पुर्वका मगरको हुर्रा नाच अन्य जातिमा पनि लोकप्रिय वन्दै

Read Time:6 Minute, 29 Second

कुनै पनि जातिको पहिचान भनेको उसको संस्कार र संस्कृतिनै हो । उसको संस्कार संस्कृतिको संरक्षण सम्वर्दन भएन भने त्यो जातिको अस्तित्वनै समाप्त हुन्छ भनिन्छ । त्यसैले पुर्वका मगर जाति अहिले हुर्रा नाचको संरक्षण र सम्वद्र्धनमा लागि परेका छन् । केही वर्ष यता पुर्वमा वसोवास गर्ने आदिवासी जनजाति मगरहरुले यो हुर्रा नाचलाई आफनो मौलिक नाच भनेर प्रचार प्रसार गरी प्रवद्र्धन गर्न थालेका छन् । हुर्रा नाच पुर्वका मगरहरुले तिहारको लक्ष्मी पुजा अर्थात औसिको दिन देखि पुर्णिमा सम्म लगातार पन्ध्र दिन नाच्ने गर्दछन् । यो नाच नाच्दा एक अर्काले हात समाएर खुटटाको तालमा ताल मिलाएर नाच्नु पर्ने हुन्छ । सवैले गीत गाउनुपर्ने हुन्छ । यो हुर्रा नाच मगर जातिको पुर्खाउली नाच भएको धनकुटाको भेडेटार ४ निवासी गोरसमान लुङ्गेलीमगर बताउछन् ।

पुर्वमा वसोवास गर्ने मगर समुदायले सांस्कृतिक नृत्यकोरुपमा हुर्रा नाचलाई लिने गर्दछन् । पुर्वमा वसोवास गर्ने मगर वुढापाकाहरुका अनुसार विभिन्न कारणले पश्चिमवाट पुर्व आईपुगेका आदिवासी मगरहरुको थाक थलो भने पश्चिमनै हो । तर के कारणले पुर्व आई पुगे त्यो भने थाहा छैन । यो हुर्रा नाच पनि यसरीनै सुरु भयो । पश्चिमवाट पुर्व आईपुगेका मगरहरु आफनो संस्कार संस्कृतिको खोजी गर्ने क्रममा वि।सं १९०० साल तिर धनकुटाको मुढेवासमा वसोवास गर्ने केही मगरहरुले यो नाचको सुरुवात गरेको वताईन्छ । तिहारमा रमाईलो गर्न धनकुटाको मुढेवासमा वसोवास गर्ने मगरहरुले देसै रमाईलो भनेर यो हुर्रा नाच नाच्न थालेको चित्र थापामगर वताउछन् ।  पहिले पहिले हुर्रा नाच्दा एकले अर्कालाई हातमा समाएर अगडी नानी अर्थात वच्चा वोकेर नाच्नुपर्ने चलन थियो । तर पछिल्लो अवस्थामा आएर अहिले पुर्वका युवायुवतीहरुमा निक्कै लोकप्रिय यो हुर्रानाच भएको छ । पुर्वमा वसोवास गर्ने मगर जाति र पश्चिममा वसोवास गर्ने मगरहरुको संस्कृतिमा निक्कै अन्तर रहेको पुर्वका मगरहरु वताउछन् । पुर्वका मगरहरुले हुर्रा नाच नाच्छन भने पश्चिममा कौडा नाच्ने गरेको पाईन्छ ।

पश्चिममा वसोवास गर्ने मगरहरु जस्तै पुर्वमा वसोवास गर्ने मगरहरुको संस्कार संस्कृति छैन । तर पनि पछिल्लो अवस्थामा आएर भेषभुषा भने एउटै भए पनि मगर जातिको पुर्खाउली नृत्यको नाममा यो हुर्रा नाचमात्रै रहेको छ । त्यसैले पुर्वको धनकुटा, सुनसरी र मोरङ जिल्लामा वसोवास गर्ने मगरहरुले यो हुर्रा नाचलाई निक्कै प्राथमिकता दिएर नाच्न थालेका छन् । यो हुर्रा नाचको उत्पती कसरी र काहा वाट भयो भन्ने कुरा गर्दा पुर्वमा सवै भन्दा पहिले धनकुटाको मुढेवासमा वसोवास गर्ने मगरहरुवाट सुरु भयो भन्ने वाहेक कुनै प्रमाण तथा लिखित दस्तावेज पाईदैन । यो नृत्य अरु नृत्यहरु भन्दा निक्कै फरक सैलिको छ । पुरुष, महिला, एक अर्काले हातमा हात समाएर कदममा कदम मिलाएर विचमा मादले र वासुरी वादकले वासुरी वजाउदै देसै रमाईलो भन्दै नाच्ने गरिन्छ । यो नाच तीन किसिमको हुन्छ । तीन कदमे, दुईकदमे अनि रमाईलो गर्दे नाच्ने पर्दछन । पछिल्लो समयमा  हुर्रा नाच पुर्वमा वुढापाकामा भन्दा वढी युवा युवतीमा अकर्षण वढेको छ । हुर्रा नाच मगर युवायुवतीहरुमा मात्रै होईन अरु जातिका युवा युवतिहरुको पनि लोकप्रिय नाच बन्दै गईरहेको छ । पुर्वको धनकुटाको भेडेटार, कुरुलेतेनुपा, सुनसरीको पाचकन्य, धरान र मोरङको पाटीगाउ, याङ्सीला, केरावारी, लेटाङ लगायतका गाउहरुमा यो हुर्रा नाचले निक्कै लोकप्रियता पाएको छ । केही वर्ष यता पुर्वको धरानमा हुर्रा नाच एक दिन धुमधाम नाच्ने गरिन थालिएको छ । धनकुटाको मुढेवासमा मगर चेलीमाईती मिलेर नाच्न थालेर सूरु भएको यो हुर्रा नाचको संरक्षण र सम्वद्र्धनमा अहिले पुर्वका मगरहरुको जातिय संस्था नेपाल मगर संग लागि परेको छ ।

पुर्वमा वसोवास गर्ने आदिवासी मगर जातिको हुर्रा नाच अहिले निक्कै लोकप्रिय वन्दै गएको छ । यो नाचको उत्पती कसरी भयो रु यो नाचको ऐतिहासिकता के छ रु यसवारेमा गहन अध्ययन जरुरी छ । त्यो संगै पुर्वमा र पुर्वका मगरहरुले मात्रै नाच्ने एकप्रकारको रमाईलो यो नाचको संरक्षण र सम्वद्र्धनको लागि राज्यको ध्यान जान जरुरी छ । त्यस्तै पुर्वका मगरहरुले पनि यो नाचलाई व्यापकता दिनु पर्छ । पुर्वका मगरहरुको ईतिहास वोकेको यो हुर्रा नाचको संरक्षण, प्रर्वद्र्धनका लागि पर्नुका साथै सवैको ध्यान जानु पर्छ ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %