चुसकमा नेपाली कलाकारहरूले कोरिया तताउने

Read Time:3 Minute, 3 Second

कोरियाको चाड चुसकको अबसर पारेर कोरिया रहेका बिभिन्न सँस्थाहरूले आयोजना गर्न लागि रहेको कार्यक्रममा नेपालबाट आउने कलाकारहरूले ३ दिनसम्म कोरिया तताउने छन । जस अनुसार सेप्टेम्बर १८ मा सुदुरपश्चिम बादी पीडितहरूको सहयोगार्थ सुदुरपश्चिम समाजले आयोजना गर्न लागेको ”सेती-महाकाली साँगीतिक सौगात भाग- २” मा आधुनिक , पप गायक सत्य स्वरुपराज आचार्य दोहोरी गायक मिलन लामा लोक गायिका मन्जु महत नायिका सुमिना घिमिरे र देउडा गायक नरेन्द्र राज रेग्मीले कला प्रदर्शन गर्नेछन ।

 चुसकको दोस्रो दिन दुईवटा कार्यक्रम हुनेछन । स्याङ्जा परिवारले स्याङ्जा जिल्ला सामुदायिक अस्पताल एम्बुलेन्स सहयोगार्थ ”आँधी खोला सांगीतिक सौगात भाग-४” आयोजना गर्दै छ । जसमा चर्चित गायिका अन्जु पन्त , हास्य कलाकार सिता राम कट्टेल ( धुर्मुस ) हास्य अभिनेत्री कुन्जना घिमिरे (सुन्तली ) लोक तथा दोहोरी गायक पशुपति शर्माले नेपाली दर्शक तताई रहदा अर्को हलमा किरात राई यायोक्खाले किरात सभ्यताको उदगम भुमी चुवातुङ जायजुम संरक्षण समिति खोटाङ हलेसीको सहयोगार्थ ”सुन्निमा सांगीतिक सौगात भाग-२ ” मा आधुनिक गायक दिपक लिम्बु चर्चित हट गायिका ईन्दिरा जोशी लोक – दोहोरी गायिका ज्योति मगर हास्य कलाकार केदार घिमिरे ( माग्ने बुढा)अभिनेता तथा हास्य कलाकार विल्सन बिक्रम राई ( तक्मे बुढा )र राई नविनको साथमा स्थानिय कलाकारहरूले भरपुर मनोरन्जन दिलाई रहेको हुनेछ ।

त्यस्तै चुसकको तेस्रो दिन राप्ती संपर्क मंचले राप्ती आपतकालिन कोष तथा राप्तीका बिपन्न बाल बालिकाको शिक्षामा सहयोगको नीम्ति ”स्वर्गद्धारी सांस्कृतिक सौगात २०१३ मा चर्चित गायिका कोमल ओली पप गायक डम्बर नेपाली चर्चित डान्सर गीता राई लोकदोहोरी गायक र गायिका टीका पुन र राजु गुरुङ नवोदित गायक प्रेम प्रकाश ओलीलाई स्टेजमा उतार्नेछ ।

निश्चल काउचा , दक्षिण कोरिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %