भिम बरही मगर, हंगकंग, ३० सेप्टेम्वर, मगर संघ हंगकंगले कार्यकक्ष (फल्याट) खरीद गर्नको लागि इन्डिया क्लबमा रात्री भोज आयोजना गरी ६ लाख ८३ हजार डलर संकलन गर्न सफल भएको छ । अध्यक्ष चन्द्र ज्योति आले मगरका अनुसार ५० लाख डलर भन्दा माथिको किन्ने योजना रहेको छ । १ हजार देखि ब्यक्तिगत रुपमा ३५ हजार डलर सम्म र संस्थागत रुपमा ५० हजार डलर सम्म रकम प्राप्त भएको छ । पहिलो पटकमा नै उत्साहजनक रुपमा रकम संकलन भएकाले अब फल्याट किन्ने योजना सफल हुनेमा बिश्वास्त भएको अध्यक्षले बताइन । यो पहिलो फेज भएकोले अर्को पटक पनि यस्तो कार्यक्रमको आयोजना गरीने उनले थपिन ।
मगर संघ हंगकंगसग आबद्ध रहेका नौमती बाजा समुह हंगकंगले ५० हजार डलर, मगर महिला संघ हंगकंगले ५० हजार डलर रकम प्रदान गरीसकेको छ । संघसग आबद्ध पुन मगर समाज हंगकंगका अध्यक्ष राजु गर्बजा पुनले पनि कार्यक्रम नै गरी रकम संकलन गरीने र यो रकम अरुले सोचे भन्दा धेरै आउने छ पछि मात्रै बोल्छु भनी प्रतिबद्धता जाहेर गरेका थिए । रोष गुमष्ठा हंगकंगले पनि सोही अनुसार भनेको छ । लाङघाली कल्याण समाजबाट पनि ठुलै रकम आउने भनीएको छ । अन्य महानुभावहरुले पनि कम्तीमा ५ हजार सहयोग गर्ने मनस्थिति रहेको छ भन्ने थुप्रै भेटिएका छन । गैर मगरहरुले पनि च्यारीटी कार्यक्रममा ५ हजार भन्दा माथि सहयोग गरेका छन ।
यो स्थिति हेर्दा हंगकंगमा रहेका करीब ७ हजार मगरहरुमा १ हजार मगरहरुले मात्रै ५ हजारको दरले रकम दिने हो भने भोली नै मगर संघ हंगकंगले भवन वा फल्याट किन्न सकिने देखिन्छ । किस्ता तिर्न भन्दा यसरी खरीद गर्दा मगरहरुको साख पनि रहने र हंगकंगमा मगर संघले नयाँ इतिहास पनि कायम गर्ने देखिन्छ । यु के बाट पनि सहयोग गर्ने बचन प्राप्त भइसकेको जानकारी गराइएको थियो । त्यसैले सवै मगरहरुले बेलैमा सोचौ र सहयोग गरौं ।
मानिसको मृत्य पश्चात पनि अरुले देख्ने र सुन्ने भनेको नाम हो त्यसैले मगर संघ हंगकंगले नाम र इतिहास बनाउने एउटा अवसर प्रदान गरेको छ । यो शुभ कार्यमा अगाडि मगरहरु अगाडि गयो भने हामीले त त्यसै गौरव मान्नेछौ र यसमा भावी पुस्ताले पनि गर्वमा साथ शान र गौरव गर्नेछन र भन्ने छन यो हाम्रो हो ।
अध्यक्ष चन्द्रज्याति आले मगरको अध्यक्षतामा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । महासचिब बोध विक्रम थापा मगरको संञ्चालनमा र उपाध्यक्ष प्रेम थापा मगरले अतिथिहरुलाई मन्तब्य दिइ स्वागत गरेका थिए । पुर्व महासचिब थाल श्रीस मगरले आधारणा पत्र प्रस्तुत गरेका थिए ।
रकम अनुसार सहयोगदाताहरुको शिलालेखमा नाम र फोटो राख्ने प्रावधान निम्न रहेको छ ।
– ५ हजार डलर माथिको शिलालेखमा नाम लेखिने छ ।
– १० हजार डलर माथिको शिलालेखमा नाम र पासपोर्ट साइजको फोटो राखिनेछ ।
– १५ हजार डलर माथिको शिलालेखमा नाम र २ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो राखिनेछ ।
– २० हजार डलर माथिको शिलालेखमा नाम र ३ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो राखिनेछ ।
– २५ हजार डलर माथिको शिलालेखमा नाम र ४ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो राखिनेछ ।
– ३५ हजार डलर माथिको शिलालेखमा नाम र ८ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो राखिनेछ ।
– ५० हजार डलर माथिको शिलालेखमा नाम र १२ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो तथा संरक्षकमा राखिनेछ ।
– १ लाख डलर माथिको शिलालेखमा नाम र १२ आर साइजको श्रीमान श्रीमती वा एकल फोटो तथा संरक्षक र भवन वा फल्याटको नाम नै निज वा इच्छाइएको ब्यक्तिको नाममा राखिनेछ ।