मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनका लागि प्रत्यक्षमा अहिले सम्म पुर्वमा १ हजार २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सिराहा र सप्तरी वाहेक सोलुखुम्वुमा १२ जना, खोटाङमा २४ जना, पाचथरमा ३५ जना, ईलाममा ४० जना, मोरङमा २ सय ७५जना, उदयपुरमा ७० जना, संखुवासभामा ३२ जना, ओखलढुंगामा ३० जना, तेह्रथुममा १९ जना, सुनसरीमा २ सय २७ जना, झापामा १ सय ८० जना, ताप्लेजुङमा २३ जना, धनकुटामा ३२ जना र भोजपुरमा २६ जनाले प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
पुर्ववाट प्रत्यक्षमा उम्मेदवारी दिने १ हजार २५ जना मध्ये १ सय ६ जना महिला रहेका छन भने ९० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ठुलो संख्यामा कार्यकर्ता सहित जिल्ला जिल्लामा रहेको निर्वाचन कार्यालयहरुमा पुगेका राजनीतिक दलहरुले विहान १० वजे देखि साँझ सम्मै उम्मेदवारी दर्ता गराएका थिए । पुर्वमा भएको उम्मेदवारी दर्ताको विवरण सिराहा र सप्तरीवाट यो समाचार तयार पारुन्जेल सम्ममा आई नपुगेको निर्वाचन आयोगले जनाएको छ ।
भैरब आङ्ला, धरान