पूर्व मन्त्री खपांगीको उपचारमा थप सहयोग

Read Time:2 Minute, 45 Second

काठमान्डु १७ अगष्ट,

 

 पूर्व मन्त्री खपांगीको सिंगापुरमा थप उपचार हुँदा ऋण स्वरुप मान बहादुर थापा मगरबाट लिइएको रकम मध्ये नेरु. १७,६२,९३०/- (सत्र लाख बैसट्ठी हजार नौ सय तीस रुपैया) अन्तरराष्ट्रिय सहयोग समिति, काठमाडौँका संयोजक  केबी राना मगर, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष दान्दी शेर्पा, नेपाल मगर संघका कोषाध्यक्ष क्याप्टेन कुल पुन मगर र अन्तरराष्ट्रिय सहयोग समितिको मातहतमा रहेको लेखा समितिका संयोजक  मित्र राना मगरको रोहबरमा विभिन्न देशबाट प्राप्त  थप सहयोग रकम खपाँगी बचाँउ अन्तरराष्ट्रिय सहयोग समितिका संयोजक हुम सुनारीका धर्म पत्नि श्रीमती कुमारी सुनारी मगर र श्रीमती अनिता राना मगर(युके) को हातबाट हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

नेता खपाँगीलाइ सिंगापुरमा थप उपचार गराउँदा पैसाको अभाव हुँदा काठमान्डु बाट मान बहादुर थापा मगरले ४० लाख रूपैया र यु.के मगर सँघले १० हजार पाउन्ड ३ महिना भित्र तिर्ने गरि सहयोग गरेका थिए । केहि दिन अगाडि मात्रै  मगर(युएसए) समाजले पनि दोष्रो पटक ४,१३,५३५ रुपैया सहयोग गरेको थियो । युएसए मगर समाजका भुपु अध्यक्ष महेन्द्र कुमार थापा मगरको संयोजकमा सो रकम संकलन गर्न सफल भएको हो ।

युएसए मगर संघका भुपु उपाअध्यक्ष तथा हाल क्यानाडाका बर्तमान अध्यक्ष हेम थापा मगरको अध्यक्षतामा पनि करिब एक लाख रूपैया संकलन गरि नेपाल पठाएका थिए । भर्खरै ब्राहैन मगर समाजले पनि ५६,१५० नेपाल पठाएको छ भने युके मा कार्यरत लो.हो समाजका अध्यक्ष हंसराज दर्लामीले सहयोग रकम संकलन गरि ने.रू १,२३,५५६ रूपैया हिजै नेपाल पठाएका छन ।  खपाँगी पुर्ण रूपमा सन्चो नहुदा समम र सबै ऋण चुक्ता नहुदा सम्म यो अभियान कायमै रहने खपाँगी बचाँउ अन्तरराष्ट्रिय सहयोग समितिका संयोजक हुम सुनारी मगरले राज्यसत्तालाइ जानकारि दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %