बरिस्ठताको आधारमा प्रहरी प्रमुख बनाईनुपर्ने पार्वती थापा मगरको सट्टा प्रहरी नायव महानिरीक्षक (डीआइजी) उपेन्द्रकान्त अर्याललाई त्यसका निम्ति सिंगार्न थालिएकोछ । अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएकाछन । विहीबार अबेर बसेको मन्त्रीपरिषद्को निर्णयबाट अर्याल एआइजीमा बढुवा भएकाहुन । रातारात एआईजीमा बढुवा भएपछि अर्याललाई कार्तिक २९ गते प्रहरी प्रमुख बन्ने बाटो खुलेको छ ।
विहीबारको क्याबिनेट बैठकले हालै अवकास प्राप्त विनोद सिंहको स्थानमा पूर्वाञ्चल क्षेत्रिय प्रहरी प्रमुख अर्याललाई एआइजी बनाईएकोहो । महिलालाई प्रहरी प्रमुख बनाउनुपर्छ भन्दै पार्वती थापाका पक्षमा लविङ भैरहेका बेला सरकारले विहीबार एकजनालाई मात्रै एआइजीमा बढुवा गरेर उनलाई महानिरीक्षक बन्ने बाटो खोलिदिएको छ । अन्य पाँच जना एआएइजीसंगै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले चुनाव आउनुभन्दा ५ दिन अघि अवकाश पाउँदैछन् । महानिरीक्षक रानाको विदाइ पछि नयाँ प्रहरी प्रमुखले निर्वाचनको सुरक्षाको जिम्मेवारी पाउने छन् । प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएका अर्याल शुक्रबार नै विराटनगरबाट काठमाडौं आउदैछन । कार्तिक २९ गते निर्वाचनको मुखमा अवकाश पाएर घर जाने एआइजीहरुमा नवराज ढकाल, भीष्म प्रसाई, गंगा पाण्डे, दिनकर समशेर र पुष्कल रेग्मी हुन् । तिनको म्याद थप नगरिएको अवस्थामा कार्तिक २९ पछिका प्रहरी प्रमुखका एकमात्र दाबेदार अर्याल हुनेछन ।
विहीबार बसेको क्याविबनेट बैठकमा डीआइजी पार्वती थापालाई एआइजीमा बढुवा गर्ने विषयमा पनि लविङ भएको बताईन्छ । आज एआइजीमा बढुवा हुने व्यक्तिले ज्येष्ठताका आधारमा कार्तिक २९ मा आइजी बन्न पाउने भएकाले पार्वतीलाई विहीबार बढुवा नगरिएपछि प्रथम महिला आइजी बन्ने थापाको सपना अधुरै रहेको छ । थापालाई आइजी बनाउन महिला अधिकारकर्मीहरुले समेत माग गर्दै आएका थिए । थापाले आफ्नो पक्षमा राजनीतिक नेताहरुलाई समेत भेटेकि थिईन । आगामी कात्तिक २९ मा ५ एआइजी र आइजी रानाले अवकाश पाएपछि पार्वती थापालाई डीआइजीबाट एआएजीमा बढुवा गरिएकोभए दुई महिनामा मात्र उनी प्रहरी प्रमुख बन्न पाउने थिईन । तर एउटा जातिको वर्चस्व रहेको कर्मचारी सरकारले जनजाति महिलालाई दुई महिना मात्र भएपनि पहिलो महिला बन्ने अवसर दिएर ईतिहास रच्न नदिएको देखिन्छ । अर्कों कारण पनि छ । ईमान्दार हक्की थापाले संविधानसभा चुनावमा प्रमुख दलहरुका नाजायज़ काम र दादागिरी रोकिदिन सक्छिन । सुन्तली धामी केसमा तत्कालीन गृहमन्त्री भीम रावलसंग टक्कर लिएर वाहीवाही बटुलेकि थापा प्रमुख बनेपछि चुनावमा धँाधली गर्न नपाईने हुँदा जानाजान तिनलाई रोक्न खोजिएकोछ ।
कार्तिक २९ मा निर्वाचन सम्पन्न गराउने गरी डीआइजीबाट एआइजीमा बढुवा हुने लाइनमा डिआइजी सुरेन्द्र बहादुर शाह (पोखरा), राजेन्द्र सिंह भण्डारी (सुर्खेत), विज्ञानराज शर्मा (हेटौडा), नारायण बॉस्तकोटी (दिपायल), वीरेन्द्रबाबु श्रेष्ठ (अख्तियार) र डीआइजी गणेश राई (ट्राफिक कार्यालय) छन् ।
आनन्द गुरुङ