संघीय समाजवादी पार्टी नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचना निम्ति विभिन्न जिल्लाबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिश गरेको छ । पार्टीको केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ धनकुटा क्षेत्र नं १ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । चेम्जोङ पूर्व मन्त्री हुन् । उक्त क्षेत्रमै प्रत्यक्षतर्फ लोकबहादुर चेम्जोङ तथा समानुपातिकमा सुमित्रा राई, टेकरत्न चेम्जोङ, बलबहादुर राई, युद्धबहादुर खड्का, हेमकर्ण लुम्सा, हरि आठपहरिया, राजकुमारी लाओती सिफारिस गरिएको छ । धनकुटा-२ बाट प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय निर्वाचन समिति सभापति तथा पूर्वसभासद राजकुमार राई, विश्वासदीप तिगेला, गजेन्द्र ताम्ली र टेकराज गहतराज तथा समानुपातिकतर्फ रामचन्द्र लिम्बू , राजकुमार राई, लोकेन्द्र तिगेला, गोरीमाया बिक र सोबितमान भण्डारीलाई सिफारिश गरिएको जनाइएको छ ।
त्यसैगरी संखुवासभा–१ बाट प्रत्यक्षतर्फ नारदकुमार राई, अञ्चलकुमार राई र बसन्त तामाङ र क्षेत्र–२ बाट प्रत्यक्षमा दीपककुमार याक्खा र समानुपातिकतर्फ केन्द्रीय उपाध्यक्ष दुर्गामणी देवान, इन्दिरा जिमी याक्खा, केशरबहादुर तामाङ, हरिकुमार राईलाई सिफारिशमा परेका छन् ।
ताप्लेजुङ–१ बाट प्रत्यक्षमा सुवास पालुङवा लिम्बु र समानुपातिकमा अमृता लिम्बु सिफारिश गरिएका छन । क्षेत्र–२ बाट योगराज वनेम लिम्बु र समानुपातिकमा हरि लिबाङ, निर्मला लिम्बु, भक्त याङदेन र एमबी लामा सिफारिशमा परेका छन् । धादिङबाट समानुपातिकतर्फ टेकबहादुर चेपाङ र माया पाण्डेलाई सिफारिश गरेको छ ।
त्यस्तै, चितवन–१ मा प्रत्यक्षतर्फ कोपिला सुनार र समानुपातिकमा शान्ति गहतराज, २ मा पत्यक्षमा जयराम रम्तेल र समानुपातिकमा यामबहादुर थामी, ३ मा प्रत्यक्षतर्फ गणेश गिरी र समानुपातिकमा प्रकाश अधिकारी, ४ बाट प्रत्यक्षमा लक्ष्मी बराम र समानुपातिकमा सञ्जय कोमल तामाङ, ५ मा प्रत्यक्षमा विजय गुप्ता र समानुपातिकमा राधिका थामी गिरी सिफारिश गरिएका छन् ।
झापा–१ बाट प्रत्यक्षतर्फ धनप्रसाद गुरुङ र समानुपातिकतर्फ सुन्दरीकुमारी श्रेष्ठ, सुकमाया लिम्बु, गंगाकुमारी श्रेष्ठ र बालकुमार भुजेल छन । झापा–२ बाट प्रत्यक्षमा भुपाल बहादुर राई र समानुपातिकमा सुमन शर्मा जम्मरकट्टेल, बिरेन मेचे, विरेन्द्र उदास छन ।
झापा–३ बाट प्रत्यक्षमा केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभासद् महमद रिजवान अन्सारी, बिजय केरुङ र समरकुमार राई तथा समानुपातिकमा अनुहाङ सुहाङ, मेघराज थामी, गोपाल चौधरी, समीता राई सिफारिसमा परेका छन । झापा–४ बाट प्रत्यक्षमा आकाश राई र समानुपातिकमा पाण्डवलाल चौधरी, केदार पराजुली, इश्वरा श्रेष्ठ छन । क्षेत्र–५ बाट प्रत्यक्षमा देवप्रसाद लिम्बु र समानुपातिकमा परशुराम ताजपुरिया, निजामुद्दीन मिया, पदमकुमारी राई छन । झापा–६ बाट राजु भुजेल प्रत्यक्षमा र समानुपातिकमा नित्यानन्द ताजपुरिया, खम बहादुर मगर, आरसी तुम्बा छन । क्षेत्र नं. ७ बाट दिपेन बाला राई प्रत्यक्ष र समानुपातिकमा विश्वदीप लिङदेन लिम्बु, धिरेन सुब्बा लाओती, मोहन सेञ्चुरी विश्वकर्मा छन् ।
त्यसैगरी इलाम–१ बाट प्रत्यक्षमा देबेन्द्रकुमार राई र समानुपातिकमा कमलकुमार राई, दिपेन्द्रकुमार याम्फू राई, राम निरुवा, लिलाबहादुर सुनुवार छन । क्षेत्र नं.–२ बाट विनोदकुमार नेम्बाङ, यामप्रसाद लिम्बु, डिल्लीकुमार राई र समानुपातिकमा डकेन्द्रसिंह थेगीम लिम्बु, रुपबहादुर पुलामी मगर, सरला कुलुङ राई र बलबहादुर आङदेम्बे छन । त्यस्तै इलाम–३ बाट ढालबहादुर गुरुङ, बखतबहादुर आङडेम्बे र छिकिन तामाङ प्रत्यक्षमा र समानुपातिकमा डिगबहादुर कटुवाल, गंगा सुनुवार, फूलमाया जवेगु र सुरबिर थामीलाई सिफारिश गरिएका छन् ।
त्यसैगरी ओखलढुंगा–१ बाट प्रत्यक्षमा जुद्ध ढाक्रे, नवराज गुरुङ, श्यामकुमार श्रेष्ठ र समानुपातिकमा केशव उदास, देवकुमारी राई, श्यामलाल खत्री, प्रकाश तामाङ छन् । क्षेत्र–२ बाट प्रत्यक्षमा धीरेन्द्र रुम्दाली, नारायणकाजी तामाङ र समानुपातिकमा श्याममाया राई, शुभचन्द्र राई, गंगासागर तामाङ तथा रामकुमार अछामी मगर सिफारिस गरिएका छन ।
बॉकी अन्य जिल्लाहरुमा पार्टीले छिट्टै टुङ्गो लगाएर नाम सार्वजनीक गर्ने सिफारीस समितिले जनाएको छ ।
-आनन्द गुरुङ