कार्तिक ७ , राष्टि्य जनमुक्ति पार्टीको भातृ संगठन दि हिमालयन अर्गनाईजेसन बेलायत द्धारा द्रोस्रो संबिधानसभा निर्बाचन प्रयोजनको लागि संकलित रकम पार्टी केन्द्रिय कार्यलय धोबीघाट ललितपुरमा पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्ब मन्त्री एम एस थापालाई संगठनका सल्लाहकार तथा पुर्ब राष्टि्य स्वतन्त्र महिला मोर्चाका केन्द्रिय उपाध्यक्ष कमला थापाले हस्तान्तरण गरे।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले नेपाली जनताको चाहना जनमुक्तिमा भएकोले मंसिर ४ मा हुन गैरहेको संबिधानसभा निर्बाचनमा जनमुक्ति पार्टी नै निर्णायक शक्तिमा आउनेमा ठोकुवा गरे। जनताहरु पहिचान सहितको संघियता, धर्मनिरेपक्षता , जातिय जनसख्याको आधारमा समानिपातिक प्रतिनिधित्व र अल्पसंख्यकहरुलाई आरक्षणको ब्यबस्थाका जननी राष्टि्य जनमुक्ति पार्टीलाई मतदान गर्न आतुर भएको पनि बताए ।

पार्टीलाई निरन्तर रुपमा आर्थिक भौतिक र बौदिक हिसाबले सहयोग गरेकोमा हिमालयन अर्गनाईजेसन बेलायतमा कार्यरत सम्पुर्ण सहयोगी दाताहरुलाई लाई हार्दिक धन्यबाद सहित आवार ब्याक्त गरे ।
अन्त्यमा बिश्वभरी छरिएर बसेका न्याय प्रेमी र राष्ट् प्रेमी जनताहरुलाई अहिले पहिचान र अधिकार प्राप्त गर्ने संगिन घडीमा आफ्नो भाग्य र भबिष्यलाई सुनिश्चित गर्नुको लागि घर चिन्हमा मतदान गर्न र आर्थिक सहयोग गर्न पनि सबैमा हार्दिक अनुरोध गरे ।
कमला थापा