काठमान्डु,
स्मरण रहोस् यस भन्दा पहिला पनि महासंघ बेलायतका महासचिब नरेश काङमाङ राई द्धारा खपाङ्गीको श्वास्थ्य उपचार सहयोगको लागि रु १,३६,०६२(एक लाख छत्तिस हजार बैष्ठ्ठी) उपल्ब्ध गराईएको थियो ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघको पहलमा गोरेबहादुर खपाङी मगर उपचार सहयोगको लागि आदिवासी जजाति महासंघ इटालीद्धारा संकलित रकम युरो ११५० ( EURO $ 1150) इटाली प्रतिनिधि कमल दर्लामी थापा मगरले गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिका लागि छोरीज्वाई चन्द्रबहादुर थापा मगर, कुलप्रशाद पुन मगर र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई संयुक्त रुपमा प्रदान गरियो ।
साथै गोरेबहादुर खपाङी मगर उपचार सहयोगको लागि आदिवासी जजाति महासंघ हङकङ र आदिवासी जनजाति युवा संघ, हङकङद्धारा संकलित रकम रु. १,५०,०००/- हङकङ प्रतिनिधि तिलक सोमै मगरले गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिका लागि छोरीज्वाई चन्द्रबहादुर थापा मगर, कुलप्रशाद पुन मगर र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई संयुक्त रुपमा प्रदान गरियो ।