नेपाली मगर संघ युएईले केन्द्रीय कार्य समितिको पुनर्गठन गरेको छ । गत नोवेम्बर-८ तारिक शुक्रबार युएईको आबुधावी स्थित हाम्दाम-पार्कमा अध्यक्ष चन्द्र सारु मगरको अध्यक्षतामा बसेको संघको तेर्सो बैठकले १७ सदस्यीय कार्य समितिको पुनर्गठन गरेकोहो |
१७ सदस्यीय कार्य समितिमा बरिष्ठ उपाध्यक्ष रामकृष्ण पुनमगर,उपाध्यक्ष सुजन थापामगर,महासचिव भुवन मगर,सचिब नारायण सारुमगर, कोषाध्यक्ष चुमान काउछामगर, प्रबक्ता रेसम सोमईमगर,सङ्गठन विभाग प्रमुख मनोज काउछामगर,महिला बिभाग प्रमुख शुसी पुलामी घर्ति मगर छन् भने सदस्यहरु अमर सेर्पुर्जामगर ,नबिन थापामगर .उदय रोकामगर ,राम रोकामगर, तिर्थ थापामगर, तोप बहादुर सारुमगर,यम रानामगर ,लक्ष्मी थापामगर र सुशिला मगर रहेको १७ सदस्यीय कार्य समितिमा संघका भूपू: अध्यक्ष हरि बहादुर घर्ति मगर प्रमुख सलाहाकार एवं सम्रक्षक रहेको सलाहकार समितिमा प्रिथिछक बुढामगर र डम्बर सोमई मगर छन् |
बैठकमा अध्यक्ष चन्द्र सारु मगरले प्रस्तुत गरेको संघको सगठन सशक्तिकरण र भावी कार्ययोजनाबारे बिस्तृत छलफल गरिएको प्रबक्ता रेसम सोमई मगरले जानकारी गराए | तेस्तै युएईमा श्रमिक नेपाली मगर महिलाहरुलाई संथामा संगठित गर्दै लगिने महिला बिभाग प्रमुख शुसी पुलामीले बताइन् | बैठकमा बोल्दै संघका प्रमुख सल्लाहकार हरिबहादुर घर्तिमगरले राष्ट्रिय पहिचान सहित जातिय पहिचान हाम्रो मुख्य एजेन्डा भएको र त्यसकालागि वर्तमान अवस्थामा हामी मगर हरूले संघर्ष गरी रहेकोले नेपाली मगर संघ युएईलाइ पुनर्जीवित गर्नुपरेको प्रस्ट पारे |
बैठक सचिब नारायण सारु मगरले संचालन गरेका थिए |
शुसी पुलामी, आबुधाबी