थुप्रै आशंका र संशयका बाबजुद अन्ततः मंसिर ४ को संविधानसभा निर्वाचनको प्रक्रिया औपचारिक रुपले सुरु भएको छ । बिहीबार प्रत्यक्ष तर्फबाट २४० निर्वाचन क्षेत्रका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गरेसंगै देश औपचारिक रुपले निर्वाचनमय भएको हो । यसले मंसिर ४ को निर्वाचन सुनिश्चित बन्दै गएको देखिएको छ ।
संविधानसभा निर्वाचनका लागि बिहिबार देशभरका २ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता भएको छ । बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ताको समय ५ बजेबाट सकिएकोथियो। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौंको क्षेत्र नम्बर १० र सिरहाको ५ बाट उम्मेदवारी दर्ता गराए ।
प्रचण्डले काठमाडौंमा आफैं उपस्थित भएर तथा सिरहामा प्रतिनिधि पठाएर उम्मेदवारी दर्ता गराएकाथिए । यसैगरी बाबुराम भट्टराईले रुपन्देही क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गरे। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा आफैं उपस्थित भएका भट्टराईले बिहान साढे १० बजे नै मनोनयन दर्ता गराएकाथिए । भट्टराईको प्रस्तावकमा हरिप्रसाद घिमिरे र समर्थकमा बाबुराम पोखरेल छन् । भट्टराईले गोरखा १ बाट पनि मनोनयन दर्ता गराएकाछन ।
यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बाँके र चितवनबाट उम्मेदवारी दर्ता गराए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले तनहुँबाट उम्मेदवारी मनोनयन दर्ता गरे। एमाले अध्यक्ष झलनाथ खनालले इलाम १ र सर्लाही १ बाट आफ्नो उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ताका लागि खनाल इलाममा आफैं उपस्थित थिए । सर्लाहीमा प्रतिनिधिमार्फत उम्मेदवारी मनोनयन दर्ता गराएकाथिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं र रौतहटबाट उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ता गर्न नेपाल दलबलसहित निर्वाचन कार्यालय पुगेकाथिए । एकीकृत माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले मकवानपुर २ बाट उम्मेदवारी दर्ता गराए। माओवादी नेता कृष्णबहादुर महराले रोल्पा–१ र ओनसरी घर्तीले रोल्पा–२ बाट र वर्षमान पुनले मोरङ–६ बाट मनोनयन दर्ता गराएकाछन। एमाले उपाध्यक्ष वामदेव गौतमले प्युठान–१ र बर्दिया १ बाट उम्मेदवारी दर्ता गराए । सुर्खेत–२ मा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । पार्टी केन्द्रले यामलाल कँडेललाई उम्मेदवार बनाएपछि रुष्ट विशप्रसाद उपाध्यायले जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएकाछन ।
यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले नवलपरासी–६ बाट उम्मेदवारी दर्ता गराएकाछन। उता झापा–३ बाट काँग्रेस महामहन्त्री कृष्ण सिटौलाको उम्मेदवारी दर्ता भएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि प्रतिनिधी मार्फत सर्लाही ६ बाट उम्मेदवारी दता गराए । सर्लाहीमा सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले ४ नम्बरबाट उम्मेदवारी दर्ता गराएकाछन । टिकट नपाएपछि एक दिनअघि मात्र नेपाली कांग्रेस परित्याग गरेकि सुप्रभा घिमिरेले क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराईन । कांग्रेसले घिमिरेको स्थानमा गगन थापालाई प्रत्यक्षको उम्मेदवार बनाएपछि घिमिरेले पार्टी परित्याग गरेकि थिईन ।
चितवनमा क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराए भने ४ नम्बरबाट कांग्रेस सभापति सुशील कोइरालाको उम्मेदवारी दर्ता भएको छ । बाँकेमा रहेका कोइरालाको फ्याक्सबाट कागजपत्र मगाएर उम्मेदवारी दर्ता गराईएकोलाग्यो देशमा चुनावी दशैं – मुन्डा देखि गुण्डासम्म उम्मेदवा रयो । भक्तपुर–१ मा एकीकृत माओवादीको तर्फबाट सानु सुवाल, एमालेबाट रन्जु नापित, नेमकिपाबाट नारायणमान बिजुक्छे र कांग्रेसबाट कृष्णला भँडेलको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा भने एमाओवादीका बीबी ढकाल, एमालेका महेश बस्नेत, नेमकिपाका सुनील प्रजापति र कांग्रेसबाट रामेश्वर ढुंगेलको उम्मेदवारी मनोनयन दर्ता भएको छ । यता, काठमाडौं ४ मा माओवादी पूर्वलडाकु कमान्डर नन्दकिशोर पुनले उम्मेदवारी दर्ता गराए भने त्यसलगत्तै कांग्रेसका गगन थापाले उम्मेदवारी दर्ता गराएकाथिए । सुनसरी १ बाट एमाओवादीका मुकेस लिम्बू ‘मुक्साहाङ’, एमालेका कृष्णकुमार राई र कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । झापा ७ मा एकीकृत माओवादीबाट गोपाल किराती, नेकपा एमालेबाट केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उता, मोरङ क्षेत्र नम्बर ९ बाट एकीकृत माओवादीका वर्षमान पुनले उम्मेदवारी दर्ता गराएकाछन ।
नवलपरासीमा पनि टिकट पाएका एमाले सचिव विष्णु पौडेलले रुपन्देही ४ बाट मात्र उम्मेदवारी दिनुपर्यो ।क्षेत्र नं ३ बाट उम्मेदवारीको टिकट पाएका विष्णु पौडेलेको व्यापक बिरोध भएपछि एमालेले नवलपरासीकै एमाले नेता कृष्ण पौडेललाई त्यहाँबाट टिकट दिएको हो । नवलपरासीमा कांग्रेसका दुईजना युवा नेताले कांग्रेसले आफूहरुलाई टिकट नदिएको भन्दै बागी उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासी क्षेत्र नं ४ का क्षेत्रिय सभापति गुणनीधि तिवारीले ४ नम्बरबाट र कांग्रेस निकट स्वास्थ्य विभागका केन्द्रीय सदस्य राधेश्याम पाठकले क्षेत्र नं ५ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । गुण्डाहरु पनि के कम ! जेलमा रहेका गुण्डा नाइके गणेश लामाले वारिस पठाएर काभ्रे क्षेत्र नम्बर २ मा नाम दर्ता गराएका छन् । उनले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी समानुपातीक तर्फको लागि दलहरुले आज बन्द सूची निर्वाचन आयोगमा दर्ता गर्दै छ ।
आनन्द गुरुङ,काठ्मान्डु