नेपाली सिल्ली ब्वाय !

Read Time:5 Minute, 15 Second

नेपाल नाम सुन्न बित्तिकै उनले भनिन- ए नेपाल हिमालय, सगरमाथाको देश !
मैले गर्वले छाती फुलाउदै ‘हो’भने

उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।

‘तिमी पनि पढ्न आएका हौ ?’ उनको प्रश्न तेर्सियो मतिर ।
होईन म त काम गर्न आएको- मैले भने

पढाई कहाँ पुर्याएर छोडेउ त? ‘डिग्री पढ्दै थिए । बिचैमा छोडेर आएको’
डिग्री पढेको मान्छे के काम गर्छौ त?- उनले मतिर नजर फ्याक्दै सोधिन ।
मैले निधार खुम्चाउदै भने-के काम गर्नु फलाम ग्रेंदिंङ गर्छु ।
उनले नाक खुम्चाएर भनिन-के यस्तै काम गर्न तिमीले डिग्री पढेको?

झोलाको गोजीबाट पानीको बोटल निकालेर पिउदै भने-के गर्नु त हाम्रो देशको
शिक्षा व्यवहारिक नै छैन ।

अनि डिग्री पढेको मान्छे आफ्नै देशमा केही गर्न सकेनौ ?- नदी किनारमै
साकुराको सियाल मुनिको फलामे बेन्चमा बस्दै सोधिन ।

ह्या के गर्नु हो? राजनितिक स्थिति डामाडोल छ। नेताहरूले देश खत्तम
बनाए । म पनि बेन्चमा बस्दै भने ।
उनी खितित-खितित हाँस्दै भनिन-तिम्रो देशमा चुनाव हुदैन?
हुन्छ । अब फेरी हुँदैछ रे- म गम्भीर हुँदै भने ।

ब्यागबाट चिसोको क्यान निकालेर खोल्दै बोलिन-नेताले देश कसरी बिगारे त?
मैले पानीको बोटल खेलाउदै भने-हाम्रा नेताहरू नै खराब छन् ।

फेरि मुस्कुराउदै भनिन-चुनाव हुन्छ भन्छौ । नेता खराब छन् भन्छौ ,
त्यसो भए खराव नेतालाई किन भोट दिएर जिताउछौ त?

उनको सोधाईले मेरो बोली घाटीमै अडकियो । म घोप्टो परेर शिर झुकाएर
निहुरेर बसे । केही छिन पछि सुईय सुस्केरा हाल्दै भने-हाम्रो देशका
जनताको चेतना स्तर अझै उठन सकेको छैन ।

शिशिर लाग्दै छ । चिसो सिरेटो चल्न थालीसकेको छ । हामी बसेको बेन्चको
छेउमै लाहुरे फुल मुस्कुराईरहेको छ । रङ्गी,बिरङ्गी पुतलीहरू उडिरहेकाछन
। हामी पनि यसरी नै उडन पाए जिन्दगी कति रमाईलो हुदो हो ?

एकछिनको मौनता पछि बोलिन-नेपाल फर्के पछि के गर्छौ त?
मैले अनकनाउदै भने-सोचाई त कृषिमा केही गर्ने हो हुन त टुरिजममा पनि लगाब छु ।

गूड-गूड राम्रो सोचाई,तिम्रो देशमा प्रकृतिले त्यति धेरै सम्पति दिएको
छ । अहिले टुरिजम ब्यापार विश्वभर फस्टाएछ, यसबाट नै धेरै देशहरूको
अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । तर तिम्रो देश किन गरिब ?
‘हाम्रो देशमा हिमाल होईन। सुन खानी भएको भए हाम्रो देश धनी हुन्थ्यौ होला।’

उलले खित्का छोडदै भनिन-तिम्रो देशमा सुन खानी भएको भए झन् गरीब हुन्थ्यौ, ।
सुन त झिक्दा झुक्दै सकिन्थ्यो । हिमाल कहिल्यै नसकिने सम्पति हुन ।
सदपयोग गर्नु पर्छ ।

उनको कुराले मेरो मन चसक्क भयो ।

सोचे, हामीलाई प्रकृतिले लालीगुरास फुल्ने पाखा , सुनगाभा झुल्ने पखेरी
,नागबेली खोलानाला , झरना , दन्ते लहरमा मुस्कुराई रहेका हिम शिखर के
दिएको छैन ?

मैले बेन्चबाट उठदै भने-छोड यी कुरा अब जानुपर्छ् ।
बसन्ती हावाले उनको केश मेरो अनुहार भरि स्पर्श गराई दियो ।
उनले केश गुजिल्टो पार्दै भनिन- होईन यो हान नदि कुन दिशातिर बगेको छ?
मैले पनि रेला गर्दै भने गुगलमा सर्च गरन

हामी छुट्टिनु थियो ।
ट्रेन स्टेसन आए पछी मैले भने-अब कहिले भेटने?
म फेसबुकमा म्यासेज गर्छु नी-जवाफ आयो ।

हाम्रो जाने ठाउँ ठीक बिपरित रहेछ ।
उनी पश्चिम म पूर्व

उनी हात हल्लौउदै ट्रेन चढिन ।
म पनि निमेषभरमै चढे ।

कोचाकोच ट्रेनमा उभिदै
फेसबुकमा म्यासेज पठाए- हान नदि जस्तै कुन दिशामा बगेको थाहा नहुने गरि वेपत्ता नहुनु है

आधा मिनेटमै जवाफ आयो ।
सिल्ली ब्वाय

निश्चल काउचा
चौराहा-१,बाग्लुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %