अम्मली नहुन मगर महिलाको खबरदारी

Read Time:2 Minute, 58 Second

 नेपाल मगर महिला संघ जिल्ला समिती कास्कीले विहिवार ‘मगर महिला हस्तकला प्रदर्शनी’ आयोजना गरेको छ । नेपाल मगर महिला संघको १६ औं स्थापना दिवसका अवसर पारि समितीले कार्यक्रम गरेको हो ।

समिति अन्र्तगत रहेका ३५ वटा इकाईमा रहेका मगर महिलाहरुले बनाएका विभिन्न हस्तकलाका सामानहरु प्रर्दशनीमा रहेका थिए । मगर महिलाहरुमा लुकेर रहेका ज्ञान, सिप र क्षमतालाई बाहिर ल्याउन, तीनलाई व्यवसायिक रुप दिन कार्यक्रम गरिएको समितिका अध्यक्ष फुलकुमारी थापामगरले जानकारी दिइन् ।

हस्तकला प्रर्दशनीका अवसरमा अर्चलबोट इकाइ समितिले मगर महिला संघ कास्की समितिका भूपू अध्यक्ष मनकुमारी पुनमगरको नेत्तृत्वमा मगर समुदायका पुरुषले आवश्यकताभन्दा बढी रक्सी सेवन गर्ने, जुवातास खेल्ने प्रवृत्तिलाई कथा बनाएर नाटक प्रस्तुत गरेका थिए ।
नाटकमा धेरै जाँड रक्सी खाँदा झै–झगडा हुने, परिवारमा किचलो हुने, जुवातास खेल्दा धनको नास हुने भएकाले यस्ता गलत काम नगर्न सन्देश दिने दृश्यहरु प्रस्तुत गरिएको थियो । जाडरक्सी खाएर होहल्ला गर्ने, झगडा गर्नेहरुलाई प्रहरीले पक्राउ गरेपछि  नाटक सकिएको थियो । ‘मगर समुदायका पुरुषहरु अझै पनि मात्तिने गरि रक्सी पिएर जुवातास खेल्ने झगडा गर्नेहरु कम छैनन्’ मनकुमारी पुनमगरले भनिन्‘यो गलत काम हो भन्ने सन्देश दिन यसलाई कथा बनाएर नाटक देखाएका हौं ।’

त्यस अवसरमा मगर भाषा तथा मगरका विविध विषयसँग केन्द्रित रहेर लेखिएका किताब र पत्रपत्रिका पनि विक्रिवितरण गरिएको समितिका सचिव नुनु रानामगरले बताइन् ।

पोखरा रंगशाला अगाडि रहेको नेपाल मगर संघ कास्कीको सभाहल बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म भएको कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकारहरु, विभिन्न जडीबुटीहरु पनि राखिएको थियो । प्रर्दशनीमा विभिन्न हस्तकलाका सामान, कार्यक्रममा मगर समुदायमा प्रचलित सोरठी, कौरा, झ्याउरे नाच देखाइनुका साथै लोकदोहोरी गीत पनि प्रस्तुत गएिको थियो । प्रर्दशनी हेर्न प्रवेश शुल्क एक रुपैंया तोकिएको थियो ।

मनोज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %