१० बर्षपछि बल्ल एनआरएन दर्ता हुने भो

Read Time:3 Minute, 16 Second

गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन सुरु भएको छ । राजधानीमा जारी छैटौ विश्व सम्मेलनमा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागिएको हो । एउटै पदमा बढी आकांक्षी देखिएपछि निर्वाचन प्रक्रियामा जाने लागेको एनआरएन सचिवालयले जनाएको छ । अध्यक्ष पदका लागि पाँच जनाले दावी प्रस्तुत गरेका छन् । उम्मेदवारहरु बढी भए पनि सहमतिको प्रयास भने भइरहेको बताईएको छ ।

अहिलेका अध्यक्ष दाँयाबाट दोश्रो

यसअघि विद्यमान विधानलाई संशोधन गर्दै दुई वर्षभन्दा बढी विदेशमा बस्नेलाई एनआरएनको मान्यता दिने कानुनी प्रावधानअनुसार विधान संशोधन भएपछि संघ विधिवत रुपमा नेपालमा दर्ता हुने भएकोछ । महाधिवेशनमा प्रवक्ता हेमराज शर्मा नेतृत्वको विधान संशोधन समितिले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरिएपछि संघ दर्ता प्रक्रिया अघि बढेको हो । विद्यमान एनआरएन विधानमा १ सय ८३ दिन विदेशमा बस्नेलाई एनआरएन मानिएको थियो । गैरआवासीय नेपाली ऐन २०६४ मा दुई वर्ष बस्नेलाई एनआरएन मानेका कारण कानुनी अड्चन देखाई एनआरएन दर्ता भएको थिएन । सन् २००३ मा स्थापना भएको एनआरएन १० बर्षपछि बल्ल दर्ताका लागि कानुनी प्रक्रिया पूरा गरेको हो । सम्पूर्ण सहभागीहरु विधान संशोधन गरी संघ दर्ता गर्न तयार भएपछि गैरआवासीय नेपाली संघ विधिवत रुपमा दर्ता हुन लागेको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
एनआरएन दर्ताका लागि दुई पटक निवेदन दिएपनि विधान बाँझिएका कारण दर्ता भएको थिएन । आकार बढ्दै गएपछि एनआरएनले संरचना सुधारका लागि पनि गृहकार्य सुरु गरेको छ । एक दशक लामो प्रयासपछि संघ विधिवत रुपमा दर्ता हुने लागेकाले अब गैरआवासीय नेपाली अभियानले नयाँ गति लिने अध्यक्ष लामिछानेले बताए ।
महाधिवेशनमा हिजै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । यसअघि हिजो ‘गैरआवासीय नेपाली र नेपाल, समृद्धिका साझेदार’ भन्ने नाराका साथ छैटौं विश्व सम्मेलन उद्घाटन गरिएको थियो । एनआरएन संस्थापक डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन र वर्तमान अध्यक्ष जीवा लामिछानेले संयुक्त रुपमा अधिवेशन उदघाटन गरेका थिए । संघले आज नयाँ नेतृत्व चयन  गर्ने कार्यक्रम छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %