संघीय लिम्बुवान राज्य परिषद अनिश्चितकालीन बन्द प्रेस-विज्ञप्ति

Read Time:3 Minute, 3 Second

चार दल र खिलराज मिलेर असंवैधानिक तरिकाले मङ्सिर ४ मा गर्न लागेको भनिएको कथित् चुनावको प्रत्यक्ष उम्मेदवारी दर्ता प्रक्रियाको बिरुद्धमा आज असोज १७ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानको सम्पूर्ण सडकहरुमा यातायात बन्दको आह्वान गरेको थियो |

यस परिषद्को शान्तिपूर्ण, संवैधानिक आन्दोलनलाई एकात्मक राज्यसत्ताले बर्बरतापूर्वक दमन गर्ने दुस्प्रयास गरेको छ | यस क्रममा धेरै लिम्बुवानी कार्यकर्ताहरुलाई एकात्मक प्रहरी प्रशासनद्वारा दमन गरी गम्भीर घाइते बनाइएका छन् |
निम्न लिम्बुवानका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ:

१. सचिवालय सदस्य: प्रेमदीप थम्सुहाङ

२. दमक नगर अध्यक्ष: लिला थापा मगर

३. इलाम जिल्ला स. स.:विक्रम लेक्वा लिम्बु

४. एलभी कमान्डर: शरण जबेगु

५. एलभी कमान्डर: धन राई

६. एलभी कमान्डर: नरेश माङमु (गम्भीर घाइते )

७. एलभी कमान्डर: सुजन खजुम

८. इलाम एलभी: भिम लोक्ताम

९. इलाम एलभी: सुजन लोक्ताम

१०. इलाम एलभी: अनमोल तामाङ

११. मोरङ सचिवालय सदस्य: डम्मर धिमाल (राजघाटबाट)

१२. लालबहादुर थक्लुङ

१३. इन्द्र बस्नेत

१४. दिनेश ढकाल

१५. झापा सितापुरीबाट: रुकमान राई

१६. कुमार राई

१७. अशोक राई

१८. प्रेमप्रसाद आचार्य
शान्तिपूर्ण लिम्बुवानी आन्दोलनमा पक्राउ गरिएका नेता कार्यकर्ताहरूलाई विनाशर्त तुरुन्त रिहा गर |
पक्राउ परेका कार्यकर्ताहरू विनाशर्त रिहाइ नगरिन्जेल असोज १८ गतेदेखि ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरिएको छ |
घोषित आन्दोलनको अवधिभर ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा यातायातका साधनहरू नचलाई दिन हुन र निरन्तर अघि बढिरहेको लिम्बुवानी आन्दोलनलाई साथ-सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं |
जय लिम्बुवान ! संघीय अभिभादन !
कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
मिति: २०७०|०६|१७

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %