प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता र समानुपातिकको बन्दसुची बुझेको निर्वाचन आयोगको कामको चाप झन बढेको छ । बन्दसुची बुझेको आयोगले समानुपातिक प्रणालीको मतपत्र शनिवारदेखी छाप्नपनि सुरु गरिसक्यो । प्रत्यक्षतर्फको मतपत्र भने केहिदिनपछि छाप्न सुरु हुनेछ । मतपत्र छपाईंसंगै मतदातालाई भोट हाल्न प्रशिक्षित गर्ने स्वयंसवेकहरुको काम पनि बढ्नेछ । यसपटकको मत्रपत्र भने आयोगकै इतिहासमा सर्वाधिक ठूलो हुनेभएको छ । निर्वाचन आयोगकै इतिहासमा अहिले छापिंदै गरेको मतपत्र सर्वाधिक ठूलो हुनेछ ।
समानुपातिकतर्फ बन्द सुची बुझाएका १ सय २२ दललाई प्रदान गरिएको चुनाव चिन्हका कारण यो मतपत्र सबैभन्दा लामो हुनेभएको हो । यता प्रत्यक्षतर्फ देशभर ५ सय ९१ महिला, १ तेस्रो लिंगी सहित ६ हजार ३ सय ५२ जनाले उम्मेद्वारी दिएका छन्, मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र भने असोज २६ गतेबाट मात्र छापिनेछ । असोज १७ गते उम्मेदवारी दर्ता गरेका सबै दल र एकहजार चार स्वतन्त्र उम्मेदवारका लागि मतपत्रको डिजाइन २५ गतेपछि मात्र हुनेछ ।
किनकी फरकफरक निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता अनुसार कति जनाका लागि चुनावचिन्ह वितरण हुनेछ भन्ने अन्तिम टुंगो २३ गते मात्र लाग्नेछ । आयोगले एउटा मत्रपत्र बराबर २ रुपैंया ६९ पैसा तिर्नु पर्नेछ भ्याटबाहेक जनक शिक्षा समाग्री केन्दलाई । नेपाली सेनाको कडा सुरक्षा घेराभित्र छाप्न सुरु गरिएको मतपत्रलाई दुर्गम जिल्लामा लाने काम पनि छपाईसंगै सुरु हुनेछ । आयोगका अनुसार दुर्गम क्षेत्रमा मतपत्र पठाउने काम असोजको अन्तिम साताबाट नै सुरु हुन्छ । सुगम जिल्लामा भने आयोगले पछी मात्रै मतपत्र छाप्ने छ । निर्वाचन आयोगले कार्तिक २४ गते भित्र समानुपातिकको सबै मतपत्र छापिसक्ने गरि केन्द्रलाई शनिबार मात्रै पत्र पठाएको छ । समानुपातिक र प्रत्यक्षतर्फ गरेर जनक शिक्षा समाग्री केन्द्रले झण्डै ३ करोड मत्रपत्र छाप्नु पर्नेछ ।
समानुपातिकतर्फको मतपत्र हल्का रातो र प्रत्यक्षतर्फको हल्का निलो हुन्छ । समानुपातिक प्रणालीको मतपत्र ठूलो बन्ने हुंदा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि तयार भएका स्वंयमसेवकले मतदातालाई शिक्षित गराउन अलिक बढी नै मेहनत गर्नु पर्ने देखिन्छ । मतदता शिक्षाका लागि निर्वाचन आयोगले १५ हजार स्वंमसेवक परिचालन गरेको छ । त्यसो त, आयोगले राजनीतिक दलहरुलाई नमुना मतपत्र दिंदै निर्वाचनका लागि प्रशिक्षण दिने तयारीमा छ भने स्वयमसेवकहरुले मतपत्रमा कसरी भोट हाल्ने भन्ने बारेमा घरघरमा पुगेर मतदातालाई जानकारी गराउने छन् । आयोगले मतपत्रमा चुनाव चिन्ह क्रमसंख्याको विवाद भने सल्ट्याएको छ । दलदर्ताको आधारमा आयोगले निर्वाचनको चुनाव चिन्ह दिएको हो, दलहरुलाई ।
आयोगले सर्वोच्च अदालतको आदेश र पुरानो नजिरलाई आधार मान्दै चुनाव चिन्ह वितरण गरेको दाबी गरेको छ । प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेको पहिलो स्थानमा, दोस्रोमा एकीकृत माओवादी, तेस्रोमा राप्रपा नेपाल र चौथोमा नेपाली का“ग्रेसको चुनाव चिन्ह हुनेछ । आयुक्त गुरुङ मतपत्रमा चुनाव चिन्हको विषयमा राजनीतिक दलहरुबीच कुनै विवाद नभएको दाबी गर्छन् । एमाओवादी र नेकपा एमालेबीच कसले पहिला दलदर्ता गर्ने भन्नेमा विवाद भएपछि आयोगले पछि टुंगो लगाउने भन्दै अन्तरिम हल खोजेको थियो, त्यतिबेला । आयोगले आगामी निर्वाचनका लागि फोटोसहितको मतदाता परिचयपत्र वितरण गर्ने योजना बनाएको थियो । परिचय पत्र वितरणसंगै निर्वाचन धाँधलीरहित हुने बिश्वास गरेको थियो आयोगले । तर यो पटक पनि परिचयपत्र वितरण सफल हुने छाँटकाँट भने छैन । तर आयोगले परिचय पत्र वितरण गर्न नसके पनि अर्को कुनै छुट्टै विकल्प तयार पार्ने बताएको छ ।
परिचयपत्र वितरण गर्न नसकेपनि मतदाताको रंगीन फोटोसहित उसको सम्पुर्ण विवरण रहेको नामावलीका आधारमा मतदाताको सनाखत गरिने हुंदा धांधली हुन नसक्ने विश्वास राखेको छ आयोगले । आयोग निर्वाचन सम्बन्धी सम्पुर्ण तयारीलाई तिब्र पार्दै छ । प्रत्यक्षतर्फको उम्मेद्वारको मनोनयन र समानुपातिकको बन्द सुची बुझिसकेको आयोगले निर्वाचन सर्छ भन्नेहरुको मुखमा गतिलो झापड समेत हानिदिएको छ ।
आनन्द गुरुङ