यसपालि संयुक्त ल्होसार हुने भो हङकङमा

Read Time:3 Minute, 52 Second

लामो प्रयास पश्चात हङकङका तमु अभियन्ताहरुले थालेको तमु एकता अभियानले यस साल सार्थकता पाउने भएकोछ । केहि बर्ष अघि देखि एउटा विशुद्ध जातीय चाडलाई धार्मिक रंग दिई भिन्नाभिन्नै रुपमा मनाउन थालिएपछि तमु एकताका सचेत जमातले यसको विरोध गर्दे आएकाथिए । यस्तो तमु फुटाउने राजनीति गरिन नहुने तिनको भनाई थियो ।
एकथरीले आफुहरु गुरुरुङ भएपनि बोन र बौद्ध धर्मावलम्बीहरु भएकोले एकै ठाँउमा नयाँ बर्ष मनाउन नमिल्ने भन्दै छुट्टाछुट्टै मनाउन थालेकाथिए । तर त्यसअघि भने यो चाड संयुक्त रुपमा मनाईदै आइएकोथियो । हङकङमा बोनको नेतृत्व तमु प्हे लु संघ र बौद्धको तमु ट्यो ह्युलले गरेकोछ ।
तर यी दुबै संस्थामा आवद्ध तर तमुलाई जोड्ने गैरधार्मिक यस पर्वमाथि राजनीति गरिन नहुने भन्ने सचेत सदस्यहरुले भने एकै ठाँउमा मनाउने लविङ गर्दे आईरहेकाथिए । यसका निम्ति तिनले सरोकारवाला दुबै संस्थालाई दवाव दिन समन्वय समिति समेत बनाएर काम गरिरहेकाछन् ।
तर त्यसका निम्ति लागिपरेका यी अभियन्ताहरुलाई यसपालि पनि दुबै संस्थाले आलटाल गरेर झुक्याउन थालेपछि समन्वय समितिले आज पत्रकार सम्मेलन गरि संयुक्त ल्होछार/ल्होसार मनाउने घोषणा गरेकोछ । गत बर्षपनि यस्तो घोषणा गरिएकोमा आउने बर्ष संयुक्त रुपमा मनाउने आश्वासन सहित दुबै संस्थाको अनुरोध आएपछि समन्वय समितिले कार्यक्रम स्थगन गरेकोथियो । तिनले दुई संस्था मिलेर उनकै अगुवाईमा यस्तो कार्यक्रम गर्ने बाचा गरेकाथिए । तर यसपालि त्यो बाचा पुरा नगरिएकोले यो शुभ कार्य आफ्नै नेतृत्वमा गर्ने घोषणा गरिएकोछ ।  
कार्यक्रम १५ पुष पर्ने ३० डिसेम्बरमा गरिने जनाइएकोछ । कार्यक्रममा नेपालबाट बोन र बौद्ध लामाहरु र तमुजन्य संस्थाका नेता ल्याई कसरी संयुक्त रुपमा १५ पुष मनाउन सकिन्छ भन्ने उदाहरण पेश गरिने कार्यक्रममा सुनाइएकोथियो ।

पत्रकार सम्मेलनमा समन्वय समिति तथा ब्रिटिश गुर्खा भूपूसंघका अध्यक्ष हेमप्रताप गुरुङ, अभियानकै अर्का सक्रिय भारतीय गोर्खा भूपू संघका निवर्तमान अध्यक्ष तथा बर्तामान प्रमुख सल्लाहकार जंगबहादुर गुरुङ, तमु ट्यो ह्युलका पुर्व कोषाध्यक्ष हितमान गुरुङ, तनहु समाजका अध्यक्ष भीमराज गुरुङ, तमु प्हेलु संघका आजिवन सदस्य किरण गुरुङ, खोटाङ गुरुङ समाजका सल्लाहकार तेजबहादुर गुरुङ, तमु ट्यो ह्युलका राम गुरुङ, ईश्वर गुरुङ र बिकाश गुरुङ उपस्थित थिए ।
नेपालमा लगभग मिलिसकेपनि हङकङ र यूकेका गुरुङहरुबीच यो फुटको राजनीतिमा अझै एकता हुन सकेकोछैन । हङकङबाटै गएकोले हुनसक्छ, युकेमा पनि यो विवाद चर्को रहेको बताईन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %