आदिवासी जनजाति महिलाका विभिन्न सवालहरूमाथि छलफल गर्दै न्युयोर्कमा मा एक कार्यशाला गोष्ठी सम्पन्न भयो । आदिवासी जनजाति महिला महासंघ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रमको उदेश्य संस्थाका पदाधिकारी तथा अन्य आदिवासी जनजाति महिलाहरुलाई आदिवासी जनजातिका सवाल सम्बन्धमा सचेतना अभिबृदी गर्ने रहेको थियो । कार्यक्रमले आदिवासी जनजाति सम्बन्धि आधारभूत ज्ञान नभएकाहरूका निम्ति पनि महत्वपुर्ण टेवा पुर्याएको थियो । आदिवासी जनजाति को हुन्, किन आदिवासी जनजाति महिलाहरु संगठित हुन् पर्यो भन्ने सम्बन्धमा समेत छलफल भएको थियो । एकता नै बल हो भन्ने निचोड निकाल्दै आदिवासी जनजातिहरुको पहिचान रअस्तित्वलाई बचाई राख्नका लागि सम्पूर्ण आदिवासी जनजाति महिलाहरू एकिकृत हुनुपर्ने सुझाब सहभागीबाट आएको थियो ।
कार्यक्रमका संचालक सस्थाकी महासचिब इन्दिरा चोङ्बाङले आफ्नो प्रस्न उत्तर दिने क्रममै यो सस्था पदाधिकारीहरूको मात्र नभएर सम्पूर्ण आदिवासी जनजाति महिलाहरुको भएकोले सबैले मेरो आफ्नै संस्था हो र मेरो जिम्मेवारी यसमा कस्तो हुने भन्ने बारेमा सबैले चिन्तन मनन गर्नका लागि उपस्थितलाई आग्रह गरिन् । सस्थाकी अधक्ष्य संगिनी राना मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सभाको बिसर्जन गर्दै रानाले यो आधारभूत ज्ञानबाटै शुरु गर्नु पर्ने स्थिति र परिस्थिको ब्याख्या गर्दै उपस्थित सम्पूर्णलाई धन्यबाद दिइन् ।
इन्दिरा चोङ्बाङ
