फेरि आयो बहार लाउड कन्सर्ट र बिग क्राउडको

Read Time:5 Minute, 36 Second

स्टेज सजावट उत्तिकै मजाको । दर्शकहरुको भिडभाड थामि नसक्नु । कोही स्टेजमा दायाँबायाँ गर्दैछन् । कोही चौरमा हाहा र हुहु । दिउँसो एक बजेदेखि नै पोखरा प्रर्दशनी केन्द्रमा दर्शकहरुको भिड जम्मा भइसकेको थियो । दुई बज्नै लाग्दा दशर्क यसरी ओइरिएकी शनिबार पोखराको प्रदर्शनी केन्द्रमा पुलिसलाई भिड थाम्म हम्मेहम्मे भयो । नेपालगन्जदेखि सुरु भएको ‘टुबोर्ग स्टेज लेट्स गेट लाउड कन्र्सट’ यहाँ आइपुग्दा पोखरेली युवा संगीतमा झुम्न प्रतिक्षारत थिए । जब उद्घोषक रेमनदास श्रेष्ठ हेल्लो पोखरा भन्दै स्टेजमा उत्रिए, पोखरेलीको लामो समयको प्रतिक्षा तोडियो ।

चौरमा भरिएको ठूलो भिडले चर्को आवाजमा उपस्थिति जनायो । ५ वटा व्याण्डको नाम सुनेर ओइरिएका अधिकासं तन्नेरी भए पनि केही पाका उमेरका दर्शक पनि थिए । युवायुवतिको बाहुल्य देखेका गायक निमा रुम्बाले ‘रकिङ पोखरा’ भन्दै स्टेजमा उक्लिएपछि युवायुवती उफ्रिन सुरु गरे । झिल्के गायक निमाले ‘ओ ओ आउन…..’ गीत गाउन सुरु गर्दा उनलाई साथ दिन प्रर्दशनी केन्द्रमा दर्शक आउने क्रम जारी थियो । निमाले चलेका गीत ‘हुरीबतासझैं…’, ‘प्रीति बस्यो…’ लगायत गीत गाएर दर्शक उचाल्दा चर्को घामलाई दर्शकले पुरै वेवास्ता गरे । आकाशमा घाम जति चर्किदै गयो, उफ्रिँदै गाउँदै गरेका दशर्कको शरिरबाट बर्षिर्यो थोपाथोपा पसिना ।
 १९७४ एडी, रविन एन्ड द न्यू रिभोलुसन, निमा रुम्बा एन्ड दि लेजेन्ड ब्याण्ड, सविन राई एन्ड इलेक्ट्रिक, दि स्याडोज् र अभय एन्ड दि स्टिम इनजन्स् ब्याण्ड सदस्य सम्मिलित कन्सर्ट अघिल्तिरका सबै फ्यान पसिनाले निथु्रक्क भिजे । तर, पनि उनीहरु मैदानबाट सरेनन्, झुमे, झुमिरहे । वातावरण झनै रोमान्चक वन्दै गयो । तन्नेरीहरु झनै हौसीए । धेरैपछि पोखरेलीहरु लाउड साउन्डका साथ कन्सर्टमा झुमे ।

पोखरामा धेरैपछि दर्शकको बिग क्राउड देखेका कलाकारले एकपछि अर्को गीत गाउँदै, दर्शकै नचाउँदै गए । पोखरेली पनि के कम कलाकारसँगै झुमिरहे । दर्शकहरुको साथ र हुटिङले व्याण्डका गायकगायीकाहरु पनि हौसीदै आफ्नो प्रस्तुती दिन मस्त रहे । एकैछिनमा गितार भिरेर आएका १९७४ एडी ब्यान्डका एड्रियन प्रधान सम्मिलित टोलीले ‘तिमिलाई पिरतिले बाँधौला।।।’ लगायत गीत गाएर दर्शकलाई खुब नचाए । दर्शक उफार्न माहिर रकस्टार सविन राईले पोखरेली तन्नेरीरतरुनीलाई उफ्रिएर नाच्न बाध्य पारे । ‘पोखरा साँच्चिकै सांगीतक सहर बनेछ’ दर्शकको बाक्लो उपस्थिति देखेर हौसिएका सविन राईले गाउँदागाउँदै भने,‘तपाईहरुको उपस्थितिले संगीत क्षेत्रमा लागिरहरन प्रेरणा मिलेको छ ।’

ग्ल्यामर लुक्समा अभया एन्ड द स्टिम इन्जन्स् ब्यान्डकी अभया सुब्बा गाउनलाई स्टेज उक्लिँदा साँझ छिप्पिँदै थियो । तर, उनले दर्शकलाई चौर छोड्न दिइनन् । रविन एन्ड न्यु रिभुलेसनका गायक रविन तामाङ स्टेज उत्रिएपछि त कन्र्सटको  माहोल झनै उचालियो । उनको हेभी म्युजिकको रक गीतलाई साथ दिदै दर्शकहरु टिसर्ट खोलेर उफ्रिउफ्रि नाँचे । पोखरेली ब्याण्ड पमदन एन्ड अल रिड्स ब्यान्डका मिलन गुरुङले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । पोखरा प्रदर्शनी केन्द्रको खुल्ला चौरमा संगीतप्रेमीको यस्तो उत्साह घन्टौंसम्म चल्यो । दुई बजेदेखि सुरु भएको कार्यक्रम राती आठ बजे सकिँदा सबै व्याण्डका सदस्यले करिब तीन दर्जन गीत गाए । उनीहरुले गाएका गीतलाई दर्शकले वान्समोर भन्न छाडेनन् । भदौ २६ गते नेपालगन्जदेखि सुरु भएको टुर्बोग कन्र्सट यात्रा बुटबल, नारायणगढ, धरान हुँदै पोखरा आइपुगेको हो । कन्र्सटको अन्तिम कार्यक्रम असोज १९ मा काठमाडौं दशरथ रंगशाला पुगेर टुंगिनेछ ।
केहि बर्ष लगभग हराएको यस्तो साँगितिक माहोल फेरि हराभरा हुन थालेकोले संगीतप्रेमीहरु उत्साहित देखिन्छन् ।

मनोज घर्तीमगर
तस्वीर ः सुरज तमु,जक्सन डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %