काठमाडौं,गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा अष्ट्रेलियाका शेष घले अत्यधिक मतले बिजयी भए। घले ६० प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भए। अधिकांश पदमा घले सर्मथित पदाधिकारीले जित हात पारेका छन् । अध्यक्ष घले र तेन्जी शेर्पावीच प्रतिस्पर्धा भएको थियो ।
अक्टोबर २० तारिख सम्पन्न निर्वाचनमा घलेले ५१० मत ल्याएर संघको बाग्डोर आफ्नो हातमा लिने अबसर पाएकाछन् भने घलेका प्रतिद्वन्दी तेन्जी शेर्पा साउथ कोरिया/नेपाल) २८० मत ल्याएर पराजित हुन पुगेकाछन् ।घलेका प्रतिद्वन्दी शेर्पा एनआरएन आईसिसीका बहालवाला महासचिब थिए। यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट र टिबी कार्की कतार बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त,सचिबमा रन्जु थापा अस्ट्रेलिया कोषाध्यक्ष रसियाका बद्री केसी निर्वाचित भएका छन् ।
यस्तै युरोप संयोजकमा अर्जुन श्रेष्ठ बिजयी भए। सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रकृया मार्फत अध्यक्ष चुनिएको हो । यसअघि सर्वसहमतिमा नेतृत्व चयन हुँदै आएको भएपनि अन्य पदमा भने मतदान भएको थियो । उम्मेदवारी दर्ता गरेको पाँचमध्ये हितमान गुरुङ, रामप्रताप थापा र रामेश्वर साहले घलेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
एनआरएन आईसिसी छैंठौं अधिबेशन निर्वाचन परिणाम :
अध्यक्ष शेश घले अस्ट्रेलिया, मत संख्या: ५१० निर्बाचित
तेन्जी शेर्पा साउथ कोरिया/नेपाल, मत संख्या: २८० पराजित
उपाध्यक्ष: भबन भट्ट जापान, मत संख्या: ३४८ निर्बाचित
महासचिब कुमार पन्त जर्मनी, मत संख्या: ३९४ निर्बाचित,
राजन कंडेल , युके पराजित
सचिब रन्जु थापा अस्ट्रेलिया, मत संख्या: २७२ निर्बाचित
पराजित : पुष्प तिम्सिना स्पेन,श्यामबहादुर तामाङ बहराइन, रामचन्द्र खरेल युएसए
कोशाध्यक्ष बद्री केसी रसिया, मत संख्या: ४७२ निर्बाचित
अरुण श्रेष्ठ जापान, पराजित
एशिया क्षेत्रीय संयोजक: गङ्गा राई उपसंयोजक: रबिन्द्रप्रशाद श्रेष्ठयुरोप क्षेत्रीय संयोजक: अर्जुन श्रेष्ठ मध्य पूर्व क्षेत्रीय संयोजक: चन्द्र रोका
अफ्रिका क्षेत्रीय संयोजक: हक्मत थापा निर्बाचित भएका छन् ।
निर्बिरोध निर्बाचित हुनेहरु:
उत्तर अमेरिकि क्षेत्रीय संयोजक: नबराज गुरुङ क्यानाडा उपसंयोजक: सोनाम लामा युएसए महिला संयोजक: शपिला राजभन्डारी रसिया निर्बिरोध निर्बाचित
उपसंयोजक: रजना प्रधान बेल्जियम निर्बिरोध निर्बाचित भएका छन् ।
बांकी प्राप्त मत संख्या अप्डेट हुँदैछ ।
को हुन् शेश घले?
५५ बर्शिय शेश घले (गुरुङ) नेपाली मूलका अस्ट्रेलियाली नेपाली हुन्। नेपालको लम्जुङ जिल्लामा जन्मेका घले सन् १९९० मा अस्ट्रेलिया बसाई सरेका हुन्।
उनी मेल्बर्न इन्स्टिचूट अफ टेक्नोलोजीका चिफ एक्जिक्यूटिभ अफिसर हुन्। उनी त्यस प्रतिस्ठित प्रबिधी शैक्षिक संस्थाका मालिक पनि हुन्। उनकी श्रीमती जमुना गुरुङ सो संस्थाकी डाइरेक्टरछिन्।
घले दम्पतिले उक्त संस्था सन १९९६ मा स्थापना गरेका हुन्। अहिले त्यो संस्थामा ३ हजारभन्दा बेशी विद्यार्थीहरुले अध्ययन गर्दछन्।
नेपाल सरकारको छात्रब्रित्तीमा घलेले सिभिल इन्जिनियरिङ्गमा रुसको खरोभ अटोमोबिल एन्ड हाईवे इन्स्टिचूटबाट सन् १९८६ मा मास्टर्स (एमई) गरेकाछन्। उक्त अध्ययनपछि उनी नेपाल सरकारको सडक बिभागमा हाईवे प्रोजेक्ट इन्जिनियर भएर काम गरेका थिए।
उनले अस्ट्रेलियाको भिक्टोरिया विश्वबिद्यालयबाट बिजिनेस म्यानेज्मनेटमा अर्को मास्टर्स डिग्री हासिल गरेका थिए भने उनकी श्रीमती जमुना गुरुङले स्विनबर्न विश्वबिद्यालयबाट मार्केटिङ बिशेषज्ञकोरुपमा शिक्षा हासिल गरेकिछिन्।
अस्ट्रेलियाको Business Review Weekly (BRW) पत्रिकाद्वारा घले दम्पतिलाई सन् २०१० मा अस्ट्रेलियाको २०० धनी ब्यक्तीहरु मध्ये २०८ मिलियन डलरसहित १७६ औं स्थानमा दर्ज भएको थियो। हाल घले दम्पतीको २६५ मिलियन डलर बराबरको सम्पति भएको सो पत्रिकाले जनाएको छ।
घले दम्पतिले जन आन्दोलन दोश्रोपछि पूर्व राज परिवारबाट नारायण हिटी राजादरबार अघिल्तिरको जग्गा खरिद गरेकाछन्। त्यो जग्गामा अहिले २५ बर्षको कट्रेयाकमा विश्व प्रसिद्ध होटेल ग्रुप स्टारवूडले तारे होटेल बनाउन भाडामा लिएको छ।
शेश घले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समिती (एनआरएन आईसिसी) को संस्थापक सल्लाहकार (२००३-०५) र संघको हाल नेपालमा लगानी प्रबर्धन टाक्स फोर्स समितीको को-चेयरमेन हुन्।
आनन्द गुरुङ ,काठमाडौं /प्रदिप थापा मगर,युएस नेपाल अनलाइान