माओवादी लिम्बुवानले चुनावमा मत र दान दुबै माग्यो

Read Time:5 Minute, 8 Second

हङकङ, २१ अक्टुवर

२० अक्टोवर माओवादीको भातृसंगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास समिति हङकङले चुनावलाई लक्षित गरि  “अन्तरक्रिया कार्यक्रम” गर्यो । कार्यक्रममा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य तथा   हङकङ ईन्चार्ज हरि पन्धाकले एकीकृत नेकपा माओवादीको साथ दिए मात्र लिम्बुवान प्राप्त हुने दावी गर्दै चुनावमा घुमाउरो पारामा आर्थिक सहयोगको माग गरेकाथिए । मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा एकीकृत नेकपा माओवादी हङकङका पार्टी सचिव जे. वी. ओख्राबुले  मुखै फोरेर चन्दा मागे । उनले भने- दोश्रो संविधान सभाको चुनावमा प्रवासी नेपालीहरुले भावना देखिनै सहयोग पुर्याएमा नेपालमा परिवर्तन आउने र नेपाली सधै यसरी विदेशमा वस्नु नपर्ने बताए।

 आयोजक संस्थाका अध्यक्ष रविन लिङदेनले ‘नेपालमा पहिचान सहितको संघीयता चाहने र परिवर्तन नै नचाहने वीचको दुई धुव्रीय लडाईको छिनोफानो हुने दिन आएको र त्यसका लागि संघीय पक्षधर माओवादीमा लाग्न उनको आग्रह थियो । मोर्चाका केन्द्रि सदस्य तथा प्रवास समिति हङकङका ईन्चार्ज ज्ञानु मेन्याङवो र मोर्चाका केन्द्रिय सदस्य भुपेन्द्र चेम्जोङले पनि सहयोगको अपील गरे । चेम्जोङ जनजाति महासंघका पुर्व अध्यक्ष हुन् । अन्य भातृसंस्थाहरु किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष रमेश नामहाङ, तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा तमु मिलन, एकीकृत नेपाली मञ्च हङकङका अध्यक्ष धिरेन्द्र चाम्लिङ लगायतका वक्ताहरुले  पनि मत र दान दुबै माग्दै अपील गरे। संघीय समाजवादी पार्टी हङकङका मुख्य सचिव किशन राई र किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा लिम्बुवान समेत कार्यक्रमका वक़्ता थिए ।

जोर्डन स्थित फुलबारी कल्वमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको पाचौं राष्ट्रिय सम्मेलनबाट चुनिएका केन्द्रिय पदाधिकारीहरुलाई प्रवास समिति हङकङले सम्मान गरेको थियो । त्यसैगरि, तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल र किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय पदाधिकारीहरुलाई समेत प्रवास समिति हङकङका अध्यक्ष रविन लिङदेनले दोसल्ला ओढाएर सम्मान गरे । त्यसरी सम्मानित हुनेमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य हरि पन्धाक, केन्द्रिय सचिवालय जे.वी. ओख्राबु, मोर्चाका केन्द्रिय सदस्यहरु ज्ञानु मेन्याङवो, भुपेन्द्र चेम्जोङ, चन्द्रराज साँवा सुब्बा, रविन लिङदेन, मनकुमार लिम्बु, ललित आङवुहाङ, हस्त लिवाङ र वेदराज सेलिङ लिम्बु थिए ।

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य दुर्गा ‘मिलन’ तमु, युवराज तमु र केन्द्रिय सल्लाहकार मन प्रसाद गुरुङ थिए भने किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य रमेश नामहाङ थिए ।मोर्चाका सचिव इन्द्र लक्समले कार्यक्रम संचालन गरेकाथिए ।  हङकङमा आधा दर्जन जति लिम्वुवानका नाममा संघ–सस्थाहरु सक्रिय छन् । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रवास समिति साखा वि. सं. २०६५ मा हङकङमा खुलेको सस्था हो । यहाँ लिम्बुहरु १०३ भन्दा धेरै सयङ (थरि) रहेको किरात याक्थुङ चुम्लुङ हङकङको रेकर्डमा रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %