कुनै बेला हङकङमा भलिवल खेलमा एकछत्र राज गरेको पुन क्लवले लामो समयको अन्तरालपछि फेरि ति याद ताजा गराईदिएकोछ । पुरुष र महिला टिमको भलिवल प्रतियोगितामा दुवै उपाधि पुन क्लवले हात पारेकोछ । पहिलो हुने टिम पुन क्लवले दश हजार हङकङ डलर र साथमा प्रमाणपत्र र ट्रफि प्राप्त गरे भने उपविजेता घान्द्रुक टिमले पाँच हजार नगदको साथमा प्रमाणपत्र र ट्रफि हात पारेकोछ । पुन क्लवले घान्द्रुकलाई ३-१ को सेटमा हराएकोथियो । नेपालबाट आएका खेलाडी सुजन पुनको रोचक र इनर्जिक खेलले पुन क्लवलाई आफ्नो ईतिहास स्मरण गराउने जित हासिल गगराउन सफल भएकोछ ।
स्याङ्जा,पुन क्लव,बाग्लुङ,पाथिभरा, माछापुछ्रे,हलेसी,घान्द्रुक,सङ्खुवासभा र युनिटी टिमबीच तगडा प्रतिस्पर्धा भएकोथियो । पोल ए बाट पुन क्ल्वले पाथीभरालाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको थियो भने पोल बि बाट घान्द्रुकले बाग्लुङलाई जितेर फाइनल प्रवेस गरेको थियो । प्रतियोगितामा रेफ्रीहरु यम गुरुङ, मान बहादुर गुरुङ, लालकाजी राना र बिकास गुरुङले खेललाई अनुशासित ढंगले सन्चालन गरेका थिए ।
स्याङ्जा , बाग्लुङ र पुन महिला टिम मध्ये बाग्लुङ र पुनटिम बिच भएको खेलमा पुनले बाग्लुङलाई जितेर फाइनलमा स्याङ्जाका महिला टिमलाई पनि जित्न सफल भएको थियो । महिला भलिबलको प्रथम हुने पुन टिमले २ हजार हङकङ डलरको साथमा प्रमाणपत्र र ट्रफि प्राप्त गरेका थिए भने दोश्रो हुने स्याङ्जा महिला टिमले १ हजार हङकङ डलरको साथमा प्रमाण पत्र तथा ट्रफि प्राप्त गरेकोछ ।
पांचौ पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथी मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योति आले मगर र पुन समाजका अध्यक्ष राजु पुनले संयुक्त रुपमा बिजयी तथा उपबिजयी खेलाडीहरुलाई पुरुस्कार बितरण गरेका थिए । नेपाल बाट हङकङ आएका पुन टिमका नव प्रवेशी खेलाडी सुजन पुनलाई बेस्ट प्लेयरको उपाधि दिएकाथिए ।
दर्शकहरुले पुन टिमका खेलाडीहरुलाई हौसला प्रदान गर्न ५०० देखि १५०० सय सम्म मैदानमै प्रदान गरेकाथिए ।
फोटो- मिलन गुरुङ
स्रोत: हङकङ नेपाली डट कम