जव आकासमा कालो वादल मडारिन थाल्छ तव सुनसरीको पाचकन्यावासीहरु त्रसित हुनपुग्छन् । नजिकैको खोलामा भेलवाढी संगै पहिरोले फेरी केही गर्लाकी भन्ने डर पाचकन्यावासीलाई छ । पुर्वी नेपालको मुख्य वजार धरान नगरपालिका संगै सिमा जोडीएको पाचकन्यामा भदौ २१ गते सेहरा खोलामा आएको वाढीले एउटा सिंगै परिवार वगाएको छ । साझमा साथीसंग छुटेको केही घण्टामै पाचकन्या ५ माथिल्लो खैरेनीका मनकुमार लिम्वूको परिवार वगेको दुखद घटना सुनाउछन् पाचकन्या १ माथिलो पानवारीका जीतमान राई । जीतमान राई अघिल्लो दिन मनकुमार लिम्वूको आगन अगडीको आफनो खेतमा दाल छरेको र घास काटी सकेर निक्कै वेर गफिएर वसेका थिए । साँझमा मनकुमार संग विदा भएर आफनो घर फर्केको केही समयमै खोलाले नामो निसाना नराखी घरै सुद्ध मनकुमार लिम्वूको परिवार वगाएको नमिठो कहानी जीतमान राई सुनाउछन् ।
मनकुमार लिम्वूको दुई छोरा मध्ये ठुलो छोरा सुदिप लिम्वू भर्खर १५ वर्ष पुग्दै थिए भने कान्छो छोरा कृष्ण लिम्वू १३ वर्षका थिए । मनकुमार र उनका श्रीमति दिलकुमारी लिम्वूले अनेक दुःख गरेर पाचकठ्टा जग्गा वन्दगीमा लिए । त्यही सानो परिवार ओतिने घर वनाए । त्यही घर अगडी दिउसो आफनो मिल्ने साथी मनकुमार लिम्वूसंग भलाकुसरी गरेर आफनो घर फर्केका थिए जीतमान राई । राति आठ वजे तिर घर नजिकैको सेहराखोलामा एक्कासी वाढी आएको ठुलो आवाज आयो । भुईनै थर्कने गरी खोला सुसाए पछि उनले मनकुमार लिम्वूलाई फोन गरेर घरवाट भाग्न र सुरक्षित स्थानमा जान सल्लाह दिन खोजे । तर मनकुमारको मोवाईल उठेन । जीतमानले रातको १० वजेर २० मिनेट जादा खोलाको आवाज अत्याधिक ठुलो आयो र फेरी फोन गरे । फोनको घण्टी वज्दै थियो वज्दा वज्दै फोन लागेन त्यतिखेर नै मनकुमारको परिवारलाई खोलाले वगाएको हुन सक्ने जीतमान राई वताउछन् ।
यसरी भदौ २१ गते सुनसरीको पाचकन्याको सेहरा खोलाले मनकुमार लिम्वूको चार जनाको परिवार संगै घर वगायो । घर भएको ठाउको नामो निशाना छैन । ठुलठुला ढुंगाहरु थुप्रिएका छन् । दैनिक छिमेकीहरु भेला हुन्छन अनि मनकुमारको परिवार सम्झन्छन् । मनकुमार लिम्वूको परिवारको वारेमा कुरा गर्छन् । तर एक पटक पनि यो परिवार कसरी वग्यो रु के भयो रु भनेर सरकारको सोधीखोजी नहुदा पाचकन्यावासी दुःखी छन् । मनकुमारको घर र परिवार एकै पटक वगेपछि छिमेकीहरुले खोज्दै जादा मनकुमारको श्रीमति दिलकुमारी लिम्वूको करिव ३५ किलोमिटर दक्षिणमा रहेको ईटहरीको टेङग्रा खोलामा भोलिपल्ट सव भेटियो । त्यस्तै भोलिपल्टै जेठो छोरा सुदिप लिम्वूको चारकोसे जंगलमा सव भेटियो । भदौ २५ गते वगेको ५ दिन पछि कान्छा छोरा कृष्ण लिम्वूको पनि सव भेटियो तर मनकुमार लिम्वूको सव अझै सम्म भेटिएको छैन । सवै संग मिल्ने मिलनसार मनकुमार लिम्वू र उनका परिवार आज सेहरा खोलाको वाढीवाट वगेको छ । त्यसैले मनकुमारका छिमेकीहरुले मनकुमारको परिवालाई सधै सम्झीरहने वताउछन् । नजिकैको डाडामा निस्कन्छन अनि मनकुमारको घर भएको ठाउ हेर्छन, भगवान सम्झन्छन् मनकुमारका छिमेकीहरु । तर यस्तो दुखद अवस्थामा पनि कुनै पनि राज्यको अंगको उपस्थित सो क्षेत्रमा पुगेको छैन । नत राहात पुगेको छ नत उद्धार र अनुगमननै भएको छ । यसप्रति मनकुमारका छिमेकी र पाचकन्यावासी आक्रोसित भएका छन् । पाचकन्यावासीहरु वाढी र पहिरोको कारण पिडित छन् । राज्यले पाचकन्यालाई नहेरेको गुनासो छ पाचकन्याका पत्रकार रणध्वज लोहारको ।
२०४१ साल पछि पहिलो पल्ट सुनसरीको सेहरा खोलामा यस्तो विशाल वाढी आएको पाचकन्यवासीहरु वताउछन् । वाढीले पाचकन्यामा मात्रै सेउती खोला, सेहरा खोला, काली खोला र शनिवोटे खोलामा आएको वाढीले १५ करोड भन्दा वढीको क्षति भएको पाचकन्याका पुर्व गाविस अध्यक्ष रमेश वस्नेत वताउछन् । वाढी र पहिरोका कारण सुनसरीको पाचकन्याको सम्पुर्ण खानेपानीको मुहान वगाएको छ । कुलो पैनी पनि वगाएको छ भने पाचकन्या ५ आईते चौकमा ५ घर विस्थापित भएका छन भने पाचकन्याको दानावारीमा १३ घर पहिरोवाट विस्थापित भएका छन् ।
भैरब आङ्ला, धरान