हङकङबाट कृष्ण पाण्डे चुनावी मैदानमा

Read Time:2 Minute, 55 Second

एनआरएन एनसीसी सदस्य तथा एनआरएन हङकङका सल्लाहकार कृष्ण पाण्डेले काठमाण्डौमा यहि महिना हुन गैरहेको छठौ ग्लोबल कन्फ्रेन्समा एशिया प्यासिफिक क्षेत्रको सह–संयोजकमा उम्मेदवारी घोषणा गरेकाछन् । सन २००३ देखि एनआरएमा सक्रिय पाण्डे २००४ मा खुलेको एनआरएन हङकङका संस्थापक अध्यक्ष  हुन् ।
ट्राभल ब्यावसायमा सफल देखिएका पाण्डेको एनआरएनकहरुको लगानीमा नेपालमा स्थापना गरिएको सानीमा बैंक र हाईड्रोमा पनि लगानी रहेकोछ । उनी सन २००७ देखि निरन्तर एनआरएन केन्द्रिय समितिमा रहि कार्य गर्ने हङकङका गिनेचुनेको ब्यक्ति मध्येमा पर्छन । त्यसैले उनलाई एनआरएन केन्द्रिय समितिमा विभिन्न उपसमितिमा जिम्मेवारी दिइएको देखिन्छ ।


यसपालि उनले जापानका प्रतिद्धन्द्धिसंग भिड्नुपर्ने देखिएपनि पाण्डेको पक्षमा एशियामा राम्रो जनमत रहेको गएको सम्मेलनमा देखिएकोथियो । एनसीसी पदमा अन्तिम समयमा उम्मेदारी दिएका पाण्डेले जापानकै अर्का प्रतिद्धन्द्धिको तुलनामा राम्रो रेस्पोन्स पाएकाथिए । संयोगले यसपालि पनि उनको भिडन्त जापानकै उम्मेदारसंग हुने संभावना छ । तर यसपालि जापान एनआरएमा द्धन्द्ध गत सम्मेलनको तुलनामा झन चर्किएकोले उनले जित्ने संभावना बढी छ । त्यसमाथि मकाउ र चीनसंग हङकङ एनआरएनको संयुक्त कार्यक्रम चलिरहेकोले उनीहरुको सक्रिय सहयोग पाण्डेका लागि प्लस प्वाईन्ट हुनसक्छ ।
पणडेले चुनाव जितेपछि नेपालमा विकास गर्न सकिने पूर्वाधार एशियामा प्रशस्त रहेको तर त्यसमा काम हुन नसकेकोले त्यसमा आफ्नो ब्यावसायिक सुझबुझ र बुद्धि विवेक लगाई काम गर्ने, विभिन्न पेशामा आद्धव एनआरएनहरुलाई जोड्न रोल खेल्ने, सामुहिक लगानीका संभावनामाथि झन बढी काम गर्ने र त्यसका निम्ति प्रभावकारी संयन्त्र बनाउने योजना रहेको बताएकाछन् ।
हिंजो साँझ उनले गरेको पत्रकार सम्मेलनमा एनआरएनका लागि हङकङ महत्वपूर्ण थलो रहेको र एशियाका अन्य देशमा पनि एनआरएन खोलेर यसको प्रभावकारितालाई अझ विस्तार गर्ने आफ्नो योजना सुनाएकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %