‘दमिनी भिर’ २०६९ को मदन पुरस्कार बिजेता उपन्यास । लेखक राजन मुकारुङ । सिर्सक हेर्दा अलिकति साम्प्रादायिक लाग्ला । पढेपछी था लाग्छ माने त्यो होईन भनेर । बेल्पाली मित्र नरेश काङ्माङद्वारा अप्रिलमा यो किताब मेरो हात परेको ।
त्यतिबेला एकचोटी सरर हेरे । किताब बाक्लो थियो । अगाडिका एक्दुइ पाना पँढे । लेखिएको थियो- … उँभौली यामभरी भिर गौँथली रमाउछन यहि भिरमा । ती चिरबिराउँछन् । भाका हाल्दै गाउँछन । नाच्दछन् । कठै !… असार साउनको हुस्सुलाग्दा थिबिक्मा चरीले रुन्छे उस्तै बिरही भाका । त्यहि भाकालाई गाउँलेहरू भन्छन्- दमिनीको सेन्हे रुन्छ यो भिरमा ।
अनी मध्य पानाहरू पल्टाएँ । जँहा दर्दनाक घटनाको एक छण बर्णन गरिएको थियो- ……. घिसारे काजीले । लगे भित्र । थुने ढोका भित्रबाट । चिच्याइ दमिनी तर सुनेन कसैले । बरु आँगनको घोँडा जोड जोडले हिन्हिनाओ । त्यहि रात्- घरमाथीको भिरबाट फाल हानी दमिनीले । उसैको सम्झनामा भनिन्छ दमिनी भिर…. । त्यसपछि उपन्यासको कथा र सिर्सकको भाव मैले बुझेजस्तो लाग्यो । ठुलाबडा सामन्तीले सानातिना दलित र जनजातिलाई गरिने ब्याबहार ।
अनी बिचका अरु च्याप्टर खोतलेँ । त्याँहा एउटा तितो कुरो दर्साइएको थियो- ….. के लाहुरे चाँही ठगिनै पर्ने ? के उनिहरुचाँही नागरिक होइनन यो मुलुकका….. ? अनी सम्झेँ सरकारमा हालिमुहाली एक बर्गले सिमान्तकृत बर्गलाई गरिएको शोषण ।
अन्तिम पाना पल्टाएँ । बिट मारिएको रहेछ् उपन्यासको यसरी- …… उहि दमिनी भिरको अन्तिम अवसेस । त्यहि ढुङोमा खोपिएको रहेछ् ठुला ठुला अछरमा- ‘पहिचान सहितको संघीयता जिन्दाबाद ।’ अर्थात निसामहरूको चक्चक ….. ।
मलाइ लाग्यो यो त हिँजआजको जल्दोबल्दो राजनैतिक मुद्दा हो । हिँज यसैमा अड्किएर सम्बिधान बनेन । चसक्क घोंच्यो मलाइ- एकात्मक बादीले समाजका अन्य बर्गसँग समान अधिकार बाँडन चाहन्नन । पछौटाइएका जनजातिलाई समान अवसर दिन चाहन्नन । भोलि चुनाव हुँदैछ उही सम्बिधान सभाको । यस्तो संघारको घडिमा निस्किएको यस उपन्यासले निस्चयनै महत्वपुर्ण भूमिका खेल्ने छ जस्तो मलाइ लागेको थियो ।
त्यसपछी पढने फुर्सत भएन । किताब दराजमै लडिरह्यो । नेपालका मित्र सन्जोग लाफाले ‘दमिनी भिर’ ले मदन पुरस्कार जितेको खबर फेसबुकमा टाँसेको देखें । ए ! यो किताब त मसँग पइल्लै छ नी भनेर झस्के । झिकेर पढें । यसमा केही न केही छ नै त मदन पुरस्कार जस्तो बिसिष्ट सम्मान पाउन सफल भयो भन्ने लाग्यो । दिन रात् लगाएर केही दिनमा सिध्याएँ । अनि पिर लाग्यो र सरापे आफैलाई-धत यस्तो रोचक आक्ख्यान किन नपढेको पहिले नै मैले ।
मुलधार नेपालि साहित्यमा जथाभावी संस्कृत शब्दहरू मिसाउने र भै नभै बिम्बहरू प्रयोग गर्ने त बिशेसता नै हो । कसैले लेखोस् कबिता, कथा होस या उपन्यास । केही बुज्रुक बर्गले बुझुन । अनी त भै गयो त्यो कहलाइएको साहित्यकार । हलो जोत्ने, घाँस काट्ने, होटेल चलाउने, गाडी हाक्ने र भारी बोक्नेले बुझुन या नबुझुन । पाउँछ यस्तै कृतिले सम्मान ।
‘दमिनी भिर’ त्यस्तो रहेनछ । यसको मुख्य बिशेसता- बोलिचालिमा प्रयोग गरिने वाक्य र शब्दहरूको चयन् । यसको अर्को पाटो- जनजातिले बोल्ने भाषा प्रयोग । त्यसैमा पुर्बका राई लिम्बूले गाउँमा बोलिने मातृभाषा । किताब पढदै गर्दा म कतै धन्कुटा, खोटाङ, दिक्तेल, भोजपुर तीर त छैन् जस्तो लाग्यो । कति ती रैथाने शब्द बुझ्न नसक्दा पिर पनि लाग्यो । तर मनोरन्जन लिएरै पढेँ । किताबको सिर्सकले गर्दा लेखकले कतै नमिठो आलोचना त खप्न पर्दैन भनी पिर पनि लाग्यो । जसरी कुमार बस्नेतले ‘डल्ली मगर्नी हो बोल्न मन लाग्दैन पिर पर्यासी….. ‘ भनि लोक गीत गाउँदा मगर् समुदायले घोर बिरोध गर्याथे । फल्सरुप नेपालका रेडियो स्टेसनबाट उक्त गीत बजाइन प्रतिबन्ध लगाइएको थियो । तर दमिनी भिर एकपल्ट पाठकले पढेपछी लेखकले यस्तो बिरोध भन्दानी सराहना पाउने सम्भावना म देख्दछु । पिर त कसलाई पर्ला भनेसी उही एकात्मकबादी सिमित बर्गलाई । किताबले सिकाउन खोजेको पाठले गर्दा त लेखक दलित जाति लगायत जनजातिहरुबाट पुज्य होलान् जस्तो लाग्छ ।
अर्को यसको बिसेसता ब्याकरणको नियममा नबाँधीइकन लेखिएको । छोटा वाक्य । कति वाक्य त एउटै शब्द मा पूर्णबिराम तेस्राइएर सिद्दाइएका छन् । हुनपनी हो गाँऊकाहरू को बोल्छ त नी व्याकरणको नियम पालन गरेर । सुरुका पानाहरु पढदा बानी नपरेर भन्न खोजिएको कुरो बुझ्न गाह्रो पर्दा छणिक पिरमा डुबियो । तर जति पढदै गयो पढदै गयो रङो लाग्ने क्रम बढदै गयो मच्ची मच्ची दशैंको पिङ खेलेजस्तो ।
यसले दिन्छ प्रेरणा कसलाई ? हौसला मिल्यो जनजातिय साहित्यकारहरूलाई । एउटै बर्गको बर्चस्व रहेको नेपालि साहित्यमा अब बिबिध बर्गको सहभागिता रहने सम्भावना हवात्तै बढेर नजाला भन्न सकिन्न । ढेँडु मात्रै रहने भिरमा अब बाँदरहरूले पनि बास बनाउने आसा दमिनी भिरले जगाइदिएको छ । यसले मदन पुरस्कार पाएसी पर्नु पिर त त्यहि एकात्मकबादीहरूलाई पर्या होला । कतैबाट किन दीइस यस्तालाई मदन पुरस्कार भनि अनायासै गुनासो आउलाकी भनि गुँठिका सदस्यहरूलाई पनि पिर होला ।
बधाइ छ लेखकलाई । हामि सम्पुर्ण बिदेसमा बस्ने साहित्यकारहरूको । साधुबाद छ पुरस्कार गुँठिका सदस्यहरूलाई । बहुल जाति, बहुल भाषा र समग्रमा नेपालि बिबिधतालाई जोगाउन तत्पर जनजाति साहित्यकारलाई सम्मान गरेकोमा।
-बिजय हितान