जनजाति महिला महासँघ,बेलायत फेरि कमला थापाकै काँधमा

Read Time:9 Minute, 37 Second

बेलायतको अल्डरशट शहरमा नेपाल  आदिवासी जनजाति महिला महासंघ बेलायतको प्रथम महाधिवेशन सम्पन्न भएको छ । “आदिवासी जनजाति महिलाहरूको एकता, राज्यको हरेक अंगमा समानुपातिक सहभागिता” भन्ने मूल नाराको साथ सम्पन्न उक्त महाधिवेसन संस्थाकी अध्यक्ष कमला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बू प्रमुख अतिथि रहेको सो  कार्यक्रममा नेपालबाट बेलायत भ्रमणको निम्ति आउनुभएकि समाजसेवी एवं बरिष्ठ साहित्यकार शशी सुब्बा थापाज्यूको बाबा मेघदल लिम्बू विशेष अतिथि थिए ।

 यसैगरी अन्य अतिथिहरूमा बरिष्ठ साहित्यकार विश्वदीप तिगेला, नेपाल महिला मगर संघकी अध्यक्ष हिमाली राना , दुरा सेवा समाज बेलायतको अध्यक्ष गंगा माया दुरा, सुनुवार महिला समाज (किसुम) की अध्यक्ष प्रतिमा सुनुवार, उपाध्यक्ष विष्णु सुनुवार, महासचिव शुभद्रा सुनुवार, एनआरएन  युकेकी शुष्मा राई, किराँत राई यायोख्खाका प्रतिनिधि, किराँत याक्थुम चुम्लुङका प्रतिनिधि, नेपाल महिला संघ बेलायतकी महासचिव तथा बरिष्ठ साहित्यकार शशी थापा सुब्बा, तमुधि आमा समूहकी प्रतिनिधि, किराँत याक्थुङ चुम्लुङकी प्रतिनिधि, किराँत सुनुवार सेवा समाज बेलायतका अध्यक्ष जंग सुनुवार, नेपाल दुरा समाजका प्रतिनिधि, नेपाल शेर्पा संघका प्रतिनिधि कर्म शेर्पा, तामाङ घेदुङ र प्रतिनिधि, छन्त्याल सेवा समाजका महासचिव मुकेन छन्त्याल, तामाङ छेदुङ बेलायतका प्रतिनिधि, दि हिमालयन अर्गनाइजेसन बेलायतका अध्यक्ष  भरत थापा, सङ्घीय समाजबादी पार्टीका प्रतिनिधि, जनजाति महासंघ बेलायतका सल्लाहकार तथा पूर्व अध्यक्ष थर्क राना, बरिष्ठ कानुनविद् तथा सल्लाहकार चण्डीराज राई, आदिबासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष पूर्ण गुरुङ, सल्लाहकार गंगा राई, सल्लाहकार नन्दा चेम्जोङ लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।

बसुन्धरा सेरेगेन राईले स्वास्थ्य तथा सुरक्षा विषयमा जानकारी गराएपछि उपाध्यक्ष बिमलाकुमारी राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । महासचिव बिमला सेनले सञ्चालन गरेको पहिलो चरणको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद लिम्बूबाट पानसमा दीप प्रज्ज्वलित गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो । नेपालको राष्ट्रिय गान र बेलायतको राष्ट्रिय गानको धुनपछि आमन्त्रित अतिथिहरूले गत २२ डिसेम्बर २०१२ मा गठन भएको आदिवासी जनजाति महिला महासंघको तदर्थ समितिले नौ महिनाको छोटो कार्यकालमा निकै उपलब्धिमूलक कार्य प्रगतिको फड्को मार्न सफल भएको कुरामाथि प्रकाश पारेका थिए । यस्तो खालको महिला सशक्तिकरणले सम्पूर्ण महिलाहरूको चौतर्फी बिकासमा प्रेरणादायी रोल बन्न सक्ने, थप प्रगतिमा टेवा पुग्न सक्ने र आदिवासी जनजाति महिलाहरूको सांस्कृतिक जातीय महिला अधिकारसमेत सुनिश्चित हुन सक्ने कुराप्रति पनि वक्ताहरूले आफ्नो मन्तव्यको क्रममा व्यक्त गरेका थिए । साथै आफ्नो आत्म निर्णयको अधिकारसँगसँगै राज्यको हरेक तह तप्कामा समानुपातिक सहभागिता प्राप्तिको निम्ति लागिपर्नुपर्ने कुरामा पनि वक्ताहरूले जोड दिएका थिए ।

“आदिवासी जनजाति र आदिवासी जनजाति महिलाको भूमिका” बारेमा सचिव भावना परिष्कृतले चर्चा गर्दै ‘आफ्नो उपमा आफै खोज्न चाहन्छु’ नामक कविता पनि वाचन गरेपछि अध्यक्षले कार्यक्रमको पहिलो चरणको सभा विसर्जन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । जलपान कार्यक्रमपछि दोस्रो चरणको कार्यक्रम ‘बन्द सत्र’ सचिव भावना परिष्कृतले सञ्चालन गरेकी थिइन् । संस्थाको नौ महिनाभित्रको कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई पारदर्शी रूपमा महासचिव बिमला सेनेले प्रस्तुत गरेकी थिइन् जसलाई सर्व सम्मतिबाट अनुमोदन गरिएको थियो ।

यसैगरी वरिष्ठ अधिवक्ता तथा सल्लाहकार चण्डीराज राईले प्रस्तावित विधान मस्यौदालाई प्रस्तुत गरेका थिए जसलाई सर्व सम्मतिबाट पारित गरेपछि अध्यक्ष कमला थापाले पुरानो समितिलाई विघटन गर्दै निर्वाचन समितिलाई मञ्च प्रदान गरेकी थिइन् । श्री विजय विक्रम लिङदेलको अध्यक्षतामा कर्म शेर्पा र चण्डीराज राई निर्वाचन समितिमा रहेका थिए । सम्पूर्ण सहभागिताबाट पुरानै कार्य समितिलाई नयाँ कार्य समितिमा निरन्तरता दिने निर्णय भएपछि निर्विरोध पुरानै कार्य समितिलाई नयाँ समितिको लागि छनौट गरिएको घोषणा निर्वाचन समिति मण्डलबाट गरिएको थियो ।

आदिवासी जनजाति महिला महासंघ युकेका नयाँ कार्य समितिको पदाधिकारीहरू र सदस्यहरूको नाम यस् प्रकार रहेको छ ।

१-. अध्यक्षः कमला थापा

२. उपाध्यक्ष बिमलाकुमारी राई

३. महासचिव बिमला सेने

४. सचिव भावना परिष्कृत सुनुवार

५. कोषाध्यक्ष बसुन्धरा राई सेरेगेन

सदस्यहरूः

१. गंगामाया दुरा

२. नेत्रकला लिम्बू

३. अनिता राना

४. आशा सुब्वा

५. अप्सरा राई

६. लीला सेलिङ मावो

७. प्रतिमा सुनुवार

८. हिमाली राणा

९. डोमा शेर्पा

०. याङजी शेर्पा

११. चन्द्रा छन्त्याल

यसरी सर्वसम्मतिबाट निर्विरोध पुरानै कार्य समितिलाई पूर्णता प्रदान गरिएपश्चात् नव निर्मित कार्य समितिका सम्पूर्ण पदाधिकारीरू तथा सदस्यहरूलाई कर्म शेर्पाले शपथ ग्रहण गराएका थिए । सल्लाहकार गंगाकुमारी राई लगायत उपस्थित सम्पूर्णले आदिबासी जनजाति महिला महासंघ युकेका नव निर्मित कार्य समितिलाई खादा लगाई कार्यकाल सफलताको निम्ति शुभकामना एवम् हार्दिक बधाई दिएका थिए ।

बिहान ११ः०० बजेबाट शुरु भएको कार्यक्रम साँझ ६ः०० बजे सम्पन्न भएको थियो । उक्त नव नियुक्त कार्य समितिकी अध्यक्ष कमला थापाले ऐतिहासिक महाधिबेसनबाट महिला महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा पुन:निर्बाचित गरेकोमा सम्पुर्ण जातिय संघ सस्थाका अध्यक्ष, जातिय महिला संघ संस्थाका अध्यक्ष, पदाधिकारी, सल्लाहकार, बुद्धिजीविज्यूहरु, कवि कलाकार एबं वकिल, पत्रकार मित्रहरु साथै प्रतिनिधी तथा पर्यवेक्षकहरुलाई हार्दिक धन्यबाद दिदै  -‘बिश्वास गरेर पुन: बेलायतमा बसोबास गर्ने नेपाल आदिवासी जनजाति महिलाहरुको नेतृत्व गर्ने अबसर दिएकोमा त्यसरी नै म सम्पुर्ण आदिबासी जनजाति समुदायको कदर गर्दै मेरो बुद्धी र बिबेकले भ्याएसम्म मन,बचन र कर्मले आदिवासी जनजाति महिलाहरुको उत्थान र बिकासको लागि हर प्रहर निरन्तर लागिरहने प्रतिबबद्दता जाहेर गर्दछु” भनिन्।

-भावना परिष्कृत सुनुवार , बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %