निरपेक्ष र वहुभाषिक राज्य नीति वनाउने । त्यसैगरी भ्रष्टाचारलाई राज्य विरुद्धको अपराध कायम गरी आजिवन कारागारको सवैधानिक व्यवस्थ गर्न र प्रत्यहवान को व्यवस्थ गर्न रहेको छ ।
त्यसैगरी नर्माणका मुद्दामा यस क्षेत्रमा भगवान गौतम बुद्धको मावली स्थल रहेकाले आन्तरिक तथा बह्य पर्यटन गन्तव्यको रुपमा विकास गर्ने, एकिकृत कृषि योजना तर्जुमा गरी आधुनिक कृषि प्रणाली लागु गर्ने, यस क्षेत्रको सडकहरुको स्तरउन्नति, शिक्षण संस्था, स्वास्थ्य, सुरक्षा तथा सामुदायिक संघ सस्थाको भौतिक पुर्वाधारको समुचित विकास गर्ने, यस क्षेत्रमा रहेका एतिहासिक, धार्मिक, सामाजिक पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्वर्दन गर्ने प्रमुख मुद्दाहरु रहेको छ ।
प्रस्तुति: गोबिन्द घर्ति ,बुटवल