२० सेप्टेम्बर २०१३ शुक्रबारका दिन दुवई स्थित सिन्ध पंजाब होटेलमा मगर सघं यूएई दुवई क्षेत्रीय समितिको ६ औं अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष खेम रास्कोटी मगरको सभापतित्व, केन्द्रिय समितिका निवर्तमान अध्यक्ष नुन प्रसाद सोमै मगरको प्रमुख आतिथ्य एवं केन्द्रिय समितिका उपाध्यक्ष लालितमान मगरको विशेष आतिथ्यमा अधिवेशन भएको थियो । कार्यक्रममा समितिका सह-सचिव केशर थापा मगर ले स्वागत मन्तव्य दिए भने कोषाध्यक्ष कुम सारु मगरले आर्थीक प्रतिवेदन पेश गरे ।
अधिवेशनमा बोल्दै मगर सघं यूएई का निवर्तमान अध्यक्ष नुन प्रसाद मगरले मगर समाजमा बिखन्डन ल्याउन खोज्नेलाई मगर जाति नै भएपनि निरुत्साहित गर्नुपर्ने सम्पूर्ण मगर समुदायमा अनुरोध गरे । पदिय भोका रहेको केहि मगरहरुबाट अहिले यूएईमा अर्को मगर सघं स्थापना गर्ने जस्तो लज्जास्पद कार्य गर्नुको कुनै औचित्य नरहेको उनको भनाई थियो । यसै गरी समाज सेवामा सदैव अग्रसर रहेको मगर सघं यूएई चुस्त रहेको अनि पुनर्जिवित पार्न कुनै आवस्यक नरहेको मगर सघं यूएईका प्रवक्ता खुम बहादुर आले मगरले बताए ।
६ औं अधिवेशनमा पुरानो कार्यसमिती बिघटन गरि २ बर्षको लागी ६औं अधिवेशन निर्वाचन समितिका संयोजक खुम बहादुर आले मगर तथा सदस्यद्धय टंक थापा मगर र कुम सारु मगरको मातहतमा निम्न कार्य समिती चयन गरिएको छ-
अध्यक्ष- स्नुरेन्द्र दिसुवा मगर
उपाध्यक्ष- डोल बहादुर राना मगर
सचिव- कमल खप्तरी मगर
सह-सचिव- केशर बहादुर थापा मगर
कोषाध्यक्ष- ज्याम बहादुर सारु मगर
सदस्यहरु-
खेलकुद फांट – गिरमान मस्राङी मगर
साँस्कृतिक फांट- राजेन्द्र थापा मगर
प्रेम ढेंगा मगर
प्रेम प्रकाश घर्ती मगर
तिलक घर्ती मगर
धन बहादुर आले मगर
काशी माया मगर
कृष्ण सारु मगर
पूर्ण बहादुर लुङेली मगर
उदय थापा मगर
टेक बहादुर राना मगर
भिम थापा मगर
खेम बहादुर गाहा मगर
मिन बहादुर बाछे मगर
कार्यक्रममा २ बर्षको कार्यकालमा मगर सघं यूएई क्षेत्रीय समितिलाई सहयोग गर्ने ब्यक्ति तथा पदधिकारिहरुलाई सम्मान पत्र र खादा प्रदान गरिएको थियो ।कार्यक्रम समितिको उपाध्यक्ष नुरेन्द्र दिशुवा मगरले सन्चालन गरेकाथिए ।
धनेन्द्र मास्की राना मगर, यूएई