१३ सेप्टेम्बर शुक्रवारको दिन आबुधाविको आइकाटमा भएको नेपाली मगरसंघ युएईको छैठौं महाधिवेशनले चन्द्र सारुमगर अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा रामकृष्ण पुनमगर उपाध्यक्षमा शुजन थापामगर,महासचिवमा भुवन मगर,सचिवमा दिपक पुनमगर,कोषाध्यक्षमा चुमानसिंह सारूमगर,प्रवक्तामा शसी पुलामी,संगठन विभाग प्रमुखमा मनोज काउछा मगर,महिला विभाग प्रमुख सुशी पुलामी मगर, साँस्कृतिक विभाग प्रमुखमा प्रेम थापामगर सदस्यहरुमा नविन थापा मगर,राम मगर, बसन्ती सारु मगर, मेख थापा मगर ,तोप बहादुर सारु मगर ,चुमान काउछा मगर ,अमर थापा मगर ,सन बहादुर घर्तिमगर, पुर्खाराम पुर्जामागर,उदय रोका मगर ,चन्द्र बहादुर रोका मगर,सम रोका मगर र रेसम सोमई मगर रहेका छन् । संघका भूतपूर्व अध्यक्ष हरि बहादुर घर्तिमगर र प्रितिछक बुढामगर संघको संरक्षकमा रहेका छन् ।
रामकृष्ण पुन सभापति र संघकै पुर्व अध्यक्ष हरि बहादुर घर्तिमगर प्रमुख अतिथि रहेको कार्यक्रमलाई दिपक पुन मगरले संचालन गरेका थिए । करिव १ दशक भन्दा लामो इतिहास भएको नेपाली मगर संघ युएईको विधानवाट संघको छैटौ महाधिवेशन देखि नेपाली सव्द हटाएर नेपाली मगर संघ युएईलाई पहिचान विहिन राष्ट्रियता विहिन वनाइएकोमा अत्यन्तै दुख महसुस गर्दै सामाजिक संघ सस्था हरुमा एक दशक भन्दा लामो समय सक्रिय चन्द्र सारु मगरको संयोजकत्वमा रामकृष्ण पुनमगर,सुजन थापामगर ,भुवन मगर, दिपक पुन मगर र चुमान सिंह सारु मगर लगायतका मगर युवाहरुको संयोजन रहेको विशेष भेलाको आयोजना गरिएको र त्यहि भेलालाई छैठौ महाधिवेशनको रुपमा रुपन्तरण गरी नेपाली मगर संघ युएईलाई पुनर्जीवित गरिएको अध्यक्ष चन्द्र सारुले बताए ।
युएईको आईकाटको उक्त कार्यक्रम स्थलमा प्रमुख अतिथि हरि बहादुर घर्तिमगरले सम्वोधन गर्दै भने- युएईमा भारतका दार्जलिङ्ग,सिक्किम,नागालयन,हिमाञ्चलको भाक्सु,आशामको लोख्रा र तेजपुर,नागालयन,अरुणाचल,सिल्गुढिको सुगुन,देरादुन,गोरखपुर एवं बर्मा र भुटान लगायत धेरै देशका मगरहरु कार्यरत छन् । तसर्थ हामीहरुलाई नेपाली राष्ट्रियता सहितको मगर संघ चाहिएको हो। हामि राष्ट्रिय पहिचान विहिन “ शरणार्थी “ मगर संघमा रहन सक्दैनौ । यसैले पनि नेपालवाट युएईमा श्रम गर्न आएका वास्तविक नेपाली मगर हरुको नेपाली मगर संघ युएईलाई पुनर्जीवित गर्नुपर्ने अपरिहार्य भएको हो । बसोवास क्षेत्र,भौगोलिक भिन्नता,अन्तर्जातीय समिश्रण,संस्कारगत सामिप्यता र ब्यबहारिक सम्वन्धले संसार भरीका मगर हरूमा जातिय परम्परा, धर्म,संस्कार,संस्कृतिको सवालमा केहि एकरुपता देखिन्छ तर राष्ट्रियताको सवालमा अर्थात लामो समय देखिको जातिय उत्पिडन एवं उपनिवेशीकरणबाट मुक्त हुन गरिएको आन्दोलनको सवालमा एकरुपता छैन । त्यस अर्थमा पनि राष्ट्रिय पहिचान विहिन मगरसंघ युएई नेपाली मगर हरुको मात्रै मगर संघको रुपमा पुनर्जीवित गराउनुपर्ने आवस्यकता देखिएको बताए ।
नेपाली मगर संघ युएईको छैठौ महाधिवेशनले पारित भएको ७ बुँदे कार्य-पत्र निम्न अनुसार रहेकोछ-
१-हामी आफ्नो राष्ट्रिय पहिचान राष्ट्रियता बुझाउने ूनेपालीू नेपाली मगर संघ भएकोमा गर्व र सम्मानित महसुस गर्दछौ । साथै संघको छैठौ महाधिवेशनवाट अबैधानिक किसिमले नेपाली मगर संघ युएईवाट नेपाली सब्द हटाइएकोमा आपति प्रकट र असमहति जनाउदै हामि यो विशेष भेलालाई पुन: छैठौ महाधिवेशन कायमगरी राष्ट्रिय पहिचानको अर्थ बुझाउने नेपाली सब्द सहितको नेपाली मगर संघ युएई पुनर्जीवित भएको घोषणा गर्दछौ ।
२ – हामी नेपाली मगरहरूले आफ्नो जातिय भाषा,धर्म,संस्कृति,कला एवं लिपिको संरक्षण र सम्वर्धन गर्न प्रतिवद्द छौ ।
३-साढे दुइसय बर्ष देखिको जातिय उत्पिडन एवं जातिय उपनिवेशीकरणबाट मुक्तिको निम्ति साथै सार्वभौम भै राष्ट्रिय अखण्डतालाई बचाई राख्न अन्तर्निहित जन्मसिद्द अधिकार सहितको मगरात राज्य सहितको राज्यको पुनर्संरचना चाहन्छौ । यसको लागी निकट भविष्यमा हुन थालेको संविधान सभाको दोर्सो निर्वाचनमा राजनैतिक दल,दलका नेताहरुले खेलेको भूमिकाको विश्लेषणात्मक अन्तर संवाद गर्न प्रतिवद्दता ब्यक्त गर्दछौ ।
४-स्वायत्त मगरात राज्यको निम्ती लामो समय देखी विभिन्न आन्दोलन मार्फत गरिएको माग र नेपाल सरकारले हामीहरू संग विभिन्न समयमा गरेको सहमति एवं सम्झौतावारे अन्तर संवाद गर्दै मगर समुदायमा जागरण ल्याउन प्रतिबद्दता ब्यक्त गर्दछौ ।
५-संयुक्त राष्ट्र संघको आदिवासी जनजाति अधिकार सम्वन्धी घोषणा-पत्र,अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९ एवं अन्तराष्ट्रिय मानव अधिकारका दस्तावेजमा प्रत्याभूत भएका हाम्रा हक अधिकार वारेमा मगर समुदायमा अन्तरसंवाद गर्दै जागरण ल्याइने प्रतिबद्दता जनाउछौ ।
६-युएईमा रहेका हाम्रा नेपाली मगर बुद्दिजिवी,शिक्षित,पत्रकार,कलाकार,साहित्यकार,जातिय ज्ञानका विज्ञहरुको सहकार्यमा मगर उद्दारकोष स्थापना गर्ने र संघको निर्णय अनुसार दैवी प्रकोप,आकष्मिक दुर्घटना,मृत्यु एवं मनासिव कारणका विविध अवस्थामा राहत प्रदान गर्ने गराउने छौ ।
७-मगर कलाकार,साहित्यकार,खेलाडी लगायतका अन्य प्रतिभालाई प्रोत्साहित गर्न आर्थिक सहयोग,मेडल कदरपत्र आदिको ब्यबस्था गरिने प्रतिबद्दता ब्यक्त गर्दछौ ।
हरि बहादुर घर्ती