‘विश्वका नेवार एक हौं’

Read Time:1 Minute, 46 Second

 

पोर्चुगलमा बस्दै आएका नेवार समुदायले विश्वका नेवार समुदायलाई एकजुट हुन अपील गरेका छन् । नेवाःपुचः समाज पोर्चुगलले लिस्वोनमा गरेको समेबजी तथा भेटघाट कार्यक्रमका सहभागीले सबै नेवार समुदायलाई एकजुट हुन अपिल गरेका हुन् । प्रवासमा रहेर पनि नेवार समुदायको रितिरिवाज, भेषभुषा तथा परम्परालाई संरक्षण गर्ने उद्धेश्यले कार्यक्रम गरिएको समाजका अध्यक्ष श्रीकुमार प्रजापतिले जानकारी दिए ।


कार्यक्रममा डा.ज्योति तुलाधर, इञ्जीनियर स्वयम्भु तुलाधर, भरत कुमार श्रेष्ठ, मुक्तीनारायण श्रेष्ठ, नेपाली वेभका सम्पादक कमल बिष्ठ, पत्रकार खेमराज रानाभाटलगायत सहभागी थिए । सुनिता मानन्धरले सञ्चालन गरेको कार्यक्रममा प्रमोद कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
झण्डै एकसय जना सहभागी कार्यक्रममा नेवार समुदायको सॉस्कृतिक प्रस्तुति पनि थियो । अनिता महर्जन, गायत्री श्रेष्ठ, खेम श्रेष्ठ र ज्ञानदीप श्रेष्ठले  मनोरन्जनात्मक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेवारी परीकार समे बजी (चिउरा, सॉधेको भटमास, भुटन, अचार, बोडीको तरकारी, छोयला, अण्डा आदि) को समेत व्यवस्था थियो ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %