नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१३ नोभेम्बर ८ तारिकका दिन संघका पुर्व केन्द्रिय सचिव राम पुनमगरलाई एक कार्यक्रमका बिच बिदाई गरियो । संघका केन्द्रिय अध्यक्ष शरण थापामगर तथा का. बा. महासचिव कृष्ण रानामगरको सञ्चालनमा भएको उक्त कार्यक्रममा संघका बिभिन्न तह र तप्काका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमकै शिलशिलामा उहाँको योगदानको उच्च कदर गर्दै संघको तर्फबाट सल्लाहकार सदस्य जनक थापामगरले खादा ओढाए र अध्यक्ष शरण थापामगरले कदर पत्र हस्तान्तरण गरे । साथै उनले संघलाई दिनुभएको योगदानको कदर गरिएको थियो । कार्यक्रममा पुन मगरलाई उपस्थिती सनैया बी एरिया समिती देखी केन्द्रिय समिती सम्मको यात्राको दौरानमा संघमा योगदान गरेका कुराहरुको स्मरण गर्दै त्यस समयमा भएका, गरेका, सिकेका कराहरुको चर्चा गरेका थिए ।
त्यस्तैगरी प्रमख अतिथीले बिदाई भएर जानुहुने पुनमगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हुँदा हुँदै आफु स्वदेश जानु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दै मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहे पनि आफु संघर्षशिल रहने कुरा बताएका थिए। त्यस्तैगरी कार्यक्रमका सभापती थापामगरले उनि नेपाल जादै गर्दा उनको अभावको महशस संघलाई भएको र उनको संघ प्रतिको मायालाई सम्मान गर्न उनको योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । अन्तमा अध्यक्षले उहाँको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना सहित शुभयात्राको कामना गर्दै कार्यक्रमको अन्त्य गरेका थिए ।
कृष्ण ब. रानामगर, कतार