मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बन्दको प्रेस-विज्ञप्ति

Read Time:3 Minute, 2 Second

                                                                      मिति:२०७०/०६ /११

असोज १७ गते नौ जिल्ला लिम्बुवानको सबै सडक यातायात बन्दको प्रेस-विज्ञप्ति

चार दलले चैत्र १ गते असम्बैधानिक ,अलोकतान्त्रिक ,संघीय गणतन्त्र बिरोधि, लिम्बुवान बिरोधि ,रास्ट्रघाती प्रतिगमन गरेर बनाएको खिलराज मन्त्रिपरिसद ले आन्दोलनरत मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद एब ३३ दलको संबिधानसम्मत मागहरुलाइ बेवास्ता गर्दै मंगसिर ४ को कथित चुनाब गर्न तम्सिरहेको छ |आन्दोलनरत ३३ दललाई बाइपास गरिएको यो कथित चुनाबले नेपाली जनता बिच ठुलो बिभाजन ल्याउने छ ,त्यसैले यो कथित चुनाबलाइ रोक्न ,यस चुनाब को सक्रिय बहिस्कार गर्न मन्च सम्द्ब स लि रा प ले आन्दोलन का थप कार्यक्रम घोषणा गरेको छ :-

१ ,असोज १७ गते कथित चुनाबको प्रतक्ष्य तर्फको उम्मेद्वारी दर्ता गर्ने दिन भएकोले सो कार्यको बिरोध गर्न उक्त दिन नौ जिल्ला लिम्बुवानको सबै सडकबन्द –सडकमा यातायात का सबै साधनहरुअपरान्ह ४.०० बजे सम्म बन्द को आब्हान गरिएको छ | जिल्ला निर्वाचान आयोगमा कालो झण्डा सहित धर्ना र बिरोध गरिने छ |

२ , ,कार्तिक ७ गते मोरंगको उर्लाबारी देखि झापाको दमक सम्म १० हजार लिम्बुवान भोलेन्टियर्स (L.V L.DV.) को एल भी प्रदर्शन/मार्चपास  गरिने छ |

३ ,कार्तिक ११ गते लिम्बुवान नौ जिल्ला आम हडताल आब्हान गरिन्छ |

मन्च सम्द्ब स लि रा प र ३३ दलको संयुक्त आन्दोलन :-

४ ,कार्तिक २ गते देखि रास्ट्रघाती उम्मेद्वारहरुलाई गाउ क्षेत्र प्रवेश निषेध गर्ने |

५ ,४ दलका रास्ट्रघाती शिर्ष नेताहरु जहाँ पुग्छन ,त्यहा उक्त दिन जिल्ला बन्द गर्ने |

६ ,कार्तिक २५ गते देखि मंगसिर ५ गते सम्म १० दिन नेपाल बन्द गर्ने |

सम्पूर्ण आन्दोलनका कार्यक्रम हरुमा सदा झैँ लिम्बुवानी जनताहरुको व्यापक सहभागिताको लागि अनुरोध गर्दछौ |   जय लिम्बुवान ,संघीय अभिभादन |

 

 

कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष

ञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %