आबुधाबी, २७ सेप्टेम्बर
युईइ आबुधाविको हाम्दाम कर्नेश पार्कमा भएको नेपाल आदिवासी जनजाति युवा परिषद् युएईको चौथो बैठकले परिषद्लाई पुनर्गठन गरेकोछ । प्रथम महाधिवेशन गरिएको करिव ५ महिनाको अन्तरालमा केही परिषदका सचिवालय पदाधिकारी एवं सदस्यहरू युएईको भिषा समाप्त भै मुलुक फिर्ता गएकोले र संविधान सभाको दोस्रो निर्वाचनमा आदिवासी जनजातिहरुको जन्मसिद्द अधिकार एवं जातीय सम्मान ग्यारेन्टी गर्ने दल एवं नेताहरुको पक्षमा चुनाव प्रचार प्रसारको लबिंग गर्नको निमित्त यो पुनर्गठन आवस्यक परेको प्रवक्ता नविन थापा मगरले बताए ।
पुनार्गठन गरिएकोमा अध्यक्ष हरि बहादुर घर्ति मगर, उपाध्यक्षद्वय मोहन कुमार तामांग र दिपेन्द्र कुमार राई,महासचिवमा प्रितिछ्क बुढा मगर,सचिव सुर्य भक्त श्रेष्ठ,कोषाध्यक्ष सुजन थापा मगर,सह-कोषाध्यक्ष विर्ख बहादुर लिम्बू र प्रवक्तामा नविन थापा मगर रहेका छन् । विभागीय प्रमुखमा क्रमस: मगर समुदाय संगठन विभाग प्रमुख मनोज काउछा मगर,लिम्बु समुदाय दिपराज योंगहांग लिम्बू,राई समुदाय कुश्मणि राई,तामंग समुदाय भिम लामा,नेवा समुदाय मोहन कुमार श्रेष्ठ,थारू समुदाय गणेश थारू,महिला तथा जन सम्पर्क विभाग शुसी पुलामी घर्ति मगर ,साँस्कृतिक विभाग प्रमुखमा सुमन सिङ्गदेन र सचिवालय सदस्यहरूमा कार्चुंग लामा,शुनिल राई,विकल्प राई,अभि लामा,आकाश लामा,चुमानसिंग काउछा,लक्ष्मी थापा मगर,अनिल थापा,कुल बहादुर राना,अनिल लामा छन् भने बिमल तामांगको संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति बनाइएको छ जसमा उद्दव राई,ललित लिम्बु,चन्द्र सारू,र चन्दा राई छन् ।
यसैगरी परिषद्का उपाध्यक्ष दिपेन्द्र कुमार राईलाई आदिवासी जनजाति एवं समाजवादी नेता गोरे बहादुर खपांगी मगरलाई बचाउने अभियान अन्तर्गत चन्दा संकलन गर्ने एक समितिको निर्माणगरी संयोजकको जिम्वेवारी दिइएकोछ ।
शुसी पुलामी